विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले देशभर विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।

०५२ फागुन १ मा शुरू भएकाे जनयुद्ध अाज अाउँदा २३ वर्ष पूरा गरेर २४ वर्षमा प्रवेश गरेकाे अवसरमा नेकपाले संगठन सुदृढीकरण तथा विस्तार अभियानकै क्रममा जनयुद्ध दिवस मनाउन भएकाे छ ।

यस वर्षभन्दा अघिका दिनमा केन्द्रीकृत र विशालजनसभसहित मनाएकाे नेकपाले यसपटक अभियानकै क्रममा मनाउने भएकाे हाे ।

‘हामी अहिले संगठन सुदृढीकरण तथा विस्तार अभियानमा छाैं र यही अभियानकै क्रममा जनयुद्ध दिवस मनाउने छाैं’, नेकपाका एक पाेलिटव्युराे सदस्यले भने, ‘जनयुद्धका कार्यभार हामीले एकीकृत जनक्रान्तिबाट पूरा गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छाैं ।’

प्रचण्ड बाबुरामले जनयुद्धलार्इ धाेका दिएकाे भन्दै एकीकृत जनक्रान्तिबाट नयाँ क्रान्तिकाे अभियानमा हिडेकाे नेकपाले जनयुद्धका सपनालार्इ पूरा गर्ने बताएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार