नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले अाफ्नाे पार्टीमाथि लगाएकाे  प्रतिवन्धलार्इ खारेज गर्दै प्रतिवन्ध त अब केपी र बादल कम्पनीलार्इ लगाइने चेतावनी दिएका छन् ।

केपी अाेली सरकारले प्रतिबन्ध गरेकाे एक दिन पछि पार्टीकाे अाधिकारिक धारणा सार्वजनिक गर्दै महासचिव विप्लवले ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइने ।’ चेतावनी दिएका छन् ।

‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ ।’ महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ ।’

विज्ञेप्तीमा महासचिव विप्लवले अब अाफ्नाे पार्टीले  देशलार्इ बेचेर खाने, विदेशीकाे दलाली गर्ने भ्रष्ट र राज्यका मन्त्रीहरूलार्इ थप प्रतिवन्ध लगाइने बताएका छन् ।

वक्तव्यमा भनिइएकाे छ, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ सहिद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।’

अहिलेसम्म पार्टीले गरेका सबै कार्वाहीकाे जिम्मा लिने भन्दैं महासचि विप्लवले केपी प्रचण्ड गिराेहहरूमाथि अब कार्वाही गरिने चेतावनी दिएका छन् ।

आफ्नो पार्टीले एनसेल, अरुण ३ माथि गरेको कारबाहीको कारण स्पष्ट पार्दै उनले भनेका छन्,– ‘अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिबन खाने अपराधी केपी—बादल कम्पनी रहेछ, हाम्रा हजारौँ दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेर हुर्मत लिने अपराधी यिनीहरू नै रहेछन्, खुलेआम अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरू नै रहेछन् । यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधीमाथि हुनुपर्छ ।’

विज्ञेप्तीकाे अन्त्यमा भनिएकाे छ, ‘यी कारबाहीलाई केपीले लगातार चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल मात्र हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार