विप्लव नेकपामाथि अाेली सरकारले लगाएकाे प्रतिवन्धकाे सत्ताधारी पार्टीबाटै तीव्र अालाेचना भएकाे छ ।

सत्ताधारी नेकपाका नेताहरू राम कार्की, नारायण शर्मा अनि युवा नेताहरू रामदीप अाचार्य, सुदीप मल्ललगायतले सरकारले विप्लव नेकपमाथि लगाएकाे प्रतिवन्धकाे विराेध गरेका छन् ।

त्यसैगरी सत्ताधारी नेकपाका पत्रकार, साहित्यकार र कविहरूले पनि सरकारले गरेकाे प्रतिवन्धकाे विराेध गरेका छन् । पत्रकार बलराम थापा, साहित्यकार एवं कवि विष्णु भण्डारीलगायतले पनि सरकारकाे पछिल्लाे कदमकाे विराेध गरेका छन् ।

उनीहरूले सामाजिक संजाल फेसबुकबाट सरकारी प्रतिवन्धकाे विराेध गरेका हुन् ।

सत्ताधारी नेकपाका नेता राम कार्कीले फेसबुकमा लेखेका छन् –

”सिद्दान्तमूक्त राजनीति = नाे रणनीति
कार्यनीति + कार्यनीति + कार्यनीति = अवसरवाद
जे अाईपर्छ त्यही गर्ने = सुविधाकाे राजनीति
समाजवाद तर्फ ठाेस पाईला चालेर विप्लवकाे राजनीतिलाई अाैचित्यहिन बनाउन चुक्दैछाै हामी ।
प्रतिबन्ध = हाम्रै अाफ्नै अनुभव मनन गर्दा 
अागाेमा बारुद हालेर निभाउने प्रयास सावित नहाेस् ।”

त्यसैगरी सत्ताधारी नेकपाका अर्का नेता नारायण प्रसाद शर्माले फेसबुकमै लेखेका छन् –

”राज्यद्वारा प्रतिवन्ध र विद्रोहीद्वारा प्रतिरोध ! प्रतिबन्ध दमन हो ! दमनले प्रतिरोध जन्माउँछ, प्रतिरोधले विस्फोट निम्ताउँछ, विष्फोटले विद्रोह बनाउँछ, बिद्रोहले क्रान्ती पैदा गर्छ ! सरकारी डबल नेकपा र गैरसरकारी सिङ्गल नेकपा दुवैले अधुरो क्रान्ती पूरा गर्न लागेकाले दुवैलाई बधाई !?”

रामदीप अाचार्य फेसबुकमा लेख्छन् –

”विगतमा अत्यन्तै लोकप्रिय कम्युनिष्ट आन्दोलनहरु पूँजीवादी/साम्राज्यवादी चंगुलमा फसेको र अन्तरविरोधलाई सही व्यवस्थापन गर्न नसक्दा जसरी धरासायी बने त्यो नियतीको नजिक त जाँदैछैनौं? दुवै नेकपा उही उदेश्य पूर्ती गर्ने गोटी त बन्दैछैनौ? हामी नेपालका अन्तिम कम्युनिष्ट बन्ने खतरा देख्दैछु ! उपरवालालाई चेतना भया !! ( आफ्नो पार्टी लथालिङ्ग विप्लव माथि प्रतिबन्ध
विनाशकाले विपरित बुद्धि !)”

सुदीप मल्ल फेसबुकमा लेख्छन् – ‘’प्रतिबन्ध’ लगाउनु सही कदम होइन ।”

सत्ताधारी नेकपा निकट पत्रकारका उपाध्यक्ष बलराम थापा लेख्छन् – ”के मान्छेहरूको दिमागले सोच्ने, उसले संसारलाई हेर्ने र बुझ्ने तरिकामाथी प्रतिवन्ध लगाउन सकिएला ? समयले यसको उत्तर खोजिरहेको छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार