नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहिले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको कडा शव्दमा विरोध गरेका छन ।

कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहेका भुपेन्द्रजंग शाहीले शाहीले सरकारको उक्त कदमलाई मुर्खताको संज्ञा दिएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले सरकार द्धन्द निम्त्याउन लागिपरेको समेत गंभीर आरोप लगाएका छन ।

“सिके रावतलाइ खुल्ला गरेर बिप्लब माथी प्रतिबन्ध लगाउनु सरकारको मुर्खता।  यो राजनीतिक शक्ति हो। राजनितीक रुपमै हल गर्न पर्छ।” शाहिले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ”सरकारले द्वन्द्व निम्त्याउन खोजेको देखिन्छ।”

शाहीले विप्लव नेकपालार्इ वार्तामा अाउन अनुराेध समेत गरेका छन् ।

शाहीकाे फेसबुक स्टाटस –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार