मान्छे जन्मिदै फरक–फरक क्षमता र विशेषताका जन्मिन्छन् । यसभित्र लुकेको षड्यन्त्रालाई छोडिदिँदा वर्णका अवधारणाको मूल कुरा नै जन्मँदा नै मानिस फरक फरक जन्मन्छन् । त्यसकारण तिनीहरुको समुहबद्धता पनि फरक –फरक हुनुपर्छ भन्ने देखिन्छ । कोही बौद्धिक काम गर्ने भएर जन्मिन्छन् भने कोही कृषि कार्य गर्ने भएर जन्मिन्छ । त्यसकारण ती फरक फरक मानिसको एउटा समुह हुन्छ । त्यसलाई वर्ण भन्नेबाट शुरु हुन्छ ।

वर्णव्यवस्थाका अत्यन्तै सकारात्मक पक्षलाई प्रस्तुत गर्दा यस्तो देखिन्छ  ।

तर, त्यो वर्ण अब श्रम समुह बन्यो । बुद्धिको काम गर्ने, ज्ञानको काम गर्ने, ज्ञान आर्जन गर्ने र इश्वरसँग सम्पर्क गराउने काम एउटा समुहको भयो । तिनीहरु अब ब्राह्मण भए । क्षेत्री, ब्राह्मण शुद्र पनि बने । वर्णको अवधारणा यसरी आए पनि पछि विकसित हुदै जाँदा पेशागत समुहहरु उपवर्ण वा जातको आधारमा प्रकट भयो ।

जुन समुदायमा पेशा धेरै गराइएको छ, त्यहाँ जात धेरै हुन्छन् । ब्राह्मणमा जात कम हुन्छ किनकि उसको पेशा धेरै छैन । तर सबैभन्दा बढी जात वैश्य र शुद्रमा हुन्छ । श्रम क्षेत्र बढ्दै जाँदा उनीहरुका जात पनि धेरै देखापर्छन् । त्यसकारण श्रम समुह वा पेशागत समुह विभक्त हुनु पनि ठूलो कुरा होइन । संसारभरि जनसङ्ख्या बढेपछि पेशा बढ्छ । समुहहरु पनि बढ्छन् ।

जात व्यवस्थाको मुख्य कुरा के हो ? त्यो भनेको वंशाणुगतमा अनुल्लङ्घनीय अर्थात् उल्लङ्घंन गर्न नपाइने पेशा हो । बाजे–बज्यैले जे पेशा गरेका छन्, उसको नाती नातिनीले पनि त्यही पेशा गर्नुपर्ने र पुस्ता दरपुस्ता त्यसैमा अड्किराख्नुपर्ने भयो ।
तर जात व्यवस्थाको मुख्य कुरा के हो ? त्यो भनेको वंशाणुगतमा अनुल्लङ्घनीय अर्थात् उल्लङ्घंन गर्न नपाइने पेशा हो । बाजे–बज्यैले जे पेशा गरेका छन्, उसको नाती नातिनीले पनि त्यही पेशा गर्नुपर्ने र पुस्ता दरपुस्ता त्यसैमा अड्किराख्नुपर्ने भयो ।

अन्त कतै नभएको श्रम विभाजन यहाँ देखिन्छ । यसको सबैभन्दा घातक कुरा नै त्यसलाई उल्लङघन गर्न नसक्ने हुनु हो । अहिले त उल्लङ्घन गर्न चाहँदा त गाह्रो छ । त्यतिबेला झन धेरै नै गाह्रो थियो ।

जसको कारण गर्दा श्रम समुह वर्ग बन्नको लागि अनिवार्य पृष्ठभूमि बनिदियो । श्रम समुह वा पेशाहरु फेरबदल गर्न पाउने भए त्यसले वर्ग निर्माणतिर लाँदैनथ्यो । जस्तै सफाइ गर्नेका छोराले अर्काे पुस्तामा जाँदा पढेर शिक्षक बन्न थाल्दथ्यो । वर्ग निर्माणको प्रक्रिया अर्कै हुन्थ्यो ।  जस्तै युरोपतिर भयो ।

तर, यहाँ पेशा उल्लङ्घन गर्न नपाउने, वंशाणुगत रुपमा त्यही गर्नुपर्ने भएकोले सम्पत्ति कमाउने पेशा नभएका श्रम समुहहरु स्वतः तल्लो वर्गमा पर्न थाले । त्यसरी वर्ण व्यवस्था र जात व्यवस्था दक्षिण एसियामा वर्ग निर्माणको मुख्य मेरुदण्ड बनेर आयो ।

जमिनमा काम गर्ने मानिसले जमिन पाउने वा शासनमा जो छ उसले जमिन पाउने ? शुद्र भित्र जति पनि पेशागत समुह थिए, उनीहरुले नगदमा काम नगर्ने, बालीमा काम गर्ने भएपछि उसको वर्ग स्वतः नै तल पर्ने भयो । सामन्तवादअन्तर्गत उत्पादनको शक्ति वा साधन मुख्य जमिन हो । जमिन नै उसले राख्न नपाउने भएपछि ऊ तल्लो वर्गमा स्वतः भयो ।

जात व्यवस्था अनुल्लङ्घनीय श्रम विभाजनबाट सुरु हुँदा त्यसले जातीय अहम बनाउँदै जान्छ । कुनै पनि समाज सभ्यतामा सधै जान सक्दैन । दलितहरुको मुक्तिको मात्र कुरा होइन । जात व्यवस्था रहेसम्म समग्र समाज नै अगाडि जान सक्दैन ।

समग्र राजनीतिक आन्दोलन र सामाजिक परिवर्तनका सबै अभियानहरु जात व्यवस्थाविरोधी हुनुपर्छ । हाम्रो छुटेको कडी त्यहाँनिर छ ।

अहिले संघीय लोकतान्त्रिक व्यवस्था भनेजस्तै त्यतिबेला जात व्यवस्था भनेको समग्र राजनीतिक, आर्थिक र साँस्कृतिक व्यवस्था हो ।

मैले यसका पाँचवटा जरा देख्छु । पहिलो, समाजको जात व्यवस्था भनेको अर्थतन्त्र हो, अर्थ व्यवस्था होइन । अहिले आएर अलिअलि भत्किन थालेको छ । नत्र यो अर्थतन्त्र नै हो । जात व्यवस्था भनेको अर्थतन्त्रबाट बिल्कुल पृथक चिज होइन ।

कसले कति जमिन राख्न पाउने ? कुरा प्रस्ट छ । कसले बिर्ता पाउने ? कसले बिर्ता नपाउने ? नेपाली समाजमा आउँदा त्यो पनि प्रस्ट थियो । पशुपतिभक्त महर्जनबाहेक कुन ज्यापुले बिर्ता पाए ? भनेपछि कुन दलितले बिर्ता पाए ? सम्पत्ति राख्न पाउने उसलाई अधिकार नै थिएन । यो अर्थतन्त्र नै हो । किनकि जात व्यवस्था भइसकेपछि कुन जातका मान्छे माथिल्लो वर्गमा जाने भन्ने कुरा प्रस्ट नै हुन्छ । ०२१ सालको भूमिसुधार लागू नभएको भए ज्यापुहरु  कसैको पनि नयाँ घर बन्दैनथ्यो ।

०२१ सालको भूमिसुधारको कारण चौखण्डी जमिन पाउने भएकोले श्रेष्ठको आधा जमिन लिदै, आधा जमीन बेच्दै घर बनाएकोले ज्यापुहरुको पक्की घर बन्न सम्भव भएको हो । नत्र त्यो सम्भव हुने थिएन । किनकि तल्सिङ जग्गा धनी बन्ने अधिकार प्रधान, श्रेष्ठहरुलाई मात्र थियो । उनीहरु क्षेत्री अर्थात माथिल्लो जात अन्र्तगत मानिन्थे । त्यसैले त्यो अर्थतन्त्र नै हो ।

अर्काे जात व्यवस्था भनेको सिधा राजनीति नै हो । जन्मिनेबित्तिकै कसलाई बाजे भन्ने, कसलाई बराजु भन्ने कुरा प्रस्ट हुन्छ । त्यतिबेलाको राजनीतिक हैसियत नै त्यही हो । एउटा ब्राह्मण वा क्षेत्री  मुखिया भयो भने मुखिया साहेब हुन्छ । एउटा दलित चाहिँ मुखिया भने मिजार हुन्छ । राजनीतिक पद नै प्रस्ट छ । मासिन्या मतवाली र दलितका निम्ति त मिजार बाहेक छैन मुखियाको पद । अतः यो सिधै राजनीति हो, राजनीतिक संरचना नै हो ।

जात व्यवस्था भनेको सिधा राजनीति नै हो । जन्मिनेबित्तिकै कसलाई बाजे भन्ने, कसलाई बराजु भन्ने कुरा प्रस्ट हुन्छ । त्यतिबेलाको राजनीतिक हैसियत नै त्यही हो । एउटा ब्राह्मण वा क्षेत्री मुखिया भयो भने मुखिया साहेब हुन्छ । एउटा दलित चाहिँ मुखिया भने मिजार हुन्छ ।
२००७ देखि अहिलेसम्म मरिचमानसिंह श्रेष्ठ त्यसपछि देउवा र तुल्सी गिरी बाहेक को चाहिँ भए प्रधानमन्त्रीे  ? चाहे कम्युनिष्ट आओस् चाहे लोकतान्त्रिक आओस् ।  उनीहरु त्याग गरेर आएका हुन् । विश्वेश्वर कोइरालालाई के गाली गर्ने ? उहाँको वैचारिक सिद्धान्तमा आलोचना होला, त्यो अर्काै कुरा हो । तर, राजनीतिक व्यक्तित्वको कोणबाट त उहाँ र्याडिकल्ली पुँजीवाद ल्याउँछु भनेर लडेकै हो । जात  व्यवस्था विरुद्ध पनि लडेकै हो । प्रचण्ड पनि युद्धमा हुन्जेलसम्म त लडेकै हो । त्यतिखेर नियत खराब थियो भनेको होइन । नियत राम्रो भएर लड्दा लड्दै पनि अन्ततः प्रधानमन्त्री को भए त?  तिनिहरु नै हुँदो रहेछ त । यो राजनीति होइन भने के हो त जात व्यवस्था ? एकदमै राजनीति हो ।

ज्ञानेन्द्रकहाँ माधवकुमार नेपालले पनि निवेदन हालेको हो । तर छनौट देउवा नै भए । २००७ साल भन्दा अगाडि क्षेत्रीहरुले मात्र प्रधानमन्त्री चलाए र २००७ सालपछि सबै ब्राह्मणहरुले चलाए । २०१७ साल पछि फेरि क्षेत्रीहरु मात्र आए । नगेन्द्र प्रसाद रिजाल बाहेक । तुल्सी गिरी जात न भातको हो भन्ने गरिन्थ्यो । त्यो फरक चरित्र हो ।

पञ्चायत व्यवस्थाले नगेन्द्र प्रसाद रिजाल बाहेक कहिले पनि बाहुनलाई प्रधानमन्त्रीमा ल्याएन । जब क्षेत्री राजाको पालो आउँछ क्षेत्री क्षेत्री प्रधानमन्त्री ल्याउँछ । जब पार्टीहरुको पालो आउँछ, लोकतन्त्र आउँछ, बाहुन बाहुन मात्र प्रधानमन्त्री ल्याउँछ । यो जात व्यवस्था राजनीति होइन भने के हो ?यसबाट पैदा हुने चिज राजनति हो ।

तेस्रो कुरा जात व्यवस्था यो सामाजिक संगठन हो । कुन जात कसरी संगठित हुने र कसको विरुद्ध कसरी प्रस्तुत हुने भन्ने कुरा सबैलाई हिसाब किताब प्रस्ट छ । त्यसकारण यो सामाजिक संगठन पनि हो ।

यो संस्कृतिको मेरुदण्ड हो । सबैभन्दा बढी मैले जोड दिन कुरा यहाँ छ  । संस्कृति सबैभन्दा गहिराईमा केबाट अभिव्यक्त हुन्छ त ? मैले जानेसम्म संस्कृति सत्वबाट अभिव्यक्त हुन्छ । मानिसको दिमागभित्र सामान्यतः चारवटा कुरा हुँदा रहेछन् । मानिसको सबैभन्दा माथिल्लो दिमागी तह वा मनको तहमा भावना  हुँदो रहेछ । त्यो भावना नदी बगिरहँदा माथि माथि उड्ने हावा जस्तो, एकदमै चञ्चल हुँदो रहेछ, मानिसको मनको तह ।

ब्राह्मण जात छाडेर, बुद्धिस्ट भएर, माक्र्सवादी भएर विश्व मानब बन्दै हिँडेका मान्छे राहुल सांकृत्यायन, गोरुको मासु भनेपछि उहाँले बान्ता गर्नुभयो । उहाँले लेख्नु भएको छ ‘उस बक्त मेरे अन्दर का ब्राह्मण जाग उठा ।’ उहाँलाई पनि थाहा थिएन ब्राह्मण कहाँ लुकेर बसेको छ । त्यो सत्वको रुपमा थियो ।

दोस्रो, त्योभन्दा भित्र अलि कसेर बसेको धारणाहरु हुँदा रहेछन् ।  त्यो त्यति चञ्चल हँुदैनन् । अलिअलि प्रतिरोध गर्छन् तिनीहरुले । त्योभन्दा भित्र गहिराईमा विचार बनेको हुँदो रहेछ । त्यो विचारसम्मको कुरा चाहिँ मानिसलाई थाहा हुँदो रहेछ, म यति नै हुँ भन्ने । त्यो विचार भन्दा गहिराईमा बसेको हुन्छ सत्व । त्यो मान्छे आफैंलाई नै थाहा हुदैन म के हुँ भन्न्ने ।

यसबारेमा राहुल साँकृत्यायनले भन्नुभएको छः तिब्बतमा गएपछि उहाँलाई मासु टन्न खुवाए । उहाँलाई असाध्यै खुसी लाग्यो, मीठो भयो । त्यत्रो पण्डितलाई तिब्बतीहरुले मासु खुवाए भनेर । उहाँले सोध्नुभयो यो के को मासु हो, असाध्यै मीठो थियो भनेर । गोरुको मासु थियो भने तिब्बतीहरुले । त्यसपछि उहाँले पाँच मिनेट पनि खप्न सक्नुभएन । बान्ता गर्नुभयो ।

ब्राह्मण जात छाडेर, बुद्धिस्ट भएर,  माक्र्सवादी भएर विश्व मानब बन्दै हिँडेका मान्छे राहुल सांकृत्यायन, गोरुको मासु भनेपछि उहाँले बान्ता गर्नुभयो । उहाँले लेख्नु भएको छ ‘उस बक्त मेरे अन्दर का ब्राह्मण जाग उठा ।’ उहाँलाई पनि थाहा थिएन ब्राह्मण कहाँ लुकेर बसेको छ । त्यो सत्वको रुपमा थियो ।

त्यो सत्वको निर्माण आमाको काखबाट हुन्छ । परिवारदेखि नै निर्माण हुने संस्कृतिको त्यो भित्री तह जुन छ, त्यहाँबाट निर्माण हुन्छ जात व्यवस्था । जसरी महिलाहरुको बारेमा अवधारणा निर्माण हुन्छ, प्रेम गर्दा, प्रेम पत्र लेख्दा एकदम समान लाग्छन महिलाहरु । आधुनिक गीत सुन्दा महिलाहरु अहिले होइन सात साल भन्दा पहिले नै मुक्त भए जस्तो  लाग्छ । तिमी विना म बाँच्न सक्दिनँ, तारा टिपेर ल्याएउँछु  सबै भन्छ पुरुषले । केही पनि छोड्दैन उसले तर केही पनि गर्नेवाला छैन । परिआएपछि त्यसले गालामा नै हान्ने हो ।

भनेपछि त्यो के हो ?

जसरी महिलाको निर्माण हुन्छ समाजमा,  सत्वको निर्माण हुन्छ पुरुषलाई नै थाहा हँुदैन, महिलालाई नै थाहा हुन्न कि म महिलाविरोधी भइसकें । त्यो ऐनमौकामा आउँछ । महिलालाई जब अध्यक्षको प्रस्ताव आउँछ त्यसबेला पुरुषलाई थाहा हुन्छ ओहो गडबड भयो भनेर । उपाध्यक्ष, कोषाध्यक्ष भएसम्म पुरुषलाई केही पनि हुँ दैन । एकदमै लोकतन्त्रवादी हुन्छ । जब महिलालाई अध्यक्षको प्रस्ताव आउँछ, अनि त्यहाँ जलन सुरु हुन्छ । त्यो जलन कहाँबाट पैदा हुन्छ ? त्यो  सत्वबाट पैदा हुन्छ । उसलाई पनि थाहा हुँदैन ।

एउटा मानिस भैतिकवादी भएर पाँच वर्ष, दश वर्ष भाषण गर्दै हिँड्छ र साँझ बाँसको झागमा जाँदा, झड्याङ्ग, झसङ्ग हुन्छ । त्यहाँ प्रकट भयो भौतिकवादीको सत्व । उसलाई पनि थाहा हँुदैन कहाँ लुकेको थियो त्यो ।

संस्कृतिको त्यो गहराईमा छ यो । त्यसकारण यसको विरुद्ध दुई ÷तीन किताब पढेर प्रवचन गरिन्छ, त्यो यति फितलो हुन्छ कि उसलाई घर पुग्ने बित्तिकै, आमा देख्नेबित्तिकै डर लागिहाल्छ । भाषण गरेर आएको छ जातव्यवस्थाका विरुद्ध, आमा, हजुरबा देख्नेबित्तिकै आफ्नो साथीलाई भन्छः हजुरबा त खत्तम छ, मान्दैन । अर्थात् त्यो सत्व प्रकट हुन्छ ।

जात व्यवस्था पनि त्यसरी नै निर्माण भएको छ । संस्कृतिको त्यो गहराईमा छ यो । त्यसकारण यसको विरुद्ध दुई ÷तीन किताब पढेर प्रवचन गरिन्छ, त्यो यति फितलो हुन्छ कि उसलाई घर पुग्ने बित्तिकै, आमा देख्नेबित्तिकै डर लागिहाल्छ । भाषण गरेर आएको छ जातव्यवस्थाका विरुद्ध, आमा, हजुरबा देख्नेबित्तिकै आफ्नो साथीलाई भन्छः हजुरबा त खत्तम छ, मान्दैन । अर्थात् त्यो सत्व प्रकट हुन्छ । त्यसलाई नाघ्न सक्दैन ।

जात व्यवस्था सामाजिक संहिता र धर्म पनि हो । म अम्बेडकरको जस्तो हिन्दू धर्मविरोधी होइन । मलाई हिन्दूधर्मको सन्दर्भमा अम्बेडकरको विश्लेषण त कैयौं प्रसंगहरुमा अतिवादी लाग्छ । यसको अर्थ हिन्दूधर्म ठीक छ भन्ने पनि हैन । म भौतकिवादीको नाताले धर्मको मलाई अर्थ छैन । तर धेरै हिन्दुहरुले भन्छन् जात व्यवस्था धर्मको कुरा होइन । छुवाछुत  धर्मको होइन । त्यसो होइन भने हिन्दु धर्मका विभिन्न शाखाहरु छन् । कृष्ण प्रणामी , बैष्णवी, शैव आदि । ती सबैले चार ÷पाँच वटा कुरा मान्छन् । होम गर्ने कुरा सबैले मान्छन् । सबैले गाईलाई आमा वा पवित्र मान्छन् । तेस्रो सबैको जात हुँदो रहेछ । हिन्दु भनेपछि जात नहुने भन्ने हँुदैन । अहिले अमेरिकनहरुले पनि हिन्दु धर्म मान्न लागेका छन् । तिनिहरुलाई कुन जातमा राखेका छन् थाहा छैन । तर हिन्दू भएपछि जात नहुने हुँदैन । सबै शाखामा रहेका हिन्दुहरुको जात हुन्छ भनेपछि त्यो धर्मकै अंश रहेछ ।

धर्म र आध्यात्मिकता फरक हो । आध्यात्मिकता भनेको प्रश्न गर्ने ठाउँसहितर्को े चिन्तन प्रणाली हो । धर्म भनेको नियम संग्रह हो, आदेश हो । यति गरेन भने सजाय हुन्छ भन्छन् । आत्याध्मिकताले सजायको कुरा गर्दैन । गलत र ठीक मात्र कुरा गर्छ । जात व्यवस्था र धर्म भनेको सामाजिक संहिता पनि हो ।

यति कुरा मिसाइ सकेपछि जात व्यवस्था भनेको जसको अर्थतन्त्र छ, राजनीति छ, सामाजिक संगठन छ, जसको सँस्कृतिको मेरुदण्ड नै यही हो र अर्को संहिता र धर्मसहितको व्यवस्था छ भने यो के हो ?

यो जात व्यवस्था भनेको समग्रमै  समाजको सिंगो प्रणाली हो  । यो कुनै एउटा अंशको कुरा होइन ।

अहिलेसम्म जात व्यवस्था छरपस्टै छ । कम हँुदैछ भन्ने कुरा आनन्द लिनको लागि मात्र हो । कम सबै कुरा भएको छ । पृथ्वस् पनि सकिँदै छ त जात व्यवस्था अलि अलि नसकिने कुरै भएन । त्यो अर्कै कुरा हो ।

अन्त्य कसरी गर्ने ?

अहिलेसम्म जात व्यवस्था उन्मूलन गर्नका लागि संसारमा आएका अवधारणा के के हुन् त ? योभन्दा अगाडि सबैभन्दा ठूलो स्वरले चिच्याएको र धेरै मेहेनत गरेका अम्बेडकर नै हुन् । तर एक दुई शब्दमा भन्ने हो भने उनको निष्कर्ष भनेको धर्म परिवर्तन हो ।

धर्म परिवर्तनबाट हुँदो रहेनछ भन्ने कुरा त ७० वर्षको भारतको इतिहासबाटै देखियो । उहाँको उदाहरणलाई हेर्दा पनि त्यो बाटो होइन । नेपाललाई हेर्दा त झन प्रस्ट भयो । नेपालमा त बुद्धिस्टहरु पनि जात व्यवस्थामा गए । तामाङ र बज्रयानी नेवारहरु पनि गए । उनीहरुले पनि जात व्यवस्था त मज्जाले माने । दक्षिण भारतको इशाइहरुको स्थिति हेर्याे भने उनीहरुलाई दलित इशाइ भन्न थाले ।

तर धर्म परिवर्तनबाट हुँदो रहेनछ भन्ने कुरा त ७० वर्षको भारतको इतिहासबाटै देखियो । उहाँको उदाहरणलाई हेर्दा पनि त्यो बाटो होइन । नेपाललाई हेर्दा त झन प्रस्ट भयो । नेपालमा त बुद्धिस्टहरु पनि जात व्यवस्थामा गए ।  तामाङ र बज्रयानी नेवारहरु पनि गए । उनीहरुले पनि जात व्यवस्था त मज्जाले माने । दक्षिण भारतको इशाइहरुको स्थिति हेर्याे भने उनीहरुलाई दलित इशाइ भन्न थाले । यो त कुनै बाटो भएन । यो मन परिवर्तनको आन्दोलन भयो । धर्म परिवर्तन भनेको त मान्छेका मन परिवर्तन गरेर जाने हो । मन परिवर्तन गरेर कहिले साध्य हुने ? यो बाटो ऐतिहासिक रुपमा ठीक देखिएन, पुष्टि भएन ।

अर्काे सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा, यो समाजको अर्थतन्त्र, राजनीति र सामाजिक संगठन, संस्कृति र सामाजिक स्ांहिता पनि हो भनेपछि त्यो सबै चिज परिवर्तन गर्ने आन्दोलनले मात्रै जात व्यवस्थाको अन्त्य सम्भव छ । त्यो भनेको समग्रतामा दार्शनिक रुपमा नै राजनीतिक, दार्शनिक, सांगठिनक र समग्रतामै आजको जुन राजनीतिक–सामाजिक संरचना छ, त्यसलाई बदल्ने राजनीतिक आन्दोलन अब जरुरी छ । अरु कुनै विकल्प छैन ।

त्यो भनेको के त ?

दक्षिण एशियामा पुँजीवाद आयो, नेपालमा अहिले भरखरै निस्कियो तर पुँजीवादी क्रान्ति भने आएन ।  हाम्रो दुर्भाग्य ! भारतमा पुँजीवाद आयो तर पुँजीवादी क्रान्ति भएन । पुँजीवादी क्रान्ति नभइकन पुँजीवाद आएकोले हिजोका सामन्तहरु नै पुँजीपति वर्गका मुख्य हिस्सा बन्न आइपुगे ।

पुँजीवादी क्रान्ति गरेर पुँजीवाद आएको भए सामन्त वर्गको संस्कृतिसँग पनि त्यो लड्थ्यो । त्यो जात व्यवस्थासँग पनि लड्थ्यो र त्यो बिल्कुल प्रगतिशील पुँजीपति वर्ग हुन्थ्यो । तर पुँजीवादी क्रान्ति नभइकन दक्षिण एशियामा र नेपालमा पुँजीवादी व्यवस्था आएकोले पुँजीवादी व्यवस्थाको नेता र शासक पनि त्यही सामन्तवादको र्याल, सिँगान बोकेर आएको पुँजीपति भयो ।

आज अन्तराष्ट्रिय स्तरमा व्यापार गर्ने एनआरएनको मानिस आउँछ । उसले पनि सबैभन्दा पहिले जात नै सोध्छ । यो जात कहाँबाट आयो  ? ऊ कुनै पुँजीवादी क्रान्ति गरेर सामन्तवादका विरुद्ध लडेर पुँजीपति भएकै होइन । ऊ त आफूले पाएका बिर्ता बेचेर नेपाल ग्यास खोल्न आएको हो  । पुँजीवादी क्रान्ति गरेर र लडेर आएको पुँजीपति वर्ग नभएको हुनाले त्यसले सामन्तवादबाट रहेको जात व्यवस्था र शोषणकारी चरित्रलाई पनि पुँजीवादमा समेत जस्ताको तस्तै लागु गर्न खोज्दो रहेछ । त्यसलाई शासनको हतियार बनाउँदो रहेछ ।

जातको नारा चुनावमा खपिनसक्नुछ । खरब खरब भ्रष्टाचार गर्नेहरु पुँजीपति आइसक्यो । तर, चुनावामा नारा दिन्छन् आफ्नो जातको । भनेपछि जातव्यवस्था विरुद्ध पुँजीवाद जाने त कुनै छाँट नै छैन, भएन । त्यसलाई नयाँ नयाँ कलेबरबाट जोगाइराख्ने काम मात्र भएको छ ।

भारतमा झन प्रष्ट देखियो । जातको नारा चुनावमा खपिनसक्नुछ । खरब खरब भ्रष्टाचार गर्नेहरु पुँजीपति आइसक्यो । तर, चुनावामा नारा दिन्छन् आफ्नो जातको । भनेपछि जातव्यवस्था विरुद्ध पुँजीवाद जाने त कुनै छाँट नै छैन, भएन । त्यसलाई नयाँ नयाँ कलेबरबाट जोगाइराख्ने काम मात्र भएको छ । हिजोको सामन्ती नै अबको पुँजीपति बन्न आएको हुनाले हिजोको सामन्तले हिजोको आफ्ना  कमारोलाई अबको श्रमिक बनाउँछु भन्ने सोच्छ । यो स्वतः आउने भयो ।

महिलाको सन्दर्भमा पनि नेपालको वा पुँजीपति किन खतम छ त भन्ने हो भने यो पुँजीवादी क्रान्ति गरेर आएको नै होइन । समानता, भ्रातृत्व र प्रगतिशील पुँजीवादको नारा दिएर आएकै होइन यिनीहरु  । त्यसले महिलालाई हिजो जसरी दासी बनाउने भन्ने सोच्थे आज त्यसरी नै दासी बनाउने सोच्दो रहेछ ।

त्यसकारण मेरो निष्कर्ष के हो भने जात व्यवस्थाको लागि सामन्तवाद त क्रुर थिँदैथियो,  पुँजीवाद पनि त्यसलाई रक्षा गर्नेतर्फ दक्षिण एशियामा गयो । त्यसकारण पुँजीवादको विकल्पबिना जात व्यवबस्थाको उन्मुलन गर्ने कुरा अब म सम्भव देख्दिनँ । सुधारका कामहरु गर्दै जानु जरुरी छ, तर त्यसले मूल काम हुन सम्भव छैन ।

मार्टिन चौतारीले वैशाख २६ गते आयोजना गरेको ‘जात व्यवस्थाको अन्त्यविना दलितको मुक्ति सम्भव छ ?’ विषयक कार्यक्रममा चिन्तक तथा विश्लेषक आहुतिले व्यक्त गर्नुभएको विचारको टेपउतार । प्रस्तुतिः सुनिता न्यौपाने

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार