सन् २००८ मा पश्चिमी राष्ट्र आर्थिक मन्दीको कठिन परिस्थितिबाट गुज्रिरहेका थिए । तर, चीनका लागि त्यही समय टर्निङ प्वाइन्ट बनिदियो । त्यही दशकमा चीनले यति आर्थिक विकास ग¥यो कि चीनको अर्थतन्त्रमा यस्तो उथलपुथल मच्चिने धेरैले पूर्वानुमान गरेका थए ।

निश्चय नै, जब अमेरिकी लगानी बैंक ‘लेहम्यान ब्रदर्स’ ढल्दै थियो र यसले विश्वव्यापी वित्तीय संकटलाई निम्त्यायो, चिनियाँ नेताहरूको गहिरो चिन्ताको विषय थियो । उनीहरूको चिन्तालाई प्राकृतिक विपत्तिले झन् बढाइदियो । सन् २००८ को जनवरीमा चीनको दक्षिणी क्षेत्रमा भारी हिमपात र हिमआँधी आयो । पाँच महिनापछि सिचुआन क्षेत्रमा ठूलो भूकम्प गयो । त्यसमा ७० हजार चिनियाँको मृत्यु भएको थियो । तिब्बतमा पनि उस्तै अस्थिरता थियो । चिनियाँ नेता र सरकार आफ्नो देश पनि गहिरो आर्थिक संकटमा फस्ने हो कि भन्नेमा निकै चिन्तित थिए ।

सुरुका दिनमा यो डर सही अर्थमा सावित हुन सक्ने संकेत पनि नदेखिएको होइन । सन् २००८ मा चीनले आयोजना गरेको ओलम्पिक्सले पुँजी बजार पनि निकै निराशाजनक देखियो । सन् २००७ मा ६ हजार १ सय २४ अंकको उचाइमा रहेको पुँजी बजार सन् २००८ को अक्टोबरमा आई पुग्दा १ हजार ६ सय ६४ अंकमा झरेको थियो । यो गिरावट चिनियाँ नेताको ठूलो टाउको दुखाइ बनेको थियो ।

तर, चिनियाँ अधिकारीहरू हार मानेर बसेनन् । उनीहरू दीर्घकालीन विकासका लागि देशको आर्थिक विकासका योजनाहरूलाई पुनःपरिभाषित र कार्यान्वयन गर्न प्रतिबद्ध भएर लागे । पहिले चीन सरकार निर्यातमा बढी केन्द्रित थियो । पछि सरकारले आन्तरिक खपतलाई बढी जोड दियो ।
वास्तवमा विश्व मन्दीले चीनलाई एउटा पाठ पनि सिकायो, उनीहरू आन्तरिक खपत वृद्धिमा बलियो भएर लागे र निर्यातमाथिको परनिर्भरता जोखिमलाई न्यूनीकरण गर्न सफल भए ।

यो प्रतिबद्धताले बितेको दशकमा चीनको आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकै ब्याज अहिले पनि चीनले खाइरहेको छ भन्न सकिन्छ । यही दशकमा करोडौँ चिनियाँ नागरिक मध्यमस्तरको श्रेणीमा उक्लिन सफल भएका छन् । हाल त्यहाँ मध्यमवर्गीयको संख्या २० देखि ३० करोडमा पुगेको छ । प्रतिव्यक्ति औसत नेटवर्थ १ लाख ३९ हजार डलर छ । यो समूहको कुल खर्च गर्ने शक्ति २८ ट्रिलियन (दुई सय ८० खर्ब) डलरभन्दा माथि पुगिसकेको छ । यो आकडा अमेरिका र जापानको भन्दा बढी हो । अमेरिकाको कुल खर्च गर्ने शक्ति १६ दशमलव ८ ट्रिलियन (एक सय ६८ खर्ब) डलर र जापानको ९ दशमलव ७ ट्रिलियन (९७ खर्ब) डलर छ ।

चीनका मध्यमवर्गीय परिवारले पहिल्यैदेखि यस्तो शक्ति हासिल गरिसकेका थिए । बितेको दशकमा विश्वका लक्जरी वस्तुको खरिदमा चीनको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । सन् २००८ यता कारमा चिनियाँको स्वामित्व विश्वको आधा हिस्सा ओगट्ने भइसकेको छ । चीनले अमेरिकालाई पनि उछिन्दै अटो खरिदकर्तामा पहिलो बन्न थालेको छ ।

पर्यटनमा पनि चिनियमाँ अगाडि छन् । गत वर्ष १५ करोडभन्दा बढी चिनियाँ नागरिक विदेश भ्रमणमा गएका थिए । कुनै समय चिनियाँ अधिकारीहरूका लागि यस्तो मध्यमवर्गीयको संख्या बढाउनु एक महत्वपूर्ण रणनीतिक अवसर थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङका प्रमुख आर्थिक सल्लाहकार लिउ हेले सन् २०१३ मा भनेका थिए, ‘संकटपूर्व चीनको लक्ष्य भनेको विश्वव्यापी उत्पादन केन्द्र बन्नु थियो र यसलाई हासिल गरियो भने अन्तर्राष्ट्रिय पुँजी र ज्ञानलाई पनि आकर्षित गर्न सकिन्छ ।’ लगभग ठ्याक्कै त्यस्तै भयो । तर, केही नीति परिवर्तन भने गर्नुप¥यो । सन् २००८ पछि चीनले पूर्ण निर्यातलाई मात्र ध्यान दिएन । घरेलु उपभोगलाई बढवा दिँदै र लगानी बढाउन व्यापक आर्थिक प्रोत्साहनको नीतिसमेत कार्यान्वन ग¥यो । मन्दीको झट्काले चीनलाई सचेत बनायो, उसले ऋण कटौती र माग वृद्घिमा जोड दियो ।

यसै पहलको एक हिस्सास्वरूप चीनले झण्डै ३० किलोमिटर लामो तीव्र गतिको रेलवे निर्माणलगायतका ठूला स्तरका पूर्वाधारमा लगानी ग¥यो । बढ्दो कनेक्टिभिटीसँगै गत वर्ष मात्रै सो रेलवे नेटवर्कले दुई अर्ब यात्रुलाई सेवा प्रदान गरेको थियो । यसले क्षेत्रीय आर्थिक सम्बन्धलाई बढाउँदै, सहरीकरणलाई प्रेरित गर्दै र उपभोगलाई पनि धेरै हदसम्म बढाउन सफल बनेको थियो ।

वास्तवमा विश्व मन्दीले चीनलाई एउटा पाठ पनि सिकायो, उनीहरू आन्तरिक खपत वृद्धिमा बलियो भएर लागे र निर्यातमाथिको परनिर्भरता जोखिमलाई न्यूनीकरण गर्न सफल भए

प्रविधिमाथि जोड र विकसित राष्ट्रमा नाफामूलक पूर्वाधार लगानी गर्न सफल भयो । यस्ता प्रयाससँगै मर्जर र एक्विजिसनलाई पनि जोड दियो । यी सबका कारण चिनियाँ अर्थतन्त्रको आकार सन् २००८ को तुलनामा सन् २०१८ मा झन्डै तेब्बर बढेको छ । साथै त्यहाँको कुल गार्हस्थ्य उत्पादन पनि १३ दशमलव ६ ट्रिलियन ( १ सय ३६ खर्ब) डलर पुग्यो । सन् २००८ मा चिनियाँ अर्थतन्त्र जापानी अर्थतन्त्रको तुलनामा ५० प्रतिशत सानो थियो, तर सन् २०१६ मा यो २ दशमलव ३ गुणाले बढी भयो ।

यसबीचमा पक्कै पनि कठिन चुनौती आए । घरजग्गाको भाउ अकासियो । सहरमा घरजग्गाको भाउ यति अकासियो अधिकांश नागरिकलाई यो चिन्ताको विषय पनि बन्यो । तर पनि समग्रमा विस्तारवादी नीतिले विश्वव्यापी आर्थिक शक्तिका रूपमा चीनको तीव्र उदयलाई भने सहयोग गरेरै छाड्यो ।

तर, चिनियाँ नेताहरूले यो वृद्घि एक महत्वपूर्ण प्रवृत्तिको भने योजना बनाएनन् । औद्योगिक नीतिको कुरा गरौँ, सन् २००८ मा अस्तित्वमा रहेका नवप्रवर्तनहरूको बाहुल्य थियो । चिनियाँ अर्थतन्त्रलाई बढाउने प्रयासमा लागेका उद्योगप्रति नीति केन्द्रित थियो ।

आजको समयमा, इ–कमर्स र मोबाइल भुक्तानीमा चीन
विश्वव्यापी नेतृत्वदायी पथमा छ । गत वर्ष चीनमा मोबाइल भुक्तानी अमेरिकाको तुलनामा १ सय ६० गुणा बढी थियो । अर्थात् २४ ट्रिलियन डलरमा थियो ।

सन् २००८ मा चीनका प्रमुख कम्पनी रहेका राज्यनियन्त्रित बैंक र पेट्रोकेमिकल कम्पनीहरूलाई अहिले अलिबाबा र टेन्सेन्टजस्ता इ–कमर्स र इन्टरनेट हस्तीले उछिनेका छन् । चीनमा इन्टरनेट र प्रविधि कम्पनीले वार्षिक ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आएको छ ।
यसैक्रममा, लामो समयदेखि चिनियाँ विकासको प्रमुख चालक र अझै पनि चीनको सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने म्यानुफ्याक्चरिङ क्षेत्र भने कमजोर देखिएको छ । यसलाई तलव वृद्घिमा आएको तीव्रताले प्रभावित पारेको हो । परिणामस्वरूप, चिनियाँ अर्थतन्त्रको संरचनात्मक वनावटमा परिवर्तन आएको छ ।

सूचनाप्रविधि कुल गार्हस्थ उत्पादनको पारम्परिक मापनमा समावेश छैनन् । तर, यसले चिनियाँ अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । चिनियाँ सरकारले यस क्षेत्रको ठूलो योगदान रहेको जनाए पनि विभिन्न अध्ययनले भने सरकारले झुटा विवरण दिने गरेको आरोप लगाउदै आएका छन् । बु्रकिंग्स इन्स्टिच्युसनले हालै गरेको अध्ययनले चिनियाँ अर्थतन्त्र सरकारी तथ्यांकले देखाएभन्दा १२ प्रतिशत सानो भएको औँल्याएको हो ।

खैर, चिनियाँ अर्थतन्त्रको आधार आकसिँदो छ । यो राम्रै पक्ष हो । विगतको दशकमा चिनियाँ अर्थतन्त्रमा आएको परिवर्तन व्यापक, अभूतपूर्व र महत्वपूर्ण छन् ।

जाङ जुन संघाईस्थित बौद्धिक संस्था चाइना सेन्टर फर इकोनोमिक स्टडिजका निर्देशक जाङ जुन फुदान युनिभर्सिटीको स्कुल अफ इकोनोमिक्सका डिन पनि हुन् ।

प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा नयाँ पत्रिकाद्धारा अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार