मेरो अन्तरमन भित्र भित्रै सधैं झझल्को आइरहने एक छापामार योद्धा हुन कमरेड प्रदुन(अनिल अधिकारी)।म उहाँलाई अझै पनि भौतिकरूपमा भेटिन्छ कि भन्ने कहिलेकाहीँ फगत कल्पना पनि हुनेगर्छ,साच्चै भौतिक रूपमै हुनुहुन्छ कि जस्तो भान पनि हुन्छ । काहुले डाडा तिर भेटेर,दरिलो हात मिलाउदै मुट्ठी उठाएर लालसलाम गरिन्छ कि जस्तो लाग्छ ।

आजकाल जनप्रतिनिधि नामको लुटेर,रैतिहरुको रजाइँमा भाटे कार्बहीको नेतृत्व गर्न क.प्रदुन उपस्थिति हुन्छ कि झैँ लाग्छ । गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउने आधुनिक सामन्ती,सुदखोर,दलालहरुको राज्यको तख्त पाल्टउन र खबरदारी गर्न कमरेड प्रदुन हरुको हुँकार खोजिरहेको आभास हुन्छ । मन भित्र भित्रै कमरेड प्रदुन संग को सहकार्यको अमिट छापले अझैसम्म भावनत्मक रूपमा गाढा भएर छछल्किएर मस्त पोखौ पोखौ लाग्छ । जति नै कल्पना गरे पनि कमरेड प्रदुन लाई भौतिक दुनियाँमा कहिँ कतै भेटिने छैन यो नै शाश्वत सत्य हो । तर उहाँको बिचार र आस्था संग सधैं साक्षत्कर भैरहने छ,उहाँको बाटोमा हामी सधैं रहिरहने छ,उहाँको अधुरो सपना पूरा गर्ने अठोट छ ।

सायद ०५७ सालको पौष, माघ महिना तिर हुनुपर्छ धादिङ र नुवाकोटका सिमानामा पर्ने साल्मे लेकको जङ्गलम आधारभुत फौजी तालिमको क्रममा कमरेड प्रदुन सङ्ग पहिलो पटक भेट भएको थियो । म भर्खर-भर्खरै पुर्णकालिन भएका थिए,नियमित छापामार हरु संगको मेरो पहिलो सहकार्य र सैन्य तालिम भएकोले म ज्यादा उत्सुक थिए । तालिमको तीन ग्रुप मध्ये २ नम्बर ग्रुपमा अलि पत्तलो शरीर तर हट्टकट्ट अग्लो कदको एक सिनियर ट्यालेन्ट एक छापामार थिए,उनको नाम क.प्रदुन रहेछ । केही दिनको तालीममा हाम्रो सम्बन्ध धेरै बर्ष पुरानो साथी जस्तै भैसकेको थिए,सायद हामी संघर्षको मोर्चामा डटिरहेका जनछपामारहरुको विशेषता पनि हो, माक्र्सवादी अनुयायी,कमरेडली अनुशासन र जिम्मेवारीले पनि होल । मलाई हरक्षण उहाँले एकै रफ्तारमा तान्ने कोशिश गर्नु भयो,उहाँकै सपोर्टले मात्रै मैले बाटो पहिल्यै रहेको थियो । सैन्य तालिम आफैंमा जटिल र निर्मम हुन्छ,पहिलो पटक तालिम गर्नेको त झन हालत भनिसाध्य नै हुँदैन तर म नयाँ तालिमे छापामार भएर पनि क.प्रदुन को भरपुर सहयोग र आत्मीयतले मैले भौतिकरूपमा जत्ती नै कसरत गर्नु परे पनि मानसिक रूपमा कुनै कठिनाईको महशुस गर्नु परेन ।तालिम पछि हाम्रो कार्यक्षेत्र एउटै भयो । धादिङ, नुवाकोट र रसुवाको केही भूगोल मिलाएर बनाएको धादिङ जिल्ला पार्टीको २ नम्बर इलाका अन्तर्गत हामी थियौ । जनसेनाको मुख्य, सहायक र आधारभुत गरि तीन सैन्य शक्तिको संरचना थिए । प्लाटुन मुख्य, स्क्वायट सहायक र जनमिलिसिय आधारभुत थियो । पुर्णकालिनहरुको तालिम पछि २ नम्बर इलाकामा एक स्क्वायड र एक मिलिशियको टिमबाट दुई दुई टिम बनाएका थिए । स्क्वयट कमण्डर सहिद दिपक बानियाँ (संगम) र रन्जिता, मिलिशिय कमण्डर बिज्ञान र प्रदुन थिए । म सहिद कमरेड प्रदुनको टिममा परे।मेरो पहिलो पटक टिममा प्रवेश र पहिलो कमण्डर नै कमरेड प्रदुन थिए ।हाम्रो कार्यक्षेत्र धादिङ र नुवाकोटका सिमाना वरिपरि थियो । प्रहरी शक्ति पराजितको अन्तिम अवस्थमा थिए ।

जीतेन्द्र तामाङ

हाम्रो कार्यक्षेत्रमा हामी खास खास इलाका बाहेक दिउँसो नै बढी मात्रामा गतिविधि गर्दथ्यो । हिजो भर्खरै जस्तो लाग्छ ०५७ साल अन्तिम र ०५८ सालको सुरु तिर कमरेड प्रदुनको कमण्डमा हामी ६-७ जना थियौं । सहायक कमाण्डर सिम्लेको सुमित्रा गुरुङ (तारा) हुनु हुन्थ्यो । कमरेड ताराको रसुवा ठुलो गाउँ सामुहिक हत्याकण्डमा शहादत भयो । हाम्रो इलाकामा रहेको सामारी चौकी कब्जा,खाल्टे काहुले डाडा एम्बुस र दार्खा चौकी कब्ज पछि गाउँहरु राज्यको उपस्थिति बिहिन बन्यो । तर बेला बेला हुने गरेको सशस्त्र प्रहरी अप्रेसन बारेमा सचेत हुनै पर्थ्यो । हाम्रो टिम स्पिट,सहकार्य,भावनात्मक एकता,ब्यक्तिगत तथा सामुहिक विभिन्न कठिनाइ सहज रूपमा सामना गरिन्थ्यो । हाम्रो सामुन्नेमा आइपर्ने चुनौतीको सामना गर्नु नै एकमात्र विकल्प थिए । हाम्रो टिमको काम पार्टी र सेनाको सहायक रूपमा सहयोग गर्नु थियो । कतिपय गाउँहरुमा हामी २/३ जना छ्पामारहरु पुग्दा पनि मानिसहरु अचम्मित हुन्थे किना कि पहिलोपटक माओवादी देखिएका हुन्थे,कति त डराउथ्यो पनि,ज्याद मानिसहरु उत्सुक भएको महसुस हुन्थ्यो । स्थानीय रूपमा सामाजिक गलत कार्यगर्नेहरु,अरुमाथी शोषण थोपर्नेहरु हामी संग थर थर काम्ने गर्थ्यो,कतिपय हामी संग स्वत आत्मसमर्पण गर्नेहरु पनि हुन्थ्ये । संगठन निर्माण, छापामार सभा, छापामार कार्बाही, बिसङगती, बिकृती नियन्त्रण लगायत हाम्रो कार्य थिए । हाम्रो टिम आवश्यकतामा केन्द्रित र बिकेन्द्रीत भैइन्थ्यो । एकदिन हाम्रो टिम काहुलेबाट तारुकामा सहिद हुने कमरेड सागरको गाउँ चिसापानी हुँदै धादिङबेसि तर्फ मसाल जुलुसको लागि जादै गर्दा दंगा प्रहरी र हाम्रो जंकाभेट भयो तर प्रहरी र हाम्रो अलग अलग बाटो हुँदा करिब १०० मिटरको दुरिमा हेरा हेर मात्रै भयो । हामी सङ्ग केही गृनेट,भरुवा बन्दुक र खुकुरी मात्रै थियो । २५-३० जना पुलिसहरु थिए, उनीहरु सबै सशस्त्र थिए तर उनिहरुले हामी माथी आक्रमण गर्ने आँट भने गरेनन् । मेरो पुलिस सङ्ग पहिलो जंकाभेट थियो,कमण्डर कमरेड प्रदुनले नअत्तिनु भन्दै हुनुहुन्थ्यो । पुलिस सङग जम्काभेट भए पछि हामीले त्यो दिन मसाल जुलुस गरेनौं,भोलिपल्ट मात्रै ५ थान भरुवा बन्दुकको फयरिङबाट मसाल जुलुस गरियो । कमरेड प्रदुनको नेतृत्वमा र सहकार्यमा गरिएको छापामार क्रियाकलाप हरु यस्तै यस्तै कयौं छन र अझै दिमागमा ताजा भएर गुन्जिरहेको छ ।

जुवा, तास र जाँडरक्सी जस्ता बिकृती हाम्रो नियन्त्रण गर्ने संघर्षको कार्ययोजना पनि थियो ।एक दिन कमरेड प्रदुन र म तरुकाघाटमा पार्टीको झण्डा र ब्यानर राखेर आउदै गर्दा राती ९-१० बजे तिर तारुका जोरचौतारमा १०-१२ जना जति मानिसहरू जाँड खाएर हल्ला गर्दै तास खेल्दै गरेको रहेछन् । तारुका चंन्दनी चौकी नजिकै भएकोले मेरो हातमा ग्रीनेट र कमरेड प्रदुन सङ्ग बह्रबोरको गोलि लाग्ने पिस्तोल हातैमा थियो । ति तास खेलिरहेको मानिसहरुलाई कमरेड प्रदुनले कासन गर्नु भयो तपाईहरु कोही भग्ने र हल्ला नगर्नु हामी माओवादी छापामार हौ, हाम्रो घेराभित्र तपाईहरु हुनुहुन्छ ! एक्कासि एकजनाले कमरेड प्रदुन माथी खुर्पा प्रहार गर्यो तर हामीलाई लागेन र खुर्पा सङ्गै उसलाई नियन्त्रणमा लियौ । नियन्त्रणमा लिएको ब्याक्ती प्रदुन सङ्ग परिचीत मान्छे रहेछ । हामी गुण्डहरु होला भनेर प्रतिकार गरेको बताए,उनले गल्ती स्वीकार गरी माफी मागे । तास च्यात्न लगाईयो, केही नगद पनि हामीले कब्जा गरेर पार्टीमा बुझायौं । कमरेड प्रदुन सङ्गको सहकार्यको अविस्मरणिय क्षणहरु कयौं छ्न । कतिपय स्थानहरुमा दिनभरी सुतेर रातभरि छापामार काम कार्वाही गरेको, तारुकामा मसाल जूलूस गरेर ढुसिनिको गणेश गुरुङको घर तिर सेल्टर लिएको, धुवाँकोटको जनता सङ्गको सहकार्य, बेसहारा पीडित महिलालाई न्याय दिलाएको, जाँड, रक्सी, जुवातास नियन्त्रण देखि युद्ध मोर्चाको सहकार्यका थुप्रै घटनाहरु छ्न् ।नुवाकोटको तारुका र धादिङको खाल्टेको सिमाना टारीखेतमा उहाँको घर थियोे । हाम्रो कार्यक्षेत्र त्यतै भएकोले बेला बखत हाम्रो टिम पुगिरहन्थ्यो । उहाँको बुवा आमाले सबैलाई उत्तिकै माया गर्नु हुन्थ्यो । दाइ शंकर अधिकारी पेशाले अझै पनि शिक्षक भए पनि पार्टीको सहयोगी हुनुहुन्थ्यो ।

हाम्रो टिम एकदिन हामीले कुपको जंगल बिचमा पुगे,दिनभरी गित गाउँन र नाच्ने अभ्यास गर्यौ, प्रदुन र मेरो गित गाउन स्वार नमिल्दा नाच्नु पर्ने भयो तर कहिल्यै न नचिएका हामी दुईले कम्मरमा खुकुरी भिरेर आइपुग्यो छापामार को गितमा नाँचियो । रातपरेपछि टक्सरको स्कुलमा गाउँले सबैलाई बोलाएर छापामार कार्यक्रम गर्यो । सुरुमा कमरेड प्रदुनले हाम्रो पार्टीको लक्ष्य, उदेश्य सामन्ती प्रतिक्रियावादी सत्तालाई जरैदेखि फालेर नयाँ जनाबादी राज्यको स्थापना गर्ने, स्थानीय दलाल, भ्रष्टाचारी, बेइमानीहरु होशियार भनेर भाषण गर्नु भयो । त्यसपछि कमरेड तारा, मुना र प्रेमले गित गाउनु भयो प्रदुन र म नाचियौं । कार्यक्रम सकिए पछि नारा घन्काउदै सेमजोङ तिर लाग्यो ।

भर्खर-भर्खरै माओवादी पार्टी खुल्ला रूपमा पुगेको टक्सारमा केही दिन पछि फेरि हामी पुग्दा अस्ति आएको टोलीले राम्रो गित गाउने रहेछ र राम्रो नाँच्दो रहेछ भनेर हाम्रै अगाडि गाउँलेहरुले सुनाए । अध्यारोमा हामी दुइपनि राम्रै नाच्ने रहेछौं भन्दै हाँसो गर्दै निक्कै रमाइलो अनुभुत भयो । यस्तै कयौं अबिस्मरणिय सहकार्यको क्षणहरु अझै ताजा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार