म अब केही अगाडि बढेर नयाँ विषयवस्तुमा प्रवेश गर्न चाहन्छु । यति बेलासम्म जे–जति विषयमा छलफल गरियो, यसबाट नयाँ संश्लेषण भनेको के हो ? भन्ने प्रश्नमा सोझै प्रवेश गरी विस्तृत छलफल गर्नको निम्ति आवश्यक पूर्वाधार तयार गर्ने काम भएको छ ।

वास्तविक जगत्का अन्तर्विरोधहरूको के–कसरी हल गर्न सकिन्छ भन्ने विषयमा यो छलफल केन्द्रित रहनेछ भन्ने पनि यहाँ सुरुमा नै स्पष्ट पार्नुपर्छ । कस्तो प्रकारको समाज भयो भने चाहिँ राम्रो होला भन्ने आदर्शवादी कल्पनामा उडान भर्नु यो छलफलको उद्देश्य किमार्थ होइन । हामीले चाहेको विश्वजगत्को बारेमा जब हामी चर्चा गर्छौं, यसको अर्थ जादुमयी तरिकाबाट छुमन्तर गरेर समाजको एउटा काल्पनिक चित्रको आविस्कार गरी, समग्र विश्वजगत्लाई नै सोहीअनुरूप ढाल्न खोज्नु हाम्रो लक्ष्य कदापि हुन सक्दैन ।

वास्तविक जगत्का अन्तर्विरोधहरूको परिचालन कसरी गर्ने भन्ने प्रश्नमा बहस केन्द्रित हुनुपर्दछ । समाजवादी क्रान्तिको पहिलो चरणको अन्त्यसँगै सो चरणको समीक्षा गरी त्यसबाट शिक्षा लिनु र उपर्युक्त शिक्षाहरूको आधारमा पुनः नयाँ अन्तर्विरोधहरूको पहिचान गरी परिचालन गर्ने कोसिस गर्नु हाम्रो उद्देश्य हुनुपर्दछ । विगतका सकारात्मक अनुभवहरूलाई आत्मसात गर्दै नकारात्मक अनुभवहरूबाट पाठ सिक्नु र नकारात्मक पक्षलाई परित्याग गर्दै सकारात्मक पक्षलाई नौलो ढङ्गबाट नयाँ प्रारूपमा विकसित गर्नु नै संश्लेषण हो । त्यसैले, संश्लेषण भनेको फेरि पनि वास्तविक जगत्का अन्तर्विरोधहरूको परिचालन गर्नु नै हो तर बस् नयाँ आधारमा, नयाँ ढङ्गबाट । यसै सन्दर्भमा, हाम्रो पार्टीको नेतृत्वदायी तहमा रहनुभएका एकजना कमरेडको एउटा लेखबाट एउटा भनाइ यहाँ आधारभूत मार्गदर्शनको निम्ति साभार गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ –

“ठोस केन्द्र पनि निर्माण नगरी, हाम्रा दीर्घकालीन योजना र उद्देश्यहरूको रणनीतिक जगमा पनि दृढतापूर्वक नटेकी, यदि हामी गैर–कम्युनिस्ट जनता, विचार र दृष्टिकोणप्रति लचकता अपनाउदै, तिनलाई व्यापक रूपमा आफू वरिपरि गोलबन्द गर्ने, समेट्ने र तिनको अनुसन्धान गर्ने जमर्को गर्छौं भने, यी व्यापक अनुसन्धान र पहलकदमीबाट हामीले चाहे जति उपलब्धि हात पार्न त सकिन्न नै, उल्टै स्वयं नै पथभ्रष्ट भएर सबै चीज गुम्ने टड्कारो खतरासमेत उत्पन्न हुन सक्छ ।”
हाम्रो पार्टीको कार्यशैली र कार्यदिशाको सन्दर्भमा त यस भनाइको विशिष्ट प्रयोगात्मक महत्व छदैछ, त्यसबाहेक हामीले रूपान्तरण गर्न चाहेको सिङ्गो विश्वजगत्को फराकिलो दायरामा समेत यस भनाइको आम प्रयोगात्मक महत्व रहन्छ । ठोस तर लचकदार केन्द्रको सिद्धान्त जुन आफैँमा मैले यहाँ उल्लेख गरेको नयाँ संश्लेषणको एउटा सङ्केन्द्रित अभिव्यक्ति वा भनौँ त्यसलाई समग्रतामा समेट्ने पदावली हो, त्यसैको एउटा महत्वपूर्ण पक्ष उक्त भनाइमा समेटिएको छ ।

एकातिर गैर–कम्युनिस्ट जनता, विचार र दृष्टिकोणहरूप्रति उपयोगवादी सङ्कीर्ण मानसिकताभन्दा माथि उठेर फराकिलो सोंचका साथ लचकता प्रदर्शन गर्दै जनतालाई व्यापक रूपमा आफू वरिपरि गोलबन्द गर्नु, समेट्नु र तिनको अनुसन्धान पनि गर्नु हो भने अर्कोतिर आधारभूत उद्देश्य नै धरापमा पर्ने गरी पार्टीको ठोस केन्द्र नै ध्वस्त हुने र सम्पूर्ण आन्दोलन नै छिन्नभिन्न हुने स्थितिबाट पनि पार्टीलाई बचाउनु – यी दुई अन्तर्विरोधी पहलुहरूको बीचमा उचित सन्तुलन मिलाउने सन्दर्भमा ठोस तर लचकदार केन्द्रको आम सिद्धान्तका साथै हाम्रा नेतृत्वदायी कमरेडको माथि साभार गरिएको उपर्युक्त भनाइको केवल आजको सन्दर्भमा मात्र होइन, सत्ता कब्जा गरी समाजवाद स्थापना गर्ने र त्यसपछि साम्यवादतर्फ निरन्तर अघि बढ्ने सङ्घर्षको यो सिङ्गो प्रक्रियाभरि नै अर्थात् अर्को शब्दमा भन्ने हो भने सत्ता कब्जा गर्नुपूर्व र सत्ता कब्जा गरिसकेपछि पनि उति नै विशेष आधारभूत प्रयोगात्मक महत्व रहन्छ भन्ने लाग्छ ।

साम्यवादतर्फ सङ्क्रमणको क्रममा मध्यमवर्गीय तप्कासँग सहचार्य गर्दै त्यसलाई रूपान्तरण गर्ने प्रश्न

एकातिर साम्यवादतर्फ सङ्क्रमणको सम्पूर्ण प्रक्रियाभरि नै निम्न बुर्जुवावर्ग वा अन्य कुनै वर्गको नेतृत्वमा नभएर केवल सर्वहारा र सर्वहारावर्गको नेतृत्वमा मात्र संयुक्त मोर्चा कायम गुर्नपर्ने आवश्यकता छ भने अर्कोतर्फ वास्तविक रूपमा नै सङ्क्रमणकाललाई चिर्दै साम्यवादतर्फ उन्मुख हुनुपर्ने विषयको बीचमा रहेको वास्तविक अन्तर्विरोध जुन समय–समयमा तिखो रूपमा समेत प्रकट हुने गर्दछ, त्यसैसँग यो प्रश्न सम्बन्धित छ । त्यसैले “ठोस तर लचकदार केन्द्र”को सिद्धान्त यही वास्तविक अन्तर्विरोधसँग जोडिएको छ ।

बुर्जुवावर्गको अन्त्य (बुर्जुवा सम्पत्ति उन्मूलन) गर्नु क्रान्तिको पहिलो र निश्चित ऐतिहासिक अर्थमा सापेक्षिक रूपमा सजिलो कार्यभार हो भन्ने लेनिनको भनाइमा निहित मर्मसँग पनि यो अन्तर्विरोधको सम्बन्ध छ । त्यसैले, यदि निश्चित ऐतिहासिक अर्थमा बुर्जुवावर्गको अन्त्य गर्नु आफैँमा एउटा सजिलो काम हो भने लेनिनले भनेजस्तै साम्यवादतर्फ सङ्क्रमणको क्रममा मध्यमवर्गसँग सहचार्य गर्दै त्यसलाई रूपान्तरण गर्नु चाहिँ अन्यन्तै कष्टसाध्य काम हो । यो अत्यन्तै गहन विषय पनि हो जसका दुवै पहलुहरूको बराबर महत्व छ । मध्यमवर्गसँग सहचार्य गर्दै सोको रूपान्तरण गर्ने प्रश्न आफैँमा विपरीतहरूको एकत्वको एउटा स्थिति हो । यदि हामी मध्यमवर्गसँग सहचार्य गर्नतिर मात्र उद्यत भइयो भने निम्न बुर्जुवावर्ग मात्र के, सत्ता सिधै बुर्जुवावर्गको हातमा सुम्पिन पुग्नेछौँ र विस्तारै हरेक चीज बुर्जुवावर्गको अनुकूल हुदै जानेछ । अर्कोतिर, निम्न बुर्जुवावर्गलाई जसरी हुन्छ रूपान्तरण गर्नेतिर मात्र जोड दिन थालियो भने पनि बुर्जुवावर्ग र निम्न बुर्जुवावर्गसँग हामीले गर्ने व्यवहारमा तात्विक भिन्नता रहनेछैन र अन्ततोगत्वा निम्न बुर्जुवावर्ग पनि बुर्जुवावर्गकै कित्तामा उभिन पुग्नेछ, जसबाट सर्वहारावर्गको अधिनायकत्व नै गम्भीर सङ्कटमा पर्नेछ । फलस्वरूप यो मार्गबाट पनि हामी सत्ता गुमाउने स्थितिमा नै पुग्नेछौँ ।

त्यसैले, लेनिनले जोड दिनुभएजस्तै मध्यमवर्ग उभिएको भौतिक धरातल अनि सो वर्गको वर्ग दृष्टिकोण दुवैलाई ध्यानमा राख्दै र यी दुई बीचको द्वन्द्वात्मक सम्बन्धको बारेमा पनि प्रस्ट हु“दै हामीले मध्यमवर्गसँग सहचार्य गर्दै त्यसलाई रूपान्तरण गर्ने कोसिस गर्नु आवश्यक छ । बुर्जुवावर्ग, निम्न बुर्जुवावर्ग र सर्वहारावर्ग – यी तीन आधारभूत वर्गीय शक्तिहरूको बारेमा मैले यस अघि गरेको एउटा टिप्पणीलाई यहाँ पुनःस्मरण गर्नु सान्दर्भिक हुनेछ – साम्यवादतर्फ सङ्क्रमणको एउटै लक्ष्य र एकमात्र कार्यभार यी तीनवटै समूह वा वर्गहरूको अस्तित्वको अन्त्य तिनका वर्गीय धरातलहरूलाई समेत समाप्त पारिदिनु हो तर यस लक्ष्य र कार्यभारप्रति केवल सर्वहारावर्ग मात्र सकारात्मक हुन्छ । निम्न बुर्जुवावर्ग यो कामको निम्ति तयार हुने प्रश्नै उठ्दैन किनभने यो वर्ग त हरपल आफ्नो वर्गीय धरातलको पुनर्उत्पादन गर्दै स्वस्फूर्त ढङ्गबाट बुर्जुवावर्गको दर्जामा उक्लिनको निम्ति निरन्तर प्रयासरतः हुन्छ । यसो हुदाहुदै पनि हामीले निम्न बुर्जुवावर्ग र बुर्जुवावर्गको बीचमा स्पष्ट भेद खुट्याउनु जरुरी छ । दुवैलाई एउटै घानमा हालेर निम्न बुर्जुवावर्गमाथि पनि अधिनायकत्व कायम गर्ने कोसिस बिल्कुलै गर्नुहु“दैन किनभने यसो गर्नाले मध्यमवर्ग टाढिएर दुश्मनको अँगालोमा पुग्ने र कालान्तारमा हाम्रा आधारभूत लक्ष्यहरूकै खिलाफमा सक्रिय हुने खतरा पैदा हुन्छ ।

फेरि अर्कोतर्फ, मध्यमवर्गलाई उसको स्वस्पूmर्तताको वर्गीय दृष्टिकोण र निहित वर्गीय स्वार्थ मात्र पच्छ्याउन दिनु पनि घातक हुनेछ किनभने यसरी पनि प्राप्त सबै उपलब्धिहरू गुम्ने खतरा उत्पन्न हुन्छ । पु“जीवाद फल्ने फुल्ने माटो नै उखालेर फ्याँकिसकेपछि पनि माल उत्पादन एवम् विनिमय मूल्यको नियमको दायराबाटा अगाडि बढिसकेपछि पनि, मानसिक श्रम र शारीरिक श्रमबीचको विभेदको अन्त्य गरिसकेपछि पनि, सबैखाले उत्पादन सम्बन्धहरू र सामाजिक सम्बन्धहरू तोडिसकेपछि पनि, पुँजीवादका बाँकी “चार सम्पूर्ण” चारित्रिक विशेषताहरूबाट पार पाइसकेपछि पनि मध्यमवर्गको स्वार्थसँग क्रान्तिको बाटो टक्राउन छाड्नेछैन ।

समाजवादबाट साम्यवादमा सङ्क्रमणको लामो कालखण्डभरि नै यो द्वन्द्वको व्यवस्थापनको प्रश्न अन्यन्तै पेचिलो हुनेवाला छ । मध्यमवर्गीय तप्काको बहुसङ्ख्यक हिस्सालाई आफ्नो पक्षमा जित्न र नसके कम्तीमा राजनीतिक रूपमा तटस्थ राख्नको निम्ति र मध्यमवर्गका असन्तुष्टिहरूमाथि खेलेर वा मध्यमवर्गको निम्ति अलोकप्रिय तर हाम्रो लागि भने बाध्यात्मक कतिपय वस्तुगत र वैधानिक कदमहरूबाट निम्न बुर्जुवावर्ग हामीसँग रुष्ट भएको मौकाको फाइदा उठाउ“दै प्रतिक्रन्तिकारीहरूले मध्यमवर्गलाई हाम्रो विरुद्धमा परिचालन गर्ने परिस्थिति सिर्जना हुन निदिनको निम्ति द्वन्द्वात्मक भौतिकवादको निरन्तर र सही प्रयोग गर्नु अपरिहार्य छ ।

सँगसँगै, एकातिर निम्न बुर्जुवावर्गमाथि कुनै किसिमको अधिनायकत्वको अभ्यास नगरीकनै त्यसलाई काबुमा राख्नुपर्ने बाध्यता भने अर्कोतर्फ देशभित्र पूर्ण रूपान्तरण भई नसकेको र आमस्तरमा अझै कायम रहेका कतिपय सामाजिक तथा उत्पादनका सम्बन्धहरूका साथै बाह्य विश्वजगत्मा विद्यमान प्रतिक्रियावादी सामाजिक तथा उत्पादनका सम्बन्धहरू र सो सम्बन्धहरूमाथि आधारित उपरीसंचरनाको स्वस्फूर्तता र प्रभावले पैदा गर्ने प्रतिसन्तुलनकारी स्थितिबाट विकसित हुने जुन अन्तरद्वन्द्व छ, यसबाट पनि यथार्थमा अर्को अन्तर्विरोधको जन्म हुन्छ, जुन समय समयमा अन्यन्तै तिखो रूपले समेत प्रकट हुने गर्छ । यी सबै चुनौतीहरूको सामना गर्दै, केवल सर्वहारावर्गको शासनसत्तालाई टिकाउन मात्र होइन, अपितु निरन्तर साम्यवादतर्फ अगाडि बढ्न तबसम्म सम्भव हु“दैन जबसम्म ‘ठोस तर लचकदार केन्द्र’ को सिद्धान्त र रणनीतिलाई ठिकसँग अवलम्बन गरिदैन ।

यसको लागि सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत सर्वहाराक्रान्तिको वस्तुगत स्वार्थलाई बढीभन्दा बढी टेवा पुग्नेगरी धेरैभन्दा धेरै मानिसहरूलाई क्रान्तिको वरिपरि गोलबन्द गर्दै एकताको न्यूनतम साझा आधार नटुट्ने गरी सम्भव भएसम्म सबैलाई सर्वहाराक्रान्तिको पक्षमा लामबद्ध गर्ने र तीमध्ये पनि जतिसक्दो धेरै जनालाई आत्मगत एवम् भौतिक दुवै रूपले क्रान्तिमा होम्मिन तयार बनाउन के कस्ता मापदण्डहरू निर्धारण गनुपर्छ भन्ने सन्दर्भमा प्रयोगमा आउने एउटा महत्वपूर्ण विधि ‘रणनीतिक प्रश्नहरू’ मा समावेश गरिएको छ । अहिले यही“ सम्पूर्ण रूपले त्यसको चर्चा गर्नेतिर म लाग्नेछैन ।

प्रस्टै छ, यहाँ हामी एउटा जीवन्त र गतिशील चलायमान निशानालाई ताकिरहेका छौँ जुन अन्तर्विरोधी पनि छ । कहिलेकाही“ त एकदम चरमोत्कर्षमा नै । समाजवादी व्यवस्थाभित्र पनि मु्ख्यतः मध्यमवर्गमाथि र अझ व्यापकतामा सर्वहारावर्गमाथि समेत ‘रणनीतिक प्रश्नहरू’मा उल्लेखित उक्त सिद्धान्तको प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ तर ठोस केन्द्रलाई नै तिलाञ्जली दिएर भने यीमध्येका कुनै पनि काम सम्पन्न गर्न सकिन्न । समाजवादी समाजमा ठोस केन्द्र, त्यसमा पनि अधिकतम लचकतायुक्त ठोस केन्द्रको महत्वसम्बन्धी मैले यसअघि उल्लेख गरेका चार उद्देश्यहरूमध्येको सत्तामा कायम रहने प्रथम उद्देश्यमा नै सफल भइएन भने बाँकी अन्य उद्देश्यहरूको के नै अर्थ रहन्छ र ? प्रस्टै छ, यसभित्र तिखो अन्तर्विरोध विद्यमान छ ।

र, मैले यसअघि भनेजस्तै, यसभित्र समग्र ज्ञानमिमांसा र राजनीतिका पनि विभिन्न आयामहरू समाविष्ट छन् । फगत कम्युनिस्टहरूमा मात्र होइन, सिङ्गो जनमानसमा नै हरेक घटना वा प्रक्रियाको गहिराइमा पुगेर त्यसको गहन र उत्कृष्ट संश्लेषण गर्न सक्ने क्षमताको विकास कसरी गराउन सकिन्छ र कसरी त्यसमार्फत् उपलब्धिहरूको रक्षा गर्दै अर्थात् ठोस केन्द्रको पनि सुरक्षा गर्दै सम्पूर्ण विश्वजगत्लाई नै रूपान्तरण गर्नको निम्ति एउटा बलियो आधारको निर्माण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर यसभित्र अन्तरनिहित छ ।

छाला काडेर टुक्राटुक्रा पार्ने उक्तिलाई म त्यसै बारम्बार दोहोरयाउने गर्दिनँ ! कल्पना गरौँ त ! यो सम्पूर्ण प्रक्रियाको मुटुमा बसेर समाजमा बौद्धिक एवम् राजनीतिक जागरणको आँधी उठाउनु त छ नै, त्यसबाहेक पनि साम्यवादमुखी भौतिक एवम् विचारधारात्मक रूपान्तरणको यस्तो प्रक्रियाको समेत थालनी गर्नु छ जुन बुर्जुवावर्ग, साम्राज्यवादी शक्तिहरू र सबैखाले प्रतिक्रियावादी तत्वहरूको विरुद्धमा आधारभूूत रूपमा नै खडा भएको त हुन्छ नै, मध्यमवर्गका केही निहित स्वार्थहरूको विरुद्धमा पनि यसले धावा बोल्छ र अझै अगाडि बढेर स्वयं सर्वहारावर्गभित्रै समेत पनि स्वस्फूर्ततावादी चिन्तन प्रवत्तिको विरुद्धमा पनि जोडदार रूपमा लड्छ भने यो काम कति चुनौतीपूर्ण होला र यी चारैतिर भद्रगोल तरिकाले दौडिरहेका मानिसहरूलाई लगाम लागाएर नियमवद्ध बनाउन हामी प्रयासरत पनि हुन्छौँ । यस्तो स्थितिमा ठिकसंँग भूमिका निर्वाह गर्न सकिएन भने के होला ? यी सबै मान्छे हामीमाथि जाइलाग्न आउनेछन् । प्रस्टै छ, म विनाकारण छाला काडेर टुक्रा टुक्रा पार्ने प्रसङ्ग दोहोरयाउने गर्दिनँ तर पनि म के मा विश्वस्त छु भने समाजवादी देशभित्र समेत साम्यवादसम्म पुग्ने प्रक्रिया योभन्दा फरक ढङ्गबाट अगाडि बढ्न सक्दैन ।

ठोस तर लचकदार केन्द्रको सिद्धान्त, म पुनः जोड दिन चाहन्छु । ठोस केन्द्रको जगमा उभिएको लचकताको सिद्धान्तको सम्बन्ध, गहिरो सम्बन्ध, हामीले यसअघि सर्वहारावर्गको अधिनायकत्वको प्रसङ्गमा छलफल गरेको अर्को सिद्धान्तसँग छ – समय, काल र परिस्थितिअनुरूप व्यवहार गर्ने सिद्धान्त । कतिपय समय, काल र परिस्थितिमा हरेक विषयवस्तु माथि ठिक ठिक ध्यान पुरयाउनु जरुरी हुन्छ र “तोकिए बमोजिम”भन्दा थोरै पनि तलमाथि नगरी सो काम पूरा गर्न जोड दिनुपर्छ भने कतिपय समय, काल र परिस्थितिमा यस्तो जडतामा टाँसिनु अनावश्यक मात्र होइन, घातकसमेत हुन सक्दछ । उदाहरणको लागि हाम्रै पार्टी जीवनका अनुभवहरूलाई नै लिउ – कुनै समय, काल र परिस्थिति यस्तो पनि थियो जब हरेक विषयवस्तु माथि उचित ध्यान पुरयाउन आवश्यक थियो र तोके बमोजिमभन्दा थोरै पनि तल माथि नगरी सो काम फत्ते गर्न जोड दिनुपथ्र्यो – अनि सँगसँगै अनुशासनमाथि पनि उति नै जोड दिनु आवश्यक थियो तर फेरि यस्ता कैयौँ समय, काल र परिस्थितिहरू पनि आए, जहाँ यस्तो काइदा लागु हुन सक्ने स्थिति थिएन र यसो गर्नु उल्टो प्रत्युत्पादक र हानिकारक सिद्ध हुने थियो ।

जस्तै, भर्खरै केही समय पहिले मात्र पार्टीभित्र पनि र बाहिरसमेत हामीले पार्टी कार्यक्रमको विषयलाई लिएर बहस सञ्चालन गरेका थियौँ । विगतमा पनि कार्यदिशाको प्रश्नलाई लिएर पार्टीभित्र यस्ता अनेकन बहस र अन्तरसङ्घर्षहरू भएका हुन् । अपवादको रूपमा भन्दा पनि पार्टीको राजनीतिक र वैचारिक जीवनको अभिन्न पक्ष मानेर एउटा नियमित प्रक्रियको रूपमा अनुकूल समय र परिस्थितिहरूमा सञ्चालन गर्ने गरी यस्ता बहस र सङ्घर्षहरूलाई नियमित र व्यवस्थित गर्न जरुरी छ ।

‘सर्वहारावर्गको अधिनायकत्व’ विषयक प्रशिक्षणमा मैले उठान गरेअनुरूप नै “सबैलाई स्वागत गर्ने” कदमसँग “पङ्क्ति बन्द गर्ने” कार्यको सम्बन्ध ठोस केन्द्रसँग लचकताको सम्बन्धजस्तै विपरीतहरूको एकत्वको स्थिति हो, द्वन्द्वात्मक प्रक्रिया हो । एउटा कोणबाट ठोस केन्द्र मानिएको बस्तुभित्र लचकता पनि उति नै हुन्छ । लचकता हु“दै नभएको त्यस्तो कुनै बलियो केन्द्र हुन सक्दैन । सधँै हामी केही विषयवस्तुमाथि प्रगाढ ध्यान दिइरहेका हुन्छौँ भने त्यही विषयवस्तुसँग सम्बन्धित अन्य पक्षहरूप्रति भने हाम्रो अभिरुची तुलनात्मक रूपमा उति नै व्यवस्थित हुन सकिराखेको हु“दैन ।

सर्वहारावर्गको अधिनायकत्व विषयक उक्त प्रशिक्षणमा मैले एउटा उदाहरण प्रस्तुत गरेको थिए“, लेख लेख्ने प्रक्रियाको बारेमा ।

लेख लेख्ने क्रममा, आफूद्वारा प्रस्तुत अन्य विषयहरूप्रति ध्यान नपुरयाउने भन्ने त होइन नै, तैपनि लेखको मूल स्पिरिट उजागर गर्ने जुन विषयहरू हुन्छन्, त्यसलाई भने सही ढङ्गबाट प्रस्तुत गर्न जरुरी हुन्छ । अन्य विषयहरू पनि सके जति राम्रोसँग पेस गर्न कोसिस गर्ने कुरा त भयो नै । तैपनि मूल विषयमाथि जति नै अन्य विषयहरूमा ध्यान पुरयाउन सम्भव हुदैन, नत्र भने त लेख कहिल्यै तयार हुनेवाला छैन । हामीले गर्ने जे काम पनि, जस्तै बैठकहरूको नै कुरा गरौँ र साधारणतया हामीले गर्ने सबै काममा ठोस तर लचकदार केन्द्रको सिद्धान्त लागु हुने गर्दछ र साथै आफूले गरिरहेको कामको औचित्यपुष्टि गर्ने मूल विषयमाथि बढी ध्यान केन्द्रित गर्ने र अन्य विषयहरूमाथि भने लचकता प्रदर्शन गर्दै सामान्य ध्यान मात्र दिने जुन नियम छ, त्यो पनि लागु हुन्छ ।

“लचकता र पहलकदमीको निम्ति सर्वप्रथम निरपेक्ष एवम् परिशुद्ध ठोस केन्द्र हुनुपर्छ” भनेर हामीले दावी गर्नुको कनै तुक छैन तर फेरि, लचकताको नाममा जस्तो पनि लचकता अथवा ठोस केन्द्रमाथि आधारित नभएको लचकताले पनि हानी नै पुरयाउछ र यदि प्रकारान्तरमा यस्तो सस्तो लचकता र पहलकदमीको परिणाम चाहिँ वस्तुगत आवश्यकताले माग गरेको भन्दा भिन्न कुनै विजातीय ठोस केन्द्र पो बन्यो भने त झन् समस्याको सीमा नै रहदैन । यति हुदाहदै पनि हामी अधिभूतवादी र परिशुद्धतावादी हुनुहुदैन ।

“निरपेक्ष ठोस केन्द्र बनेपछि र सोको बारेमा सबैमा समान धारणा र आम सहमति कायम भएपछि मात्र लचकताको बारेमा सोच्न सकिन्छ” भनेर यदि कसैले भन्छ भने त्यो असमभव कुरा हो किनकि सर्वप्रथम उक्त किसिमको निरपेक्ष निश्चितता एवम् परिशुद्ध एकता हासिल गर्न गाह्रो छ अनि व्यक्तिपिच्छेको बुझाइमा असमानतालाई पूर्ण रूपमा मेटाउन सकिन्न र दोस्रो, परिशुद्धताको हाम्रो प्रयासले हामीले चाहेको ठोस केन्द्रलाई त्यसको विपरीत – एउटा निर्जीव ढुगामा बदलिदिनेछ र जे–जस्तो ठोस केन्द्र सुरुमा थियो, त्यो पनि नास भएर जानेछ । त्यसैले हरेक ठोस केन्द्रभित्र जीवन हुनुपर्दछ, प्रशस्त खाली ठाउ हुनुपर्दछ । प्रत्येक ठोस केन्द्रभित्र पनि अझ कडा र सघन केही अरू ठोस केन्द्रहरू हुनुपर्दछ जसको वरिपरि तुलनात्मक रूपमा कम कडा र बढी लचकदार तत्वहरू होऊन् । तर, केन्द्रमा पर्याप्त मात्रामा आकर्षण शक्ति सृष्टि गर्न नसकेको अवस्थामा इलेक्ट्रोनहरू चारैतिर उछिट्टिन सुरु गरेपछि भने वास्तवमा नै एउटा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

भौतिकवाद तथा आदर्शवादको बीचमा र द्वन्द्ववाद तथा अधिभूतवादको बीचमा रहेको अत्यन्त महत्वपूर्ण आधारभूत भिन्नतालाई पुनः एकपटक, हामी यसभित्र देख्न सक्छौँ । कुनै अधिभूतवादी परिकल्पनाको आधारमा ठोस केन्द्र निर्माणको काम सम्भव हुने कुरै भएन । त्यस्तै, आदर्शवादी कोण अँगालेर ठोस केन्द्र भनेको के हो र त्यसको निश्चित मापदण्ड के हुनुपर्छ ? भन्ने प्रश्नहरूलाई अमूर्त र अनुत्तरित राखेर, कुन कार्यभारलाई उच्च प्राथमिकताका साथ अनुशासित भएर सम्पन्न गर्ने र कुन कुन कामहरूचाहिँ साधारण तवरबाट सम्पन्न गर्ने र कुन कुन विषयमाथि अनावश्यक रूपमा बढी जोड दिन खोज्यो भने बिग्रन्छ भन्ने विषयहरू ठोसरूपमा किटान नगरी पनि हामीले चाहेको ठोस केन्द्र प्राप्त गर्न सकिदैन किनभने वस्तुगत आधारहरूको अभावमा, साझ सहमतिको अभावमा, साझा उद्देश्य भएका क्रान्तिकारीहरू स्वस्फूर्त रूपबाट एकै ठाउमा एकत्रित हुने सम्भावना न्यून रहन्छ र ठोस केन्द्र बन्नुको सट्टा क्रान्तिकारीहरू जताततै छरपस्टिन पुग्दछन् । यसरी पनि क्रान्तिको हित हुदैन ।

प्रस्ट भन्नुपर्दा, कम्युनिस्टहरूको बीचमा, हाम्रो पार्टीभित्र मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनभरि नै कल्पनावाद र आदर्शवाद, सामाजिक–जनवाद र सोझै घोषित बुर्जुवा जनवादसमेतको विरुद्धमा क्रमभङ्ग र छलाङको आवश्यकता छ । विडम्बनाजस्तो लाग्न सक्छ तर कम्युनिस्ट आन्दोलनभित्र समेत राज्यको चरित्र र भूमिकाजस्ता गहनतम् विषयमा देखापर्ने गरेका बुर्जुवा–लोकतन्त्रवादी दृष्टिकोणमा र सर्वहारावर्गको राज्यसत्ताका ऐतिहासिक अनुभवहरूमाथि बुर्जुवा–लोकतान्त्रिक कोणबाट हुने प्रहारमा अभिव्यक्त हुने उही पुरानै शैलीको कम्युनिस्टविरोधी धारासँग पनि क्रमभङ्ग र छलाङको आवश्यकता छ ।

हामीले यी सबै बन्धनहरूबाट घेरा तोड्दै अगाडि बढ्न जरुरी छ । सँगसँगै यी प्रवृत्तिहरूका जुन प्रतिछाया प्रवृत्तिहरू छन् – जडसूत्रवादी प्रवृत्ति र साम्यवाद तथा साम्यवादी आन्दोलनका अनुभव र सिद्धान्तहरूप्रति धार्मिक अन्धआस्था राख्ने प्रवृत्तिको विरुद्ध पनि क्रमभङ्ग र छलाङको आवश्यकता छ किनभने कारकवाद र यान्त्रिकतामा आधारित भएको हुनाले यसले मूलतः लचकताहीन ‘पूर्ण ठोस केन्द्र’मा पुरयाउछ, यस्तो ‘ठोस केन्द्र’ जुन रूपमा ठोस र कडा देखिए पनि अन्तिम विश्लेषणमा काँचको टुक्राजस्तै कमजोर हुन्छ । ‘पूर्ण ठोस केन्द्र’मा पुगेर अन्त्य हुने सबै कार्यदिशा र कार्यशैलीहरूलाई हामीले अस्वीकार त गर्नुपर्छ नै । साथै, समाजमा र यी सबै प्रक्रियाहरू समेटिएको यही विश्वजगत्मा हामीले बदल्न चाहेको तर बुझ्न नसकेको एउटा भौतिक यथार्थको रूपमा विद्यमान भौतिक सम्बन्धहरूबाट स्वतन्त्र विषयको रूपमा लचकतालाई बु¤ने कल्पनावादी एवम् आदर्शवादी दृष्टिकोण अँगाल्नु पनि ठिक हु“दैन ।

ठोस तर लचकदार केन्द्रकोे सिद्धान्तको सही प्रयोग तब मात्र भएको मान्न सकिन्छ, जब लचकता न्यूनतम आवश्यक ठोस केन्द्रमाथि आधारित हुन्छ । यहाँ पनि द्वन्द्ववाद लागु हुने भएको हुनाले नै म ‘न्यूनतम आवश्यक ठोस केन्द्र’ को कुरा गरिरहेको छु । यो कुनै निरपेक्ष ठोस केन्द्र हुनुपर्छ भन्ने विषय होइन किनभने वास्तविक जीवनमा कहिल्यै प्राप्त गर्न नसकिने ठोस केन्द्रको यस्तो परिशुद्ध स्थिति प्राप्त गर्ने लक्ष्य राख्नु र सोंच बनाउनु भनेको अधिभूतवादी नै हुनु हो । बरु यो त शक्तिशाली आकर्षण केन्द्रको रूपमा काम गर्न सक्षम र प्राप्त उपलब्धिहरूको रक्षा पनि गर्दै सँगसँगै लचकता र पहलकदमीको सृष्टि गरी अग्रगामी दिशामा अघि बढ्नको निम्ति आवश्यक ठोस केन्द्र हुनुपर्छ भन्ने मान्यता हो तर यसको निम्ति कुनै तिलस्मी सुत्र आजसम्म पत्ता लागेको छैन, तिलस्मी त के साधारण सूत्रसमेत छैन, हुन पनि सक्दैन ।

क्यालकुलेटर दाबेर चट्ट हिसाब गरी समाजवादी व्यवस्थामा आज हामीलाई २८ प्रतिशत ठोस केन्द्र र ७२ प्रतिशत लचकताको आवश्यकता छ र बाह्य हस्तक्षेप एवम् आक्रमणको सामना गर्नुपरेको स्थितिमा भने ४ प्रतिशत मात्र लचकता र ९६ प्रतिशत ठोस केन्द्र चाहिन्छ भनेर भन्न सकिन्छ ? त्यसरी चल्दैन । यी त प्रधान तथा चालक अन्तर्विरोधहरूको विकास एवम् गतिलाई ठिकसँग पक्डदै सोही आधारमा मात्र ठोस रूपमा निर्धारण गर्न सकिने र विज्ञानसम्मत व्यवहार गर्नुपर्ने जीवन्त र गतिमान विषयवस्तु हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार