तस्विर के. वि. डाँगी

माघ २० रोल्पा । उद्योग वाणिज्य संघ रोल्पाको आयोजनामा कृषि, उद्योग, व्यापार, संस्कृति र पर्यटनको विस्तार दीगो विकास समृद्धिको आधार भन्ने मुल नाराका साथ दोस्रो रोल्पा महोत्सव १८ गते देखि २४ माघसम्म चल्दैछ । महोत्सवमा खेलकुद प्रतियोगिता सहित राष्ट्रिय स्तरका कलाकारद्धारा सांस्कृतिक मनोरन्जनात्क कार्यक्रम संञ्चालन भइरहेको आयोजनकले बताएको छ ।

महोत्सवको उद्घाटनका दिन १८ गते दश वटै पालिकाबाट स्थानीयहरु आफ्नै मौलिक भेषभुषा,परम्परागत गहनामा सजिएर झाक्री सहित आएका थिए । प्रत्यक दिन जसो राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती दिइ राख्नु भएको छ । महोत्सवको आज तेस्रो दिन पनी पहिलो र दोस्रो दिन जत्तिकै भव्य हुने आयोजकले अनुमान गरेको छ ।

महोत्सवको आकर्षकको रुपमा विभिन्न गाउँ तथा नगरपालीकामा उत्पादित कृषि, घरेलू जन्य उत्पादित बस्तु र पर्यटकिय क्षेत्रहरुको तस्विरहरु रहेका छन । यसका साथै हेलिकप्टर बाट राप्ति पर्यटकिय क्षेत्रको अवलोकन, लुग्री खोलामा बोटिङ, वाल उद्यान्न, पिङ, झुला लगाएत फगाम खोला र लुग्री खोलाको दोभान प्राकृतिक मनोरम स्थानमा शैर गर्ने आदी रहेका छन ।

महोत्सव उद्घाटनका दिन प्रवेश शुल्कमा निशुल्क रहे पनी अन्य दिनहरुमा भने रु ८० प्रवेश शुल्क तोकिएको छ । तर सरकार बाट विशेष सेवा लिएका वृद्ध, वृद्धा, एकल भएको महिला वा पुरुष, अपाङ्ग, विषेश क्षमता भएकाहरुलाई भने प्रवेश शुल्क नलाग्ने आयोजकले बताएको छ । त्यसका लागी परिचय पत्र भने अनिवार्य गरिएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख कृष्णबहादुर महराले रोल्पा जिल्ला विगतको परिवर्तनको केन्द्र भएकोले अव रोल्पालाई आर्थिक समृद्धिमा रुपात्तरण गर्नु पर्ने बताउनु भयो । हामीसगँ धेरै राम्रा परम्परागत संस्कृति छन, त्यसको संरक्षणले पर्यटनको विकास संगै समृद्धि ल्याउन सकिने प्रचुर संभावना भएको उहाले धारणा राख्नुभयो ।

उर्जामन्त्री बर्षमान पुनमगरले मदन–आश्रित लोकमार्ग पाल्पा, प्यूठान, रोल्पा लिबाङ हुँदै सल्यान जोड्ने बताउनु भएको छ । माडीको पानीबाट रोल्पामा विद्युत र दाङमा सिचाई गरी समग्र राप्ती क्षेत्रमा समृद्धि ल्याउने योजना रहेको उहाले बताउनुभयो । नेपालका हेर्नै पर्ने गन्तव्य भित्र परेको जलजला, पर्यटन विकासका लागी काठमाडौँबाट पाँच सय पर्यटन यसै बर्ष ल्याउने योजना उहाले सुनाउनु भयो ।

प्रतिनिधि सभा सदस्य एवँ शिक्षा तथा स्वास्थ्य समितिका संयोजनक जयपुरी घर्तिमगरले शिक्षा स्वास्थ्यमा राज्यले पुरै जिम्मेवारी लिने कुरा व्यक्त गर्नु भयो ।

प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरीले रोल्पामा युद्ध पर्यटनको लागी पहल गर्ने बताउनु भयो । राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको जीवनस्तरमा सुधार नभई देश गरिविबाट उठ्न नसक्ने धारणा राख्नु भयो । अझै पनि रोल्पाबाट लोड बाहक ट्रक रित्तै फर्कनुपर्ने अवस्था दुखद भएको धारणा उहाको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिञ्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन उद्योगबाट देश विकास गर्नुपर्छ भन्नु भयो । महोत्सव अवलोकन गर्दा स्थानीय उत्पादन कम र विदेशमा उत्पादन भएका सामान बढि देखिन्छ यसले यस क्षेत्रको आर्थिक उन्नतीमा खासै सघाउ पु¥याउन नसक्ने धारणा राख्नु भयो ।

जिल्लाको समृद्धि र विकासको लागि महोत्सवले सकारात्मक भूमिका खेल्ने कुरा रोल्पा उद्योग वाणिञ्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक विश्वकुमार चन्दले बताउनु भयो ।

रोल्पा महोत्सव सदरमुकाम लिबाङबाट करिव १० कोष पूर्व सुनिलस्मृति गाउँपालिका सुलिचौर बजारमा चलिरहेको छ । महोत्सवमा विभिन्न स्थानबाट झाँकी सहित दमाहा चाली नाच, मयुर नाच, सारङ्गी नाँच, पैसेरु नाचँ, मारुनी नाचँ, सोरठी नाचँ, खेलाडीहरुको खेल डेमोस्ट्रेशन प्रदर्शन भएको थियो ।

रोल्पाको कला–सँस्कृति–परम्परा–रीतिरिवाजको संरक्षण गर्ने, स्थानीय तहमा उत्पादित सामानको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य महोत्सवको रहेको छ । महोत्सव अवधिभर २ करोड ५० लाख बराबरको कारोवार हुने र महोत्सव खर्च करिब ६१ लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।

हेर्नुहोस्, तस्विरमा महोत्सव

                      

         

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार