राजधानी काठमाडौंको नयाँ वसपार्कवरपर दिउँसै देहव्यपारको मोलतोलको दृश्यले हरेक सभ्य नेपालीलाई दुखित बनाउने गर्छ ।

राजधानी काठमाडौंको वसपार्कस्थित आकाशे पुल, त्यस आसपास विष्णुमति खोलाको पुल र वसपार्क क्षेत्रमा दिउँसै योन व्यापारको चलखेल हुनेगर्छ ।

यस क्षेत्रका वरिपरि यौन व्यापारमा संलग्न महिलाहरु खुलेआम कतै एकल त कतै समुहमा बसेर मोलतोल गरिरहेका यत्रतत्र देखिन्छन् ।
हुन त यो काठमाडौंमा बस्ने केही महिलाहरुको आफ्नै बाध्यता होला या अरु कारण होला, तर दिउँसै गरिएका यी दृश्यहरुले सभ्य मानिसहरुलाई अचम्म र दुखित बनाउने खालको छ ।

त्यसो त हामी एशियाको दोस्रो गरिब देशमा भएकोले यस्तो देह व्यापारलाई बाध्यताको उपज मान्न सकिएला । तर यो देशका शासकहरुको नालयिकीपन र कमजोर शासनसत्ता भएको उपहार हो ।

दुखदका साथ भन्नुपर्छ आज हाम्रा नेपाली चेलीह्रु दशौं हजारको संख्यामा देहव्यापारका लागि विश्वका विभिन्न देशमा आफ्नो शरिर बेच्न बाध्य छन् ।

नेपाल सरकारले हाम्रा हजारौं महिलाहरुलाई रोजगारको व्यवस्थ ागर्न सकेको भए ती नेपाली महिलाहरु आज देहव्यापारका लागि विश्वभर चहार्नुपर्ने बाध्यता आउने थिएन ।

त्यसैको परिणाम राजधानीका विभिन्नस्थानमा भइरहेको देहव्यापारलाई लिन सकिन्छ ।

नेपाल सरकारले यस्तो स्थिति कहिलेसम्म दोहरिन दिइरहन्छ ? हाम्रा नाराीहरुलाई कहिलेसम्म देहव्यापारमा लाग्न बाध्य पारिरहन्छ ?

भिडियो –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार