दश वर्षे जनयुद्धको बलमा ०६२–६३ को जनआन्दोलन भयो । सो आन्दोलनको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो ।

गणतन्त्र प्राप्तिको उपलव्धिमा दश वर्षे जनयुद्ध र त्यसमा पनि दशौं हजार जनमुक्ति सेनाको भूमिकाको ठूलो महत्व रहेको छ । तर कालान्तरमा आएर जसले यति ठूलो परिवर्तनका लागि लड्यो, त्यही सेनालाई लज्जास्पद ढंगले विघटन गराइयो र उनका हतियारलाई बुझाउन बाध्य पारियो ।

०५२ सालदेखि ०६२–६३ सम्म चलेको जनयुद्धका क्रममा तत्कालीन जनमुक्ति सेनाले तत्कालीन शाही नेपाली सेनाको कयौं ब्यारेकहरुलाई ध्वस्त बनाए । जनयुद्ध आफ्नो लडाइँको उत्कर्षमा पुग्दै गर्दा तत्कालीन माओवादी नेतृत्वले सम्झौताको बाटोबाट जुन कदम लियो, त्यही विन्दुबाट जनसेनाको भविष्य पतनतिर जान थाल्यो ।

आश्चार्य र दुखलाग्दो कुरा त के छ भने दश वर्ष जनयुद्ध लडेको माओवादी जनमुक्ति सेनालाई आफ्नै मुख्य नेताहरुले नै विघटन गरे ।

शान्तिसम्झौताको नाममा प्रचण्ड र बाबुरामले क्यान्टोनमेन्टमा रहँदा ३३ हजार प्रमाणित जनसेनालाई दोस्रो प्रमाणिकरणको नाममा १९ हजारमा झारियो । त्यतिले पनि पुगेन । सेना समायोजन गर्ने नाममा जब पूरानो सेनामा नयाँ भर्तिकेन्द्रको जस्तै दश वर्षे जनयुद्ध लडेका जनसेनालाई सरकार र अनमिनले पूरानै भर्ति प्रक्रिया अगाडि बढाउन थाल्यो, त्यहीबाट जनसेनाका योद्धाहरुको दिमागमा १८० डिग्रीले उल्टो फन्को मार्न थाल्यो ।

यही क्रममा दशवर्ष जनयुद्ध लडेका जनसेनाहरुको पुनः उचाइँ नाप्न थालियो, शैक्षिक योग्यता खोज्न थालियो । त्यहीबाट जनसेनाहरुको मन भकाभक कुँडिन थाल्यो । र उनीहरुले आफ्नै पार्टी र कमाण्डरहरुका विरुद्ध विद्रोह गर्न बाध्य भए ।

त्यसैको परिणाम हुनुपर्छ हजारौं जनसेनाले आफ्नै पार्टी, कमाण्डर, सरकार र अनमिनको आदेशलाई अस्वीकार गरे र उनीहरुले सेना समायोजनका नाममा पुनः भर्ति हुने नीतिका विरुद्ध विद्रोह गरे । त्यसको ज्वलन्त उदाहरण थियो १९ हजार जनसेनामध्ये अन्तिम समायोजनमा जाने बेला जम्मा १४ सय जनसेना मात्र सामेल भए ।

यी माथिका तमाम दृश्यहरुले के देखाउछ भने शान्तिसम्झौताका नाममा प्रचण्ड र बाबुरामले जुन बाटो अबलम्बन गरेर दश वर्षे जनयुद्धको अन्त्य गरे । जनसेनाहरुलाई विघटन गरे । हतियारहरु बुझाउन लगाए । देश र समाज परिवर्तनको अभिभारालाई बीचैमा छाडेर अलपत्र पारे । त्यसैले उनीहरुको विकल्पको रुपमा नेत्र विक्रम चन्द विप्लव खडा भएका छुन् ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले अहिले जुन मुद्धाहरु उठाएर नयाँ क्रान्तिको उदघोष गरिरहेको छ्, जुन दश वर्षे जनयुद्धका सपनाहरुलाई पूरा गर्ने रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार