२०७५ माघ १६ बुधवार

जहाँ अन्यायअत्यचार अनि शोषणले दिनानुदिन क्रमिकरुपमा वृद्धि हुँदै चरम उत्सर्गमा पुग्छ , त्यहा क्रान्तिको सुरुवात हुन्छ अनि क्रान्ति र बर्गिय सोचको बिकास लाई हामी सहजै कम्युनिस्ट प्रतीको आकर्षण भन्न पुग्छौ ! साधारणतया कम्युनिस्ट भन्नाले सर्बहरा , मजदुर , किसान र उत्पीडित बर्गको जनआस्था भएको संगठन हो भन्ने बुझिन्छ ! जहाँ कम्युनिस्टको उदय एबम बाहुल्यता हुन्छ त्यहा विभेद , अन्याय र अत्याचार कल्पना गर्न सकिदैन अर्थात हरेकको सोच, बिचार र भावना क्रान्तिकारी हुन्छ !! यस्ता यस्तै आमूल सोच अनि परिवर्तनकारी बिचार , योजनाले हुनसक्छ मलाई बाल्यकालदेखि नै कम्युनिस्टप्रती निकटता एबम सामिप्यताको गहिराईले नजिकता बनायो !! समय र देशको समसान्दर्भिकताको बिकासले झन झन मायाले लिप्त बनायो !! बर्गिय सोच अनुरुप नै म पनि बिद्रोहि स्वभावको हुनपगे ! रातो अनि तातो रगत भएर हुनसक्छ सामन्ती र शोषक बर्गले मजदुर , किसान निमुखा बर्गलाइ गरेको अन्याय मलाइ सहय हुदैन्थ्यो !! अनि सामान्य समाज भन्दा भिन्न सोच र ब्यबहारिकता मैले दिनप्रतिदिन कार्यनयनमा लगे क्रमशः !!
क्रान्तिकारी बिचारको सामिप्यताले होला सायद ( मसग निकट मित्रहरु पनि पिछडिएका , दमनमा परेका समाजबाट अपेहेलित एवम बिभेदबाट ग्रसीत भएका बर्गिय सोचका थिए !! तर हाम्रो समाजले उपमा दिएको एबम नामाकरण गरिएका दलित एवम गरिब ती मेरा सारथिहरुलाइ समाज हैन मेरै परिवारले तिरस्कार र अपमान गर्थ्यो ! अनि म सोचमग्न हुन्थे उहि मानिस ( मानिस बिच यति धेरै खाडलता ) यसैबीच कमरेड हरुसग चिनजान सम्पर्क निरन्तर भैरह्यो !! यहि छुवाछूत , दमन शोषन एबम अत्यचार विरुद्धको व्यबहार कमरेडमा पाउने गर्थे !! त्यही भएर हुन सक्छ कमरेडका बिकासप्रेमी , न्यायप्रेमी स्वाभिमानयुक्त स्वाधिन सोच लगायत हरेक कुरा मन पर्थ्यो !! तर समयको पावदी र कमरेडका योजना र कार्यन्वयन पक्ष बिचको मतान्तरले गर्दा खै किन हो कुन्नी सन्का लाग्छ कमरेड आजभोलि के तपाईं सच्चा कम्युनिस्ट नै हो ? के नेपालको सन्दर्भमा कम्युनिस्टको परिभाषा परिबर्तन भएको हो कमरेड ?त्यसैले आजभोली तपाईंको ब्याबहारिकता एवम शैलीले हामी बिचको मायामा कतै ह्रास आएको हो कि जस्तो आवास भैरहेको छ । कमरेड ? कमरेड तपाई ले नै भन्नू भएको हैन नेपालको शिक्षा बुर्जुवा भनेर, आफै नै उक्त कुर्सिमा आसिन हुदा खोइ त शिक्षा आकाे ? कमरेड तपाईंले गरेको क्रान्ति र बिद्रोह पुजीवादीको धन सरकारीकरण गर्ने , निजीकरण शिक्षा , स्वास्थलाई सरकारिकरण गर्ने ,छुवाछूत एबम लैङ्गगीक जातिय बिभेदलाइ निर्मुल पार्ने ,साथमा शासन ब्यबस्थानै राजसस्था बाट गणतन्त्रमा बिकास गरियो !! तर कमरेड योजना र शैली फरक भैदिए आजकल एशआरामयुक्त जिबनशैली , पुजीवादी व्यवहार , आफन्त र परिवारलाई निजि क्षेत्रमा आबद्ध गराउनु भयो कमरेड !! मात्र शासन फेरियो चेतनामा जनस्तरमा परिवर्तन भएन !! त्यसैले कमरेड खै किन यो मनले अनेक सोच्न पुग्छ कतै तपाई कम्युनिस्ट बाट कम्याउनिस्ट तिर लिप्त त हुदैहुन्न्न ? अनेक शकाका बाबजुद आशा छ । कमरेड कुनै दिन मैले गरेको सन्का प्रती आत्मग्यालिन होस अनि मैले गर्बका साथ भन्न सकौ कमरेड सच्चा कम्युनिस्ट नै हुनुहुदोरैछ अनि म कमरेड कै अनुयायी रैछु !!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार