नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालिकाेटमा निर्माणा गरिरहेकाे माेटरबाटाेलार्इ प्रहरीले काम गर्नबाट राेकेकाे छ ।

नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डकाे विश्वकर्माको अगुवाइमा मालकोटमा २१०० वर्गफिटको सहिद स्मृति भवन बनाउन थालिएको थियाे।

सहिद स्मृति भवनसँगै त्यहाँ पुग्न १४ किलोमिटर बाटो खन्न थालिएको छ। खुलालु-लालु-मालकोटसम्म १४ किलोमिटर सडक विप्लव नेकपाले खनिरहेको छ । जब सरकारले नेकपामाथि प्रतिवन्धकाे निर्णयसँगै प्रहरीले साे बाटाे राेकेकाे छ ।

यो कालिकोट सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा कर्णालीपारिको भू-भाग हो। सदरमुकामबाट कर्णाली नदीसम्म बाटो छ। तर, कर्णालीपारि बाटो छैन। कर्णाली नदीमा पुल बन्दैछ। नदीबाटै डोजर पार गराएर विप्लव नेकपाले बाटो खन्न थालेको प्रहरी स्रोत बताउँछ।

विप्लव नेकपाले झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको हो। सात किलोमिटर सडक खनिसकिएको छ। सवा करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ। पछिल्लाे घटना घटेसँगै अहिले सडक र सहिद स्मृति भवनको निर्माण प्रहरीले रोकिदिएको छ।

‘यी सबै कार्य विश्वकर्माकै अगुवाइमा भइरहेका छन्, सडक र भवन निर्माण रोकिदिएका छौं,’ कालिकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले  भने, ‘विप्लव नेकपाबाट प्रहरीलाई चुनौती दिने काम भइरहेको छ, हामीले उनीहरूको अभियान सफल बन्न दिएका छैनौं।’

प्रहरीकाे पछिल्लाे यस हर्कतबाट सर्वसाधारणहरू अाक्राेशित भएका छन् । विकासकाे काममा प्रहरीले नै हस्तक्षेप गरेपछि स्थानीयहरू अाक्राेशित बनेकाे कालिकाेटस्थित स्थानीय थिर बहादुर विश्वकर्माले बताए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार