आफ्ना लोकतान्त्रिक मूल्य मान्यताहरुलाई लत्याउँदै ओली सरकार व्यापक दमन र धरपकडमा उत्रिएको छ ।

यसै क्रममा विप्लव नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की जीवन्त काठमाडौं उपत्यकाबाट गिरफ्तारमा परेका छन् ।

ललितपुरको च्यासलस्थित डेराबाट उनलाई शुक्रवार साँझ नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले नियन्त्रणमा लिइएका कार्कीलाई कहाँ राखिएको जानकारी नदिइएको परिवारका सदस्यहरुले जनाएका छन्।

सरकारले प्रतिवन्ध लगाएसँगै अदालतको आदेशमा रिहा भएकी नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष वन्धु चन्दलाई प्रहरीले अछामबाट फेरि नियन्त्रणमा लिएको छ।

चन्दलाई जिल्ला अदालत अछामको आदेश लगत्तै अदालत परिसरबाटै नियन्त्रणमा लिइएको बताइएको छ।

असंवैधानिक प्रतिवन्धको बाटोसँगै ओली सरकार विप्लव नेकपाका निसशस्त्र नेता कार्यकर्ता गिरफ्तारमा लागेको छ । जसको चौतर्फी विरोध र भण्डाफोर भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार