सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी कल्पना बस्नेत खड्काले सरकारसमक्ष आफ्नो जीवन रक्षाको माग गरेकी छिन । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षाेदेखि यातना दिँदै आएको आरोप लगाएकी छिन् ।

उनले भनिन्,‘मेरो ससुरा बुवा हरि बहादुर खड्काको २०६७ सालमा मृत्यु भईसकेपछि ससुरा बुवाको नाममा काठमाडौको सानो भर्याङमा रहेको घर तथा सिन्धुलीमा रहेको जग्गा र घर आफ्नी सास्ुआमालाई ललाईफकाई दिदिहरुमध्ये माईली आमाजु निरु कुमारी खड्का थापाले २०७१ सालमा सिन्धुली जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा दर्ता गराउनुभयो ।’

आफ्ना श्रीमान कृष्णहरि खड्कालाई भिनाजुहरुले बन्धक बनाईराखेको समयमा जग्गा पास गराई सम्पत्ति हडप्न खोजेको पनि उनले आरोप लगाईन् । आफू र आफ्नो श्रीमान्लाई बिभिन्न समयमा मार्ने तथा बलात्कार गरेर फाल्नेसम्मको धम्की जेठी दिदि (गीता थापा) को छोरा अनिश थापाले दिँदै आएको उनले पत्रकार सम्मेलनमा जानकारी गराईन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार