कम्युनिस्ट नामकाे अाेली सरकारद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्धको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  विरोध गरेको छ ।

अाेली सरकारले मंगलबार बेलुकीबाट विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विरोध गरेका हुन् ।

उनले सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई कांग्रेसले विश्वासमा लिएर शान्ति प्रक्रियाको बाटोमा डोराएको स्मरण गर्दै विप्लवलाई विश्वासमा ल्याउनका लागि सरकारसँग क्षमता नभएको टिप्पणी गरेका छन् ।

‘‘पहाड जत्रै उचाइ बनाइसकेको ‘त्यो माओवादी’ लाई विश्वासमा लिन सक्ने ‘त्यो नेतृत्व क्षमता’ कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियोे,’’ प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, ‘‘आज सानो आकार र आयतनको तर आफ्नै गोत्र बन्धुलाई विश्वासमा गाँसेर मूल बाटोमा ल्याउन सक्ने क्षमताको दुःखी अभाव देखियो ।’’

विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि प्रतिपक्षी दलसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तास्तरबाट पनि चर्को आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार