भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले थप १० लाख सर्वसाधारणलाई जनसेनामा भर्ती गराउने बताउनुभएको छ ।

विपक्षी नेता हुवा गुवाईडोले सरकारी सेनालाई राष्ट्रपति मडुरोमाथिको समर्थन फिर्ता लिन आग्रह गरिरहेका समय यो बर्षको अन्त्यसम्म थप १० लाखलाई जनसेनामा भर्ती गराउन चाहेको बताउनुभएको हो ।

गत जनवरीमा आफुलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुवाईडोले अघिल्लो निर्वाचनमा मडुरोले धाँधली गरेको आरोप लगाउँदै आउनुभएको छ ।

राष्ट्रपति मडुरो सैन्य शक्ति बढाउँदै आफ्नो सत्ता माथिको नियन्त्रण बलियो बनाउने रणनितिमा लागेको बीबीसीले उल्लेख गरेको छ ।

जनसेनालाई शान्ति, सार्वभौमसत्ता, सिमा, तथा मुलुकको समग्र सुरक्षाका लागी प्रयोग गरिने मडुरोले बताउनुभयो ।

त्यसैगरी जनसेनाका हाल रहेका २० लाख सदस्यलाई कृषिमा परिचालन गर्दै मुलुकको आर्थिक संकट समाधान गर्ने मडुरोको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार