ग्रेटर नेपाल अभियानका अभियन्ता फनिन्द्र नेपालले भारतले आफ्नो अभियान रोक्न करोडौंको रकम आश्वासन दिएको बताएका छन् ।

जनपाटी अनलाइनसँगको कुराकानीमा नेपालले आश्वासनले पनि नपुगेपछि भारतले ज्यान मार्ने धम्कीसमेत दिएको खुलासा गरे ।

‘मलाई ग्रेटर नेपालको अभियान रोक्न भारतले थुप्रै हथकन्दाहरु अपनायो । करोडौंको आश्वासनसहित ज्यान मार्ने धम्कीसमेत दियो ।’ नेपालले भने, ‘तर म मेरो अभियानबाट एक इन्चपनि पछि हटेन ।’

नेपालले नेपालका नेताहरु ग्रेटर नेपालको अभियानबारे गंभीर नहुँदा भारतले आफ्नो अभियानलाई रोक्न विभिन्न हर्कतहरु गरेको आरोप लगाए ।

चीनले हंकन र मकाउ अनि भारतले गोवालगायत मुुलुक फिर्ता गर्न हुने तर नेपालका नेताहरुले आफ्नो गुमेको भूमी फिर्ता गर्न कुनै पहल नगरेकोमा चिन्ता र आक्रोश व्यक्त गरे ।

आफ्नो ग्रेटर नेपालको अभियानलाई लिएर चीन आफ्नो अभियानप्रति सकारात्मक भएको जानकारी समेत गरे ।

नेपालले आफ्नो अभियान एकदिन नेपालमा साकार भएर छोड्ने दृढसंकल्प समेत व्यक्त गरे ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार