आफ्नो पार्टीका शुभचिन्तकहरुको निमन्त्रणमा ०७२ सालको वैशाखतिर नेत्र विक्रम चन्द विप्लव खाडी मुलुक दुवै पुगे । खाडीमा नेपाली युवाहरुले ४० देखि ४५ डिग्रीको तापक्रममा गरेको कामले विप्लवलाई बेचैन बनायो ।

प्राकृतिक रुपले अनुपम सुन्दर देश नेपाल छोडेर दशौं हजार नेपाली युवाहरु बाध्यताले मरभूमि खाडीलाई स्वर्गजस्तै बनाउन ज्यान हत्केलामा राखेर गरेको काम देखेर उनी विक्षिप्तजस्तै बने ।

खाडी र मलेशियामा मात्र ४० देखि ५० लाख युवा रहेको तथ्यांक र आफ्नै आँखाले खाडीमा देखेको दृश्यसहित विप्लव नेपाल फर्के ।

नेपाल फर्केपछि उनले एउटा गीत लेखे, ‘कस्ले बनायो दाजै उडी जाने वस । हाम्रो देशै उडायो साखै उडायो ।’

यो गीत विदेशिएका युवा खासगरी खाडीमा रहेका युवालाई लक्षित गरेर विप्लवले गीत बनाए । उनीद्धारा लेखिएको गीतलाई माइला लामाले संगीत भरेका छन् भने निर्मला घिसिङले मीठो स्वर दिएकी छिन् ।

नेकपाका महासचिस समेत रहेका नेत्र विक्रम चन्द विप्लवद्धारा विदेशिएका युवाहरुमा समर्पित गरेर रचिएको गीतको पूरा गीत हेरौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार