काठमाडौं । पछिल्ला दिनहरुमा विवाह भन्दा पहिले नैं यौनसम्बन्ध राख्ने प्रचलन बढ्दै गएको छ । यसरी सम्बन्ध राख्दा कत्तिपय अवस्थामा फाइदा भए पनि सावधानि नअपनाउँदा बेफाइदा पनि हुनसक्ने डर हुन्छ । इलाम अस्पतालमा एक अविवाहित युवती आइतबार बच्चा जन्माएकी तनाबमा छिन् । अविवाहित युवती बालिका सुनुवारले अस्पतालमा बिहान साढे दुई बजे बच्चालाई जन्म दिइएको बताइएको छ ।

जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर ३ की १९ वर्षकी सुनुवार बिरामी भए भन्दै अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ । हालसम्म बच्चाको बुबा पत्ता नलागेकोले खोजी भइरहेको छ । अस्पतालमा भर्ना भएकी ती युवतीले ट्वाइलेट जान्छु भनी ट्वाइलेट जाँदा त्यहीँ नै शिशुलाई जन्म दिएको बताइएको छ । नवजात शिशु छोरी रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आमा र बच्चा दुवैलाई इलाम अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार