गत डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई परिवर्तन गर्ने ‘सुधार र खुलापन’को नीति अवलम्बन गरेको ४०औं वर्षगाँठ मनायो। यो अवसरलाई विजय महोत्सवको रुपमा मनाउने पूर्ण तयारी गरिएको थियो। राष्ट्रपति सि चिङफिङले यो विजय अभियानमा आफैलाई केन्द्र र अघिल्लो पंक्तिमा राखेर प्रचारबाजी शुरु गरिसकेका थिए।

सि चिङफिङ, तङ स्याओपिङपछिका सबैभन्दा शक्तिशाली नेता हुन्। उनका बुवाले पनि तङको निकट भएर काम गरेका थिए। सिले भने आफूलाई तङकै विरासतको रुपमा प्रस्तुत गर्दागर्दै पनि आफूलाई धेरै हदसम्म उनीभन्दा फरक प्रस्तुत गरिरहेका छन्।

तङ र सिबीचको मुख्य फरक विदेशी पूँजी र प्रविधिसम्बन्धमा हो। तङले विदेशबाट सहयोग र विषयविद्हरु खोज्न पार्टीलाई प्रोत्साहन गरेका थिए। तर, सीले भने आत्मनिर्भरतामा जोड दिइरहेका छन्। उनले ‘विदेशी शत्रु शक्ति’को भयबारे पार्टी पंक्तिलाई सचेत बनाइरहेछन्।

चीनको परिवर्तनलाई समयले भने निकै ठूलो साथ दिएको हो। उसले ठ्याक्कै त्यतिबेला खुलापनको नीति अंगीकार ग-यो, जतिबेला ताइवान विश्वव्यापी उत्पादन शृंखलामा जोडिने प्रयत्नमा थियो।

अर्को शब्दमा भन्ने हो भने सिले तङको नारामा भएको ‘खुलापन’लाई कम प्रयोग गरिरहेका छन्। आर्थिक वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टीले मोलेका जोखिमहरुमध्ये सबैभन्दा ठूलो जोखिम सम्भवतः विदेशी लगानी, व्यापार र विचार भित्रिन दिने नीति नै हो।

अहिलेको उत्तर कोरियाजस्तै संसारबाट बेग्लै बसेको देशले यस्तो नीति अंगीकार गर्नु जुवा खेले सरहर नै थियो । चीनले आफूलाई विश्वभर फैलिरहेको विश्वव्यापीकरणको तरंगमा समावेश गरायो र विश्वकै कारखानको रुपमा उदायो । खासगरी असिमित इन्टरनेटलाई दिइएको छुटले चीनलाई प्रविधिमा अघिल्लो पंक्तिमै ल्याइदियो । त्यस्तै विदेशीसँग लिएको सल्लाहले उसलाई बैंकहरुको पुनर्संरचना गर्न, कानूनी संयन्त्र स्थापना गर्न र नयाँ कर्पोरेटहरु सिर्जना गर्न सहयोग पु-याए।

चिनियाँ कम्युनिष्ट पार्टीले भने यी घटनाक्रमलाई बेग्लै तरिकाले प्रस्तुत गर्छ। उसले अहिले भईरहेको आर्थिक वृद्धिलाई ‘चिनियाँ माटोकै उपज’ भनेर प्रस्तुत गर्छ । यो वृद्धि खासगरी सक्षम नेतृत्वको योगदान हो भनेर व्याख्या गर्छ । तर यो व्याख्याले चीनको उदयसँग जोडिएको सबैभन्दा ठूलो बिब्ल्याँठोलाई लुकाउँछ । त्यो बिब्ल्याँठो हो – चीनको पूर्वशत्रुहरुले नै यो आर्थिक वृद्धि सम्भव गराएका हुन्।

पार्टीका प्रचारकहरुले बारम्बार निन्दा गर्ने अमेरिका र जापान नै चीनका सबैभन्दा  ठूला व्यापार साझेदार तथा सहयोग, ऋण र विशेषज्ञताको स्रोत बने । यो समीकरण परिवर्तनमा सबैभन्दा ठूलो भूमिका टोनी लिनजस्ता खेलाडीहरुले गरेका थिए । लिन एउटा कारखानाका म्यानेजर थिए जसले सन् १९८८ मा मुख्य चीनको भ्रमण गरेका थिए।

लीन त्यहीँ ताइवानमा जन्मे, हुर्केका मानिस थिए जहाँ चिनियाँ कम्युनिष्ट पार्टीको विजयसँगै पराजित भएकाहरु भागेर पुगेका थिए । स्कुले जीवनमा लीनले मुख्य चीनभुमी दुश्मन हो भनेर पढेका थिए। ताइवानमा लीनको जुत्ता कारखाना थियो । सन् १९८० को दशकको अन्तिमतिर उनको जुत्ता कारखानामा काम गर्ने मजदुर नै पाइन छोड्यो । त्यसपछि उनको सबैभन्दा ठूलो ग्राहक नाइक कम्पनीले उनलाई केही उत्पादन चीनतर्पm सार्ने सुझाव दियो ।

लीनले आफ्नो डर पन्छाएर चीनको भ्रमण गरे। चीन भ्रमणमा उनी अचिम्भत भए । चीनमा उनले ठूलो र ईच्छुक श्रम शक्ति कामको खोजीमा भएको देखे । त्यस्तै चिनियाँ अधिकारीहरु पनि पूँजी आयातका लागि तीव्र प्रतीक्षामा थिए । उनले अधिकारीहरुले कसरी राज्य सञ्चालित कारखानाको उपयोग सित्तैमा गर्न दिन्छन् र पाँच वर्षसम्मको कर छुट पनि दिन्छन् भन्ने पनि बुझे।

खासमा त्यतिबेला वासिङटनमा धेरैले व्यापारले राजनीतिक परिवर्तन ल्याउने आशा गरेका थिए। अवश्य पनि व्यापारले राजनीतिक परिवर्तन ल्यायो। तर चीनमा भने ल्याएन। ‘खुलापनको नीति’ले सबैले सोचेभन्दा उल्टो चिनियाँ कम्युनिष्ट पार्टीको शक्ति झनै मजबुद बनाइदियो।

त्यसपछिको एक दशक लीनले दक्षिणी चीनमै बिताए। उनी कहिलेकाहीँ थोरै समयका लािग मात्र आफ्नी श्रीमती र छोराछोरी भेट्न ताइवान जान्थे । उनले त्यहाँ पाँचवटा ठूला जुत्ता कारखाना खोले । त्यसमध्ये एउटा नाइकको चिनियाँ बिक्रेता पनि हो। ‘त्यतिबेलाका चिनियाँ नीति अद्भुत थियो’, उनी सम्झिन्छन्, ‘उनीहरु पानी शोस्ने कपासजस्तै थिए । पैसा, प्रविधि हरेक थोक सोस्थे।’

हङकङ, ताइवान, सिंगापुरजस्ता चिनियाँ जाती भएका क्षेत्रबाट चीनमा प्रवाह भएको लगानीको एक हिस्सा हुन् लीन । लीनजस्ता लगानीकर्ताले नै चिनियाँ अर्थतन्त्रलाई उकासेका हुन्। केही अर्थशास्त्रीका अनुसार यो डायस्पोरा नभएको भए चीनको परिवर्तन सम्भवत इन्डोनेसिया र मेक्सिकोको तहसम्ममात्र पुग्ने थियो।

चीनको परिवर्तनलाई समयले भने निकै ठूलो साथ दिएको हो। उसले ठ्याक्कै त्यतिबेला खुलापनको नीति अंगीकार ग¥यो जतिबेला ताइवान विश्वव्यापी उत्पादन शृंखलामा जोडिने प्रयत्नमा थियो। चीनले ताइवानको पूँजीबाट मात्र फाईदा लिएन, उसको व्यवस्थापन अनुभव, प्रविधि र विश्वभरका ग्राहकहरुसँगको सम्बन्ध पनि उपयोग ग¥यो । ताइवानले चीनमा पूँजीवादतर्पmको यात्रालाई बल दियो र विश्व अर्थतन्त्रसँग जोडिदियो।

त्यसो त लामो समयदेखि ताइवान एक समयको शत्रु देश चीनसँगमा यतिविधि निर्भर भएकोमा चिन्तित नभएको होइन । उसले आफ्नो लगानीलाई अन्यत्र सार्ने प्रयत्न पनि गरेको थियो। लीनले नै थाइल्याण्ड, भियतनाम र इन्डोनेसियामा कारखाना खोल्ने प्रयत्न गरेका थिए । तर सकेनन् र चीन नै फर्किए। कारण थियो, चीन एकातर्फ निकै नजिक र सस्तो थियो भने भाषा, सभ्यता सबथोक मिल्थ्यो।

अहिले ताइवान आपूmभन्दा निकै शक्तिशाली चीनप्रति अत्याधिक निर्भर भएको महसुस गरिरहेछ । चीनले भने उसलाई एकीकरणका लागि दबाब दिइरहेछ । यो टापुको भविष्य नै अनिश्चित छ।

चीनको गतिको साँचो चिनियाँ कम्युनिष्ट पार्टीसँगै छ। पछिल्लो चार दशकमा चीनको आर्थिक वृद्धिदर अमेरिकाको भन्दा १० गुणा बढी थियो।

ताइवानकोजस्तै निराशा अहिले संसारभर पाइन्छ । चीनलाई व्यापार र लगानीमा ल्याएकोमा उनीहरुमा एक प्रकारको पछुतो पनि छ। सबैभन्दा ठूलो पछुतो अमेरिकालाई छ । उसले चीनलाई विश्व व्यापार संगठनमा ल्याएको थियो । आफै चीनको सबैभन्दा ठूलो बजार बनेको थियो । अहिले आफैले चीनलाई भारीमात्रामा प्रविधि चोरी गरेको आरोप लगाइरहेको छ । एकजना अमेरिकी अधिकारी त यसलाई ‘इतिहासमै सबैभन्दा धेरै मात्रामा सम्पत्ति प्रसार’ भएको भनेर व्याख्या गर्छन्।

खासमा त्यतिबेला वासिङटनमा धेरैले व्यापारले राजनीतिक परिवर्तन ल्याउने आशा गरेका थिए। अवश्य पनि व्यापारले राजनीतिक परिवर्तन ल्यायो। तर चीनमा भने ल्याएन । ‘खुलापनको नीति’ले सबैले सोचेभन्दा उल्टो चिनियाँ कम्युनिष्ट पार्टीको शक्ति झनै मजबुत बनाइदियो। चीन आफैं निर्यात व्यापारको बादशाह बनेर उदायो तर कारखाना विस्तार भने गरेन। अर्थशास्त्रीहरुका अनुसार चिनियाँ निर्यात व्यापारका कारण अमेरिकामा कम्तिमा २० लाखले जागिर गुमाए । त्यसैले धेरैजसो ट्रम्पको पक्षमा मतदान गर्न पुगे ।

चुनेर दमन
बिहानको खाना खानेबेलामा चीनका सबैभन्दा सफल रियल स्टेट घरजग्गा व्यापारी फेङ लुनले तियानमेन स्क्वायरमा भएको विद्यार्थीहरुको प्रजातान्त्रिक आन्दोलनपछि किन सरकारी अनुसन्धान केन्द्रको जागिर छोडेँ भनेर बताउँदै थिए । विश्वभरका अर्बौं डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी भ्यान्टोज होल्डिङका अध्यक्ष लुनसँग मध्य बेइजिङमा अवस्थित एउटा अपार्टमेन्ट बिल्डिङको ५० औं तलामा रहेको निजी क्लबमा भेटे भएको थियो ।

‘त्यो काम एकदमै सजिलो थियो’, लुनले भने, ‘एकदिन जुरुक्क उठ्नासाथ मैले सबैजना भागिरहेको देखेँ । म पनि भागेँ ।’

उनले भने अनुसार सैनिकहरुले गोली चलाउनु अघिसम्म उनले सिंगो जीवन सरकारी नोकरीमा नै बिताउने योजना बनाएका थिए। तर पार्टीले विद्यार्थी आन्दोलनप्रति सद्भाव राख्नेजतिलाई पेल्ने नीति लियो । उक्त नीतिका कारण धेरै अधिकारी पलायन भएर सन् १९९० को दशकमा नयाँ उद्यम थाले । तीमध्ये लुन पनि एक थिए  ।

‘त्यतिबेला तपाईंले बैठक गरेर व्यवसायमा जाउ भनेको भए हामी जाँदैनथ्यौँ’, उनी सम्झिन्छन्, ‘तर त्यो घटनाले नजानिँदो रुपमै बजार अर्थतन्त्रको बीउ छ-यो ।’

चिनियाँ कम्युनिष्ट पार्टीको सफलतामा यस्तै ढिकिच्याउँ पद्दतिले काम गरेको छ। माओपछि राजनीतिक उदारीकरणतर्फ गईरहेको चिनियाँ कम्युनिष्ट पार्टीलाई सन् १९८९ को प्रजातान्त्रिक आन्दोलनले उल्टोबाटोमा मोडिदियो । पार्टी दमन र नियन्त्रण तर्फ लाग्यो । तियानमेनमा भएको आम नरसंहारपछि अर्थतन्त्र ठप्प भयो । त्यसको तीन वर्षपछि तङ स्याओपिङले दक्षिणी चीनको भ्रमण गरे र पार्टीलाई फेरी एकपटक ‘सुधार र खुलापन’ तर्पm डो-याए।

फेङ जस्ता सरकारी सेवा छोडेका धेरैले बाहिरबाटै देशको परिवर्तनमा योगदान गरे । उनीहरु चीनको नीजि व्यवसायका पहिलो पुस्ता थिए । अहिले सि जिङफिङले पार्टीलाई पुनः दमन तर्पm लगिरहेका छन्। समाजमा नियन्त्रण बढाईरहेछन्। आफ्नो हातमा शक्ति संकेन्द्रित गरिरहेछन् । र, आफूलाई स्थायी रुपमा राष्ट्रपतिको रुपमा स्थापित गर्नेगरी दुई कार्यकालको सिमितता हटाएका छन् । के चिनियाँ कम्युनिष्ट पार्टी तियानेमन कान्डमा जस्तै पुनः पराजित हुनेछ ? वा यो स्थायी परिवर्तनत हुनेछ ? के यसले जादुमय चिनियाँ आर्थिक परिवर्तनलाई केही प्रभाव पार्छ ?

माओपछि राजनीतिक उदारीकरणतर्फ गइरहेको चिनियाँ कम्युनिष्ट पार्टीलाई सन् १९८९ को प्रजातान्त्रिक आन्दोलनले उल्टोबाटोमा मोडिदियो। पार्टी दमन र नियन्त्रणतर्फ लाग्यो। तियानमेनमा भएको आम नरसंहारपछि अर्थतन्त्र ठप्प भयो। त्यसको तीन वर्षपछि तङ स्याओपिङले दक्षिणी चीन भ्रमण गरे र पार्टीलाई फेरि एकपटक ‘सुधार र खुलापन’ तर्फ डो-याए।

सबैभन्दा ठूलो भय के हो भने, सि जिङफिङले चीनको उदयको कथा पुनःलेखन गर्न खोजिरहेछन् । त्यसका लागि उनले निश्चित दमनलाई त्यो भन्दा कडा दमनले विस्थापन गर्ने प्रयत्न गरिरहेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी सधैँभरि स्थायी त्रासको रुपमा स्थापित भएको छ। उदाउँदो विपक्षी पार्टी, लोकप्रिय धार्मिक आन्दोलन र नोबेल पुरस्कार प्राप्त लेखक समेतलाई उसले दमन गरेको छ। तर एउटा ठूलो अपवाद के भने उसले जनताको व्यक्तिगत जीवनबाट एक कदम पछि हटेर आर्थिक वृद्धिका लागि आवश्यक स्वतन्त्रता पनि प्रदान गरिरहेछ ।
यस्तो खालको सन्तुलन निर्माण गरेर उसले कसरी फाईदा लियो भन्ने एउटा उदाहरण इन्टरनेट हो।

शुरुमा पार्टीले इन्टरनेट विस्तारका लागि छुट दियो र आफूलाई बाधा पार्नसक्ने सूचना प्रसारण नियन्त्रण गरेर आर्थिक फाइदा लियो। सन् २०११ मा भने उसले संकटको सामना गर्नुप-यो । पूर्वी चीनमा भएको उच्च गतिको रेल दुर्घटनालाई लिएर ३० करोडभन्दा बढी म्यासेजहरु प्रवाहित भए।

ती म्यासेजले दुर्घटना नियन्त्रण र त्यसको व्यवस्थापनमा पार्टीको कमजोरी उजागर गरेका थिए । सेन्सरले नियन्त्रण गर्नुपूर्व नै ती म्यासेजहरु प्रवाहित भइसकेका थिए । त्यसपछि पार्टीका अधिकारीहरुले वेइबो (चिनियाँ ट्वीटर)लाई प्रतिबन्ध लगाउने विचार गरे । तर अधिकारीहरुले यसबाट जनता भड्किन सक्ने ठाने । अन्ततः उनीहरुले वेइबोलाई प्रतिबन्ध नलगाउने निष्कर्ष निकाले तर वेइबोजस्ता कम्पनीहरुलाई नियन्त्रण बढाउनकै लागि दबाब दिए।

यो सम्झौताले काम ग¥यो । अहिले वेइबोजस्ता कम्पनीहरुले सेन्सरशीपकै लागि हजारौं रोजगार सिर्जना गरेका छन् । चीन विश्व इन्टरनेट सञ्जालमै भीमकाय भएको छ। ‘इन्टरनेटले सिर्जना गर्ने मूल्यभन्दा सेन्सरशीपले पैदा गर्ने खच निकै कम छ’, एक उद्यमी चेन तोङ भन्छन्, ‘हामीले आफ्नो आर्थिक प्रगतिका लागि आवश्यक सूचना पाईरहेकै छौँ।’

एउटा ‘नयाँ युग’
खुला बजारका आवश्यकता सँगै सर्वसत्तावादी शासनका पनि माग पूरा गर्ने चीनमात्र एक्लो देश होइन । तर उसले अरुले भन्दा लामो समयदेखि, अरुले भन्दा ठूलो मात्रामा र अरुलेभन्दा बढी सन्तुष्ट पार्नेगरी यो काम गरिआएको छ।अमेरिकासँग साझेदारको साटो विरोधी भएर यो मोडलले काम गर्छ कि गर्दैन भन्ने अहिले उठेको प्रश्न हो । व्यापार युद्ध भर्खरै शुरु भएको छ । तर यो व्यापार युद्धमात्र होइन ।

चीनले दाबा गरेको र सैन्य लगानी बढाइरहेको सामुद्रिक क्षेत्रमा अमेरिकी युद्धपोत र लडाकु जहाजहरुले चुनौती दिइरहेका छन् । वासिङटनले विश्वभर बढ्दो बेइजिङको प्रभावलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । संसारभर पूर्वाधार निर्माणमा बढ्दो चिनियाँ लगानीले तनाव सिर्जना गर्ने चेतावनी उसले दिइरहेको छ ।

यी दुई देश अहिलेलाई केही सम्झौतामा पुग्न सक्छन् । तर, अमेरिकामा उदारवादी र अनुदारवादी दुवैले चीन विश्व व्यवस्थाको वैकल्पिक शक्तिको रुपमा उदाइरहेको व्याख्या गरिरहेका छन्। उनीहरुले चीनको उदयले अधिनायकवादलाई प्रश्रय दिने र स्वस्थ प्रतिस्पर्धा घटाउने दावी गरिरहेका छन् । पछिल्ला दशकहरुमा विदेशमा शक्ति प्रदर्शन कसरी गरिएको छ र कसरी गर्नुपर्छ भन्नेबारे गहिरोसँग बाँडिएको अमेरिकामा यस्तो एकैमत दुर्लभ हो ।

अर्कोतर्फ सि जिङफिङले आफूले दिएको नारा ‘चिनियाँ राष्ट्रको महान् कायाकल्प’ बाट एक कदम पनि पछि हट्ने संकेत देखाएका छैनन् । उनको टिमका केही मानिसहरुले सन् २००८ को वित्तिय संकटपछि अमेरिकालाई कुनै न कुनै हिसाबले चीनलाई असर पार्ने दावा गरिरहेका छन् । उनीहरुले ट्रम्प प्रशासनका नीतिहरुलाई अमेकिारले चीनलाई सधैँ निचो बनाउन चाहन्छ भन्ने कथनको प्रमाणको रुपमा पेश गरिरहेका छन्।

यही समयमा बढ्दो नयाँ खाले कटुताप्रति विश्वव्यापी रुपमै बेचैनी सिर्जना भएको छ । यो कटुताका दुई कारण छन् । एक, चीनको वृद्धिका  कारण अमेरिकामा बेचैनी सिर्जना भएको छ । दुई चिनियाँ कम्युनिष्ट पार्टीको सुत्र असफल हुनसक्छ भन्ने त्रास पनि छ।

समृद्धिले चीनमा आशाहरु बढाइदिएको छ । जनताले केवल आर्थिक वृद्धि चाहँदैनन् । उनीहरु स्वच्छ हावा, सफा खाना र औषधी, राम्रो स्वास्थ्यसेवा र विद्यालय, कम भ्रष्टाचार र उच्च समानता चाहन्छन् । पार्टीले यी सुविधा प्रवाह गर्न संघर्ष गरिरहेका छ। ‘सबैभन्दा मुख्य प्रश्न, आर्थिक वृद्धि कसका लागि हो ?’ मोगनसान प्रतिवेदन तयार गर्नेमध्येका एक सु झियाङ भन्छन्, ‘हामीले यही प्रश्नको समाधान गरेका छैनौँ ।’

अहिले आर्थिक वृद्धिदर धिमा भएको छ । यसले दिर्घकालका लागि अर्थतन्त्रलाई फाईदा पु¥याउँछ तर जनताको विश्वास त हल्लाउन सक्छ । अहिले पनि चिनियाँ कम्युनिष्ट पार्टीले असमानता, ऋण र वृद्धहरुको संख्या बढिरहेको जस्ता देशका चुनौतीबारे छलफल गर्नबाट रोक लगाएको छ । त्यस्तो छलफल रोक्न र नियन्त्रण गर्न उसले सेन्सरशीपमा प्रशस्त खर्च गरिरहेछ।

खुला बजारका आवश्यकतासँगै सर्वसत्तावादी शासनका पनि माग पूरा गर्ने चीन मात्र एक्लो देश होइन। उसले अरुले भन्दा लामो समयदेखि, ठूलो मात्रामा अरुलाई सन्तुष्ट पार्ने गरी काम गरेको छ।

सु झियाङ स्वंय पार्टीले नयाँ नीति अवलम्बन गर्नुपर्छ भन्नेमा सचेत छन् । देश ‘नयाँ युग’ मा गएको घोषणा गरेर नयाँ तौरतरिका अपनाउनुपर्छ भन्ने उनी ठान्छन् । तर उनका विचार स्वीकार गरिँदैन । बरु अल्पसंख्यक मुश्लिम समुदायलाई लक्षित गरेर खोलिएको मनोरञ्जन क्याम्पहरुमा पठाइन्छ।

चीनमा ‘खुलापन’लाई बाहिर धकेल्ने नीतिले विस्थापन गरेको छ । देशबाहिर चीन ऋण र अन्य देशको आन्तरिक राजनीतिमा सहभागी हुने क्रम बढ्दै गईरहेछ। देशभित्र भने प्रयोगलाई बाहिर फालेर कट्टरता र अनुशासनलाई भित्र हुलिरहेछ। सारमा सि जिङफिङ पार्टी पुरानै सर्वसत्तावादी स्वरुपमा फर्किन्छ र त्यसैले नै अमेरिकाको सामना गर्नसक्छ भन्ने ठान्छन्।

अवश्य पनि, चीनको गतिको साँचो चिनियाँ कम्युनिष्ट पार्टीसँगै छ। पछिल्लो चार दशकमा चीनको आर्थिक वृद्धिदर अमेरिकाको भन्दा १० गुणा बढी थियो। अहिले पनि यो दर अमेरिकाको भन्दा  दुईगुणा बढी छ । पार्टीले भारीमात्रामा जनताको समर्थन पाएको छ । र संसारभरी धेरैजसो ट्रम्पको अमेरिका पश्चगामीहुँदा चीनको गति भर्खर शुरु भइरहेको ठानछन्।  त्यसैले पनि आशाहरुलाई पुट दिन चीनसँग प्रशस्त उपाय छन् ।

– फिलिप पी पान ‘द टाइम्स एसिया’का सम्पादक र ‘आउट अफ माओज् स्याडोः द स्ट्रगल फर द साउल अफ अ न्यू चाइना’ नामक पुस्तकका लेखक हुन्। उनले दुई दशकसम्म चीनमा बसेर पत्रकारिता गरिसकेका छन्।

– द न्यूयोर्क टाइम्स, सन् २०१८ नोभेम्बर १८को अंकबाट नागरिक दैनिकका लागि लक्ष्मण श्रेष्ठले गरेकाे अनुवाद।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार