भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट शंकास्पद कालो बक्स निकालिएको छ ।

यसलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेस आईले जाँचको माग गरेको छ ।काँग्रेसले कर्नाटकको चित्रदुर्गमा चुनावी सभाको दौरान हेलिकोप्टरबाट उक्त बक्स उतारेको बताएको छ ।

चित्रदुर्गको र्यालीको दौरान उक्त बक्स लगिएको काँग्रेस प्रवक्ता आनन्द शर्माले बताएका छन् ।

मोदीले चैत २९ गते (१२ अप्रिल) मा चित्रदुर्गमा सम्वोधन गरेका थिए । काँग्रेसले चुनाव आयोगले यसको जाँच गर्नुपर्ने माग गरेको छ ।

यसको उजुरी काँग्रेसले आयोगसमक्ष गरिसकेको छ । प्रधानमन्त्री मोदीको हेलिकोप्टरलाई अन्य तीन हेलिकोप्टरले एस्कर्ट गरेका थिए ।

हेलिकोप्टर ल्यान्डिङपछि एक कालो बक्स होलिकोप्टरबाट उतारेर निजी कारबाट लगिएको थियो ।

बक्समा मोटो रकम भएको हुन सक्ने आरोप काँग्रेसको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार