वरिष्ठ पत्रकार एवं विश्लेषक निमकान्त पाण्डेले शान्ति प्रक्रियामा सम्झौता गर्दा माओवादीका लडाकुमाथि धोका हुँदा अहिले विप्लव नेकपा जन्मेको बताएका छन् ।

पत्रकार पाण्डेले शान्ति सम्झौता गर्दा प्रचण्ड र बाबुरामलगायत केही मान्छेको बन्दोवस्त गरिएको र बाँकी धेरैको भविष्यमाथि खेलबाड हुँदा विप्लवहरु जन्मेको बताए ।

जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा पाण्डेले विप्लव नेकपाले नेपाली जनताका वास्तविक मागहरु उठाइरहेको भन्दै ती मागहरु सरकारले पूरा गर्नुपर्ने बताए ।

केही थान नेताहरुको व्यवस्थापन गर्दैमा शान्ति प्रक्रिया टुंगिएको मान्न नसकिने भन्दैं पाण्डेले जनयुद्धमा उठेको समाज परिवर्तनको मुद्धा अलपत्र परेका कारण विप्लव नेकपा खडा भएको पत्रकार एवं विश्लेषक पाण्डेको दाबी छ ।

ओली सरकारले विप्लव नेकपालाई प्रतिवन्ध गरेपछि पुन विप्लव नेकपाले ओलीलाई प्रतिजबाफमा गरेको प्रतिवन्धले मुलुक द्धन्द्धमा फस्ने भन्दै सरकारले जिम्मेबार भएर वार्ताको पहल गर्नु पर्ने वरिष्ठ पत्रकार पाण्डेको भनाई छ ।

विप्लव नेकपाले भ्रष्टचारीहरुलाई कार्वाही गरेर सही गरेको भन्दै पाण्डे त्यो अभियान त सरकारले संचालन गर्नु पर्ने बताए ।

ओली सरकारको दोस्रो कार्यकाल पूर्ण रुपले असफल भएको भन्दैं यहीकारण देशमा जनताले विकल्प खोज्न थालेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार