मगर मुक्ति मोर्चा, नेपाल ललितपुरको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनलार्इ शुभकामना मन्त्वय दिदै प्रमुख आतिथी मोर्चाका केन्द्रीय संयोजक गमबहादुर श्रीसमगरले नेपालमा एकीकृत जनक्रान्तिबाट मात्र सम्पूर्ण उत्पीडित मगरहरुको मुक्ति हुने बताए ।

प्रमुख अतिथी श्रीसमगरले मगरहरुको नेपालको मुलबासी भएको बताउँदै उनीहरुको पहिचान र इतिहासलाई कायम राख्न इतिहासमा मगरहरुको बाहुल्यता रहेको मगर भूमि रहेका जिल्लाहरुलाई मगराँक्त स्वायत्त प्रदेश बनाइनु पर्ने बताए ।

विशेष अतिथी नेकपाका केन्द्रीय सदस्य उत्तमले नेपालमा सबै उत्पीडित जातीहरुको मुक्तिको समाधान आफ्नो पार्टीले वर्गीय आन्दोलनबाट गर्न खोजिरहेको भन्दै मगर जातीको जनयुद्धका ठूलो भूमिका रहेको स्मरण गराए ।

सम्मेलनलाई मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय कार्यालय सदस्य सुदर्शन मंगोल, नेकपा ललितपुर जिल्ला सेक्रेटरी विपिन, जिल्ला सचिवालय सदस्य धुव्र, जिल्ला सदस्य कमल गुरुनलगायत शुभकामना मन्तव्य दिएका थिए ।

सम्मेलनले जितबहादुर खपानङ्गीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार