२०७५ माघ १६ बुधवार

पुराना पुस्ताका धेरै नेपालीले शहीद भन्नेबित्तिकै सम्झने नाम हुन् – शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ।जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएकै कारण मारिएका उनीहरू लाई अहिले पनि धेरैले साँच्चैका शहीदका रूपमा हेर्ने गर्छ न्।यो वर्ष शहीद सप्ताहका अवसरमा ती शहीदहरूको व्यक्तिगत जीवनबारे यो विशेष आलेखइतिहासकारहरूका अनुसार विसं १९९३ जेठ २० गते झोँछे ओमबहालस्थित धर्मभक्त माथेमाकी फुपू युगकुमारीको घरमा टङ्कप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवराज शर्मा आदिले नेपालको पहिलो राजनीतिक सङ्गठन स्थापना गरेका थिए।

दशरथ चन्दले प्रस्ताव गरेअनुसार सो सङ्गठनको नाम ‘प्रजा परिषद्’ राखिएको थियो।त्यही प्रजा परिषद्ले जहानियाँ राणाशासन विरुद्ध पर्चा छरेर जनतालाई राणा विरुद्ध सचेत बनाउने काम अघि बढाएपछि राणा सरकारले प्रजा परिषद्का कार्यकर्तालाई समात्न था ल्यो।प्राध्यापक राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजा परिषद्को भूमिका ‘भाग १’ मा त्यस बेला पाँच सयजति व्यक्तिहरूलाई प्रजा परिषद्‍मा सामेल भएको आरोपमा गिरफ्तार गरिएको थियो।गिरफ्तार हुनेमध्ये धर्मभक्त, दशरथ, ग ङ्गालाल र पूर्णनारायणलाई अंश सर्वस्वसहित फाँसीको सजाय तोकियो।

तर पूर्णनारायणको पद्‍म शमशेरसँग नाता पर्ने भएकाले ज्यान सजाय घटाएर १८ वर्ष कैद मात्र तोकिएको गौतमले लेखेका छन्।विसं १९९५ मा नै इन्द्रचोकमा सार्वजनिक स्थलमा गीता पाठ गरी ‘नेपाल नागरिक समिति’का तर्फबाट सार्वजनिक भाषण गरेको आरो पमा शुक्रराज शास्त्री गिरफ्तार भएका थिए।तीन वर्षको जेल सजाय व्यतीत गरिरहेका उनलाई पनि उनको कुनै सम्बन्ध नभएको प्रजा परिषद्को पर्चाकाण्डमा दोषी देखाई अंश सर्वस्वसहित ज्यान सजाय तोकियो।त्यसरी ज्यान सजाय तोकिएका चार जनालाई विसं १९९७ माघ दोस्रो साता काठमाण्डूका विभिन्न स्थानमा झुन्ड्याएर र गोली ठोकेर मारेपछि त्यसले नेपाली समाजमा गहिरो हलचल पैदा गरिदियो।

त्यसैको प्रतिक्रियामा जागेको नेपाली समाजको प्रतिरोधका कारण विसं २००७ सालमा राणाशासन ढल्न गयो र नेपालमा प्रजातन्त्र स्थापनाको घोषणा भयो।चार जनालाई मृत्युदण्ड दिइएको माघ १० देखि १५ सम्मको समयलाई विसं १९९८ मा जेलभित्रै सजाय भोगिरहे का प्रजा परिषद्का सदस्यहरूले ‘शहीद दिवस’का रूपमा स्मरण गरी मनाउन थालेका थिए।त्यस बेला जेलमा रहेका ‘प्रचण्ड गोरखा’का सदस्य खड्गमान सिंहले लेखेको ‘जेलमा बीस वर्ष’ पुस्तकमा विसं २००५ माघ १० र १६ गते जेलभित्रै दीपावली गरेर शही दहरूको सम्मान र सम्झनामा शहीद दिवस मनाइएको उल्लेख छ।

प्रजातन्त्र स्थापनापश्चात् विसं २०१२ सालबाट तत्कालीन काठमाण्डू नगरपालिकाको संयोजकत्वमा शहीद सप्ताह मनाउने परम्परा थालिएको इतिहासकारहरूले विभिन्न सन्दर्भमा उल्लेख गर्ने गरेका छन्। यो परम्परा हालसम्म पनि चलेको छ।शहीद सप्ताह र दिवस मना इने तथा पाठ्यक्रममा समेत चार शहीदबारे उल्लेख गरिएकाले ती चार शहीदबारे धेरैको चासो पाइन्छ।दशरथ चन्द जङ्गबहादुर राणाविरुद्ध विद्रोह हुँदा बैतडीमा मारिएका जय चन्दका नाति तथा शेरबहादुर चन्द र ओजकुमारी चन्दका माहिला छोरा थिए।शेरब हादुर चन्द सुर्खेतमा टुँडिखेल बनाउने ‘लेफ्टिनेन्ट शेरबहादुर’का नामले चिनिन्थे।

दशरथको जन्म विसं १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो।बस्कोट र नेपालगन्जमा सामान्य अध्ययनपछि विसं १९७७ तिर उनी थप अध्ययनका लागि भारतको अल्मोडा, कुमाउँ, नैनीताल र बनारस लगायत गएका थिए।भारतमै रहँदा उनी ‘नागरि क प्रचारिणी सभा’मा सामेल भई भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएका थिए।बनारसबाट एन्ट्रेन्स गरेर आईए पढ्न थाल्दा पारिवारिक कारणले पढाइ छुटेपछि उनी काठमाण्डू आए र धर्मभक्तसँगै बस्न थाले।उनै धर्मभक्त माथेमामार्फत् दशरथ चन्दको भेटघाट तत्कालीन ‘कमान्डर इन चीफ’ रुद्र शमशेर राणासँग भयो।

धर्मभक्तलाई कलकत्ताबाट काठमाण्डू ल्याउने पनि उनै रुद्र शमशेर थिए।रुद्र शमशेर र दशरथबीच पहिले नै नाता सम्बन्ध कायम भइसकेको थियो।दशरथ चन्दका भाइ ललित चन्दको विवाह रुद्र शमशेरकी नातिनीसँग भइसकेको थियो।पढेलेखेको र जात मिल्ने झर्रो ठकुरी चन्दलाई रुद्र शमशेरले आफ्नी छोरीसँग बिहे गर्न लायक देखे।त्यस बखत झर्रा ठकुरीलाई दरबारमा शिक्षादीक्षा दिलाएर आफ्नी छोरी बिहे गराउने राणा परिवारको चलन रहेको गौतमले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।चन्द त्यसैले रुद्र शमशेरको दरबार छेउको घरमा बसेर त्रिचन्द्र कलेजमा कला विषय लिएर पढ्न थाले।

त्यहाँ बस्दाबस्दै उनको रुद्र शमशेरकी छोरी जुलियादेवी राणासँग प्रेम सम्बन्ध सुरु हुन थालेको थियो।जुलिया र दशरथले रुद्र शमशेरकी नातिनी मीनाक्षीदेवीमार्फत् प्रेमपत्र आदानप्रदान गर्ने गरेको मीनाक्षीका दाजु तथा रुद्र शमशेरका नाति पुरुषोत्तम शमशेर जबराले आफ्नो पुस्तक ‘मेरा जीवनका स्मृतिहरू’मा उल्लेख गरेका छन्।पङ्क्तिकारसँग यही माघ ३ गते भएको कुराकानीमा पुरुषोत्तम शमशेरले चन्दको मित्रता रुद्र शमशेरका छोराहरूसँग पनि निकै गहिरो गरी कायम भएकाले जुलिया र दशरथको प्रेमले पारिवारिक अ नुमोदन समेत पाएको बताए।

वीर शमशेरकी नातिनी बिहे गर्न चारबुर्जा (हालको निर्वाचन आयोग, उपराष्ट्रपति भवन) दरबार छेउको भवनमा बसिरहेका चन्दलाई जुद्धशमशेरका छोरा बहादुर शमशेरले पनि आँखा लगाएका थिए।बहादुर शमशेरले आफ्नो दरबारमा बसेर पढ्न बोलाए पनि जुलि यासँग गहिरो प्रेममा परिसकेका चन्दले बहादुर शमशेरको प्रस्तावलाई अस्वीकार गरे।जुलियासँग बिहे छिन्न र टीकाटालो गर्न भनेर बैतडीबाट पण्डितसहित आएका उनका एक नातेदार परिवारमा जूठो परेपछि बिहे नछिनी फर्किएका थिए।त्यही क्रममा विसं १९९० मा जुद्ध शमशेरले तत्कालीन ‘कमान्डर इन चीफ’ रुद्रशमशेर सहित ‘सी ग्रेड’का राणाहरूलाई काठमाण्डूबाट निकाला गरी पाल्पा पठाएपछि जुलिया पनि पाल्पा गइन्।

तर दशरथ र उनीबीच राणाकालको रूढीवादी समाजमा पनि प्रेमपत्र आदानप्रदान भने निरन्तर चलिरहेको पुरुषोत्तम शमशेर उल्लेख गर्छन्।गौतमले रुद्रशमशेरका छोरा श्याम शमशेरसँगको कुराकानी उल्लेख गर्दै पुस्तकमा लेखेका छन्, “जुलियाले दशरथलाई पाल्पा बाट पनि अनेक उपहार पठाइरहन्थिन्। त्यसरी पठाएको उपहारमा थियो – दशरथ चन्दले सधैँभरि ओढिरहने खास्टो (जसलाई डम्बरकुमारीको खास्टो भनिन्थ्यो)।”जुलियाले उपहारमा पठाएको उक्त खास्टो दशरथलाई यति प्रिय थियो कि उनले शहीद भएको समयमा पनि त्यही खास्टो ‌‌ओढेका थिए।

अहिले पनि हुलाक टिकट वा सार्वजनिक रूपमा पाइने दशरथ चन्दको तस्बिरमा उनले ओढेको जुन खास्टो देखिन्छ त्यो उनै जुलियाको अन्तिम उपहार थियो भन्ने इतिहासकार र जुलियाको परिवारको दाबी छ।काठमाडौंबाट पाल्पा गएपछि जुलियालाई क्षयरोग भयो र दशरथलाई खास्टो उपहार पठाएको केही दिनमै उनको निधन भयो।त्यस बेला दशरथ पकनाजोलस्थित आफ्नी सौतेनी आमापट्टिको मामाघरमा बस्न थालेका थिए।त्यहीँ बस्दा नै उनले प्रेमिकाको मृत्युको समाचार पाए।जुलियाको निधनमा दशरथले पकनाजोलमा नै १३ दिनसम्म जूठो बारेका थिए।

त्यस सम्बन्धमा दशरथकी कान्छी आमाले सोध्दा उनले ‘केही हैन’ भनेर टारेका थिए।माधवराज जोशी र रत्नमाया जोशीका छोरा शुक्रराज जोशी ‘शास्त्री’को जन्म विसं १९५० मा बनारसमा भएको थियो।माधवराज जोशी आर्यसमाजी थिए।टाउको फुट्नेगरी कुटाएर जेल हालियो।उनका छोराहरू अमरराज र शुक्रराजलाई दरबार स्कूलबाट निकालियो।विद्यालय निकाला गरिएपछि अमरराज र शुक्रराज आमा रत्नमायासँगै वीरगन्ज गए।जेलबाट भागेर माधवराज जोशी वीरगन्ज आएपछि पूरै परिवार भारत गयो।शुक्रराजले उतै पढे र उनले ‘स्वर्गको दरबार’ नामको पुस्तक पनि लेखे।

राजेश गौतमको पुस्तकमा उल्लेख भएअनुसार शुक्रराजको विवाह खड्गप्रसाद गोर्खालीकी छोरी पार्वतीदेवी गोर्खालीसँग भएकोमा विसं १९८० तिर उनी बितिन्।पछि विसं १९९४ मंसिर ६ गते शुक्रराजको विवाह धर्मभक्त माथेमाकी बहिनी मेनकादेवी माथेमासँग भयो।बि हे भएको एक वर्षपछि विसं १९९५ मंसिरमा शुक्रराज पक्राउ परे।उनी गिरफ्तार हुँदा मेनकादेवी गर्भवती थिइन्।उनी जेल परेको केही दिनमै मेनकादेवीले छोरी पाइन्। तर जन्मेको सात दिनमै छोरीको निधन भयो। त्यसको एक महिनामै सुत्केरी मेनकादेवीको पनि बि तिन्।मर्नुअघि एकपटक श्रीमान्‌को मुख हेर्ने इच्छा पनि राणा सरकारले पूरा गर्न दिएन मेनकादेवीलाई।

उनको मृत्युपछि उनको दाहसंस्कार पचली काजीघाटमा गरिएको थियो।त्यही घाटमा पछि मृत्युदण्ड दिइएका शहीद शुक्रराज शास्त्रीको पनि अन्तिम संस्कार गरियो।माफी मागेमा ज्यान सजाय कम गरी जन्मकैद दिने राणाहरूले सन्देश पठाए पनि ‘बक्सिसको जिन्द गी नबाँच्ने’ भनेर चारै जनाले बलिदानको बाटो रोजेको बताइन्छ।तर फाँसी दिन डोरीमा टाउको छिराउन लागिएको बेला परिस्थितिवश फाँसी दिन गएकाहरूको भागाभाग भएपछि एक्लै रहँदा समेत नभागी बलिदान दिएर राणाविरुद्ध प्रतिरोध गर्न तम्तयार भएका श हीद शुक्रराजबारे विसं २०४० माघ २१ गतेको गोरखापत्रमा प्रकाशित शरच्चन्द्र वस्तीको ‘१९९७ सालका केही सम्झनाहरू’को एउटा प्रसङ्गले धेरैलाई गम्भीर बनाउन सक्छ।

“विसं १९९७ माघ १० गते बेलुका शुक्रराज रोटी पकाउन थालेका थिए। तर उनलाई पकाउन समेत नदिई फाँसी दिन जेलबाट निकालियो र जेलको अफिसमा राति दश बजेसम्म राखियो। दश बजेपछि सैनिक टुकडीले उनलाई पचली पुर्‍यायो। शुक्रराजलाई फाँसी दिनुअघि उनको अन्तिम इच्छा सोध्दा उनले नुहाएर गीता पाठ गरी आफ्नो फाँसी आफै लगाउने इच्छा व्यक्त गरे। नुहाएर गीता पाठ गरी पचली चौबाटोको रूखको हाँगामा झुन्ड्याइएको डोरी शुक्रराजले समातेका मात्रै के थिए, त्यही समयमा अलि परबाट पेट्रोम्या क्स बालेर पच्चीस जनाजति व्यक्तिहरू आइरहेको देखेर नर शमशेर, हरि शमशेर, रङ्गविक्रम, जेलर खड्गबहादुर सुनुवारसहित सबै सिपाहीहरू भागे।

उनीहरूले पेट्रोम्याक्स बालेर आउनेहरूलाई विद्रोही ठानेका थिए। तर तिनीहरु भोज खाएर फर्किएकाहरू भएको थाहा पाएपछि भागेका राणा भारदारहरू फेरि फर्केर आए। फर्केर आउँदा शुक्रराज पहिलेको अवस्थामा त्यहीँ उभिइरहेका थिए।”फाँसीमा झुन्ड्याउन ला ग्दा पनि ज्यान जोगाउन नभागेका शहीद शुक्रराजको इमान, नैतिकता र बलिदानी अठोट अचम्मको थियो।शहीदहरूमध्येमा गङ्गालाल सबैभन्दा कान्छा हुन्। उनी २२ वर्षका थिए।उनको जन्म विसं १९७५ सालमा भक्तलाल श्रेष्ठ र तुलसीमाया श्रेष्ठको सन्तानको रूपमा रामेछापको भँगेरीमा भएको थियो।

उनले दरबार हाइस्कूल र त्रिचन्द्र कलेजबाट आईएस्सीसम्म अध्ययन गरेका थिए।गङ्गालालले १८ वर्षको उमेरमा इन्द्रचोकमा सम्भवत: नेपालकै पहिलो सार्वजनिक राजनीतिक भाषण गरेका थिए।उनी जेल पर्दा उनकी पत्नी हसिनादेवी गर्भवती थिइन्।विसं १९९७ माघ १३ गते हसिनादेवीले छोरा जन्माइन्। यो खबर गङ्गालाललाई पनि पठाइयो।गङ्गालालले छोराको नाम ‘शशि’ राख्नु भनेर सन्देश पठाएको कुरा राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका’मा उल्लेख गरेका छन्।छोरा जन्मिएको भोलिपल्ट मध्यरातपछि (माघ १५ गते बिहान १:३० पछि) गङ्गालाल र दशरथ चन्दलाई गोली हानेर शोभाभगवतीमा मृत्युदण्ड दिइयो।

धर्मभक्तको जन्म विसं १९६६ असोज ६ गते काठमाण्डूको नबहिलमा भएको थियो।पुरुषोत्तम शमशेर जबराले ‘सम्झेका र सुनेका कुराहरू’ पुस्तकमा उल्लेख गरेअनुसार धर्मभक्तका बाजे भागवत्‌भक्त माथेमा वीर शमशेरको दरबारमा मीरसुब्बा थिए।पछि उनलाई वीर शमशेरले काजी समेत बनाएका थिए।भागवत्‌भक्तले काजीमा रहँदा निजामती कामकाजको सम्पूर्ण जिम्मा पाएका थिए।धर्मभक्तका पिता आदिभक्त माथेमालाई वीर शमशेरले पाँच वर्षको उमेरमै सुब्बा पद दिएका थिए।वीर शमशेरको मृत्युअघि नै भागवत्‌भक्तको निधन भएपछि वीर शमशेरले आदिभक्तलाई कोलकाताको शेयरबजारमा आफ्नो प्रतिनिधिको रूपमा राखेका थिए।

वीर शमशेरको मृत्यु भएपछि चन्द्र शमशेरले वीर शमशेरका सहयोगीहरूप्रति कुदृष्टि राख्न थाले।त्यसको मारमा आदिभक्त पनि पर्न गए। पाएको सबै सुविधा र अधिकार खोसियो।चन्द्र शमशेरको निधनपछि भीम शमशेरको पालामा वीर शमशेरका छोरा तत्कालीन पूर्व तिरका कमान्डिङ जनरल रुद्र शमशेर उपचारका लागि कोलकाता जाँदा धर्मभक्तलाई छोरा गोपाल शमशेरमार्फत् भेटे।गोपाल शमशेरले “हामी वीर शमशेरका सन्तान, अब हाम्रो पालो आएको छ। हिँड राम्ररी काम गरी बाबा (रुद्र शमशेर)लाई सघाउनुपर्छ’ भनी रुद्र शमशेरसँग भेटाएका थिए।

धर्मभक्त रुद्र शमशेरसँगै काठमाण्डू आए।राजेश गौतम आफ्नो पुस्तकमा लेख्छन्, “बुबा आदिभक्तले धर्मभक्तकी फुपू युगकुमारीलाई दाइजो दिएको ओमबहालको घरमा आएर बस्न थाले।”त्यही घरबाट विसं १९९० मा धर्मभक्तको विवाह विराटनगरका मानबहादुरकी छोरी उत्तरादेवीसँग भएको थियो।विसं १९९४ माघमा उत्तरादेवीको निधन क्षयरोगका कारण उपचारका क्रममा कोलकातामा भयो।आमाको निधन हुँदा धर्मभक्तकी छोरी रेणुको उमेर साढे दुई वर्षको थियो।रुद्र शमशेरले कोलकाताबाट ल्याएपछि उनलाई गुठी अड्डामा खरिदारको जागिर लगाइदिएका थिए।

धर्मभक्त शारीरिक व्यायाम पनि गर्ने कारण गोपाल शमशेर धर्मभक्तसँग नजिकिएका थिए।गोपाल शमशेरमार्फत् अन्य रोलवाला राणाका सन्तानहरू पनि धर्मभक्तसँग नजिकिएका थिए।जुद्ध शमशेरका छोरा अग्नि शमशेरमार्फत् धर्मभक्त राजदरबारमा त्रिभुवनका व्यायाम शिक्षक हुन पुगेका थिए भने राणाका छोराहरू पनि धर्मभक्तका व्यायामका चेला भएका थिए।तिनैमध्ये नर शमशेर पनि थिए।मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने जिम्मेवारी पाएका थिए नरशमशेरले।विसं १९९७ माघ १३ गते राति धर्मभक्तलाई झुन्ड्याउन सिफल ल गिएको थियो।

त्यस बेला घटनास्थलमा रहेका लप्टन कृष्णबहादुर थापालाई उद्धृत गर्दै राजेश गौतमले आफ्नो पुस्तकमा लेखेका छन्-“सिफलको जङ्गलमा रहेको एउटा रूखको दक्षिण तिरको हाँगोमा तयार गरिएको फाँसीमा धर्मभक्तलाई झुन्ड्याइयो। तर रूखको हँगो लच्किएर ध र्मभक्तले जमिन टेके। अर्को मोटो हाँगो छानेर फेरि फाँसी लगाउँदा डोरी नै चुँडियो र नर शमशेरले तेस्रो पटक उनलाई झुन्ड्याउन तयार पार्न आदेश दिए। त्यस्तो अवस्थामा धर्मभक्तले ‘म हजुरको गुरु हुँ, दुई पटकसम्म फाँसीबाट बाँचिसकेँ। यस्तो अवस्थामा फाँ सी दिनु न्यायसङ्गत होइन’ भन्दा नरशमशेरले ‘तँलाई के को न्याय?

झन्डै मलाई समेत मुछिसकेको थिइस्’ भनेर हातमा रहेको चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटिदिए। धर्मभक्तले रिसाएर नर शमशेरलाई लात हाने। नर शमशेर सम्हालिन नसकेर पाँच-सात हात पर हुत्तिए र तुरुन्तै सिपाहीहरूलाई कुट्न आदेश दिए। प न्ध्रजना जति सिपाहीको कुटाइबाट बेहोस भएका धर्मभक्तलाई अचेत अवस्थामै फाँसीमा झुन्ड्याएर उनको हत्या गरियो।”सिभिल इन्जिनियर शङ्करनाथ रिमाल तत्कालीन समयमा सानो टुँडिखेल भनेर चिनिने हालको दशरथ रङ्गशालासँगैको चौरमा चलिरहेको एउटा प्रद र्शनीमा राखिएका सामग्रीबारे आगन्तुकलाई जानकारी दिइरहेका थिए।

उनलाई देखाउँदै प्रदर्शनी हेर्न आएका राजा महेन्द्रलाई कसैले चिनायो, “कविराज बाजेको नाति।”महेन्द्रले तत्कालै “म बोलाउँछु, भेट्न आउनू है” भनेर गए। पछि दरबारमा उपस्थित भएका शङ्करनाथसँग महेन्द्रले भने, “एउटा स्मारक बनाउने इच्छा लागेको छ,डि जाइन बनाएर पेस गर्नू।”विसं २०७३ साल असारमा पङ्क्तिकारले रिमालसँग गरेको कुराकानीमा उनले भने, “त्यस बेला पेस गरेका आधा दर्जन बढी डिजाइनबाट जे पास भयो, त्यसैलाई ‘नेपाल स्मारक’ भनेर निर्माण गराउन थालियो।”रिमालले हात्ती चढेर हिँड्न मिल्ने, तीन लेनको सडक राखेर डिजाइन गरेका थिए नेपाल स्मारकको।

शङ्करनाथ रिमाल राणाकालीन प्रख्यात कविराज सरदार शिवराज रिमालका नाति र देवेन्द्र रिमालका छोरा थिए। त्यस बेला सिभिल इन्जिनियरिङ पढेका दुर्लभ मानिस।डिजाइन सकेर उक्त स्मारकको निर्माण थाल्दै गर्दा शङ्करनाथ फेलो शिपमा अध्ययन गर्न जर्मनी ग ए।बाँकी काम गर्न नियुक्त गरिए गौरीनाथ रिमाल। गौरीनाथ र शङ्करनाथ दाजुभाइ हुन्। कालान्तरमा गौरीनाथ रिमाल खानी विभागका निर्देशक पनि बनेका थिए।पच्चीस हजार रुपैयाँ लागत अनुमान गरेर निर्माण थालिएको उक्त स्मारकको निर्माण सम्पन्न हुँदा एक लाख २५ हजार रुपैयाँ खर्च भएको थियो।

निर्माण सम्पन्न भएपछि महेन्द्रबाट यसको उद्घाटन २०१८ वैशाख १ गते भयो।बालकृष्ण समको निर्देशन र मूर्तिकार चन्द्रलाल मास्केको सीपमा सालिक बने।शहीदहरूको सालिक राखिएकाले सजिलोका लागि मानिसहरुले उक्त स्मारकलाई ‘शहीद गेट’ भनेर सम्बो धन गर्न थाले र जनबोलीको त्यही परिचय कायम हुन पुग्यो।तर त्यो सुरुमा ‘नेपाल स्मारक’ का रूपमा बनाइएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार