सरकारले विप्लव नेतृत्वकाे नेकपालाई मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेकोमा चर्चित अभिनेत्री रेखा थापाले यो सरकारकाे चर्काे अालाेचना गरेकी छिन् ।

रेखाले सामाजिक संजाल टीवटरबाट याे सरकार कसले चलाएको भनेर अाेली सरकारमाथि ठाडाे प्रश्न गरेकी छन् ।

उनले देशभक्त विप्लवमाथि प्रतिवन्ध थाेपरेर सिके राउतलार्इ सरकारले अंगालाे हालेकाेमा थप अाक्राेश व्यक्त गरेकी छिन् ।

उनले बुधबार ट्विट गर्दै भनेकी छन्, ‘‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त ‘बिप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’’

उनले सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजेको तबाएकी छन् । उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भनेकी छिन् ।

“आम नेपाली जनताले यो विषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो,” उनले लेखेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार