विप्लव नेकपामाथिको प्रतिवन्धको नेपालका साहित्यकारहरुले विरोध गरेका छन् ।

राजधानीमा हालै एक भेला गरेर उनीहरुले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले चालेको कदमको विरोध गरेका छन् ।

वरिष्ठ साहित्यकार राजन मुकारुङ, युग पाठकलगायत साहित्यकारहरुले अब पनि नागरिक समाज र लेखक साहित्यकारहरु चुप लागेर बसे देशमा झनै ओली सरकार निरंकुश बन्ने भन्दै सडकमा उत्रिनु पर्ने बताएका छन् ।

लेखक युग पाठकले यो संविधानका विरुद्ध आफुले विद्रोह गरेको भन्दै विप्लवलाईजस्तै आफुलाई पनि प्रतिवन्ध लगाउन चेतावनी दिए ।

वरिष्ठ साहित्यकार राजन मुकारुङले अब पनि सचेत लेखक र साहित्यकारहरु चुप लागिरहे देशमा झन् निरंकुशता थोपरिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार