अनन्तजीले भनेको पनि सुनेँ । नारायणकाजीलगायत अरूअरूले भनेको थुप्रै सुनेँ । केही विश्लेषण पनि सुनेँ–हेरेँ– आफ्नै सहपाठी नेताहरू त्यहाँ छन् । कसरी विद्रोह गर्न सक्छन् ? उनीहरू सबैलाई थाहा छ भन्ने कुरा भयो । यो प्रतिकूलता हो भन्ने पनि छ । यसलाई दुई कोणबाट राखौँ भन्ने लागेको छ ः पहिलो कुरा भावनात्मक कुरा हेरौँ । यो पक्ष कस्तो छ भने बडो संवेदनशील, भावपूर्ण र तरङ्गमय विषय छ । साँचो पनि हो । हिजो सँगै लडेका, अझ त लडाइँको डिजाइन गर्ने, योजना बनाउने नेताहरूसँग आज हाम्रो कुरा टकराएको छ । उनीहरू त्यहाँ छन्, हामी विद्रोहमा छौँ । क्रान्तिमा छौँ । यो हेर्दाखेरि कहिलेकहीँ मान्छेहरूको दिमागमा त पर्दो हो भन्ने लाग्छ, के भो त यो ? कसरी आइयो त यहाँ ?

अब होला के ? विभिन्न तरङ्गहरू जानु स्वाभाविक हो । पूर्वमाओवादी र सबैलाई त्यसो हुन्छ । हामीलाई पनि हुन्छ । अरूलाई पनि हुन्छ होला । जनतालाई पनि हुन्छ होला । पार्टीहरूलाई पनि हुन्छ होला । यसरी हेर्दा कस्तो अनभूति हुन्छ भने हाम्रो के थियो त हिजो ? त्यसलाई हेर्नुप¥यो नि ! तर्क गर्नुभयो अनन्तजीले– अब कसका विरुद्ध लड्ने ? कोसँग लड्ने ? भनेर । मलाई कस्तो लाग्छ भने जनतालाई एउटा भ्रमित पार्ने, मूर्ख बनाउने र ठग्ने पनि एउटा सीमा हुन्छ । भित्र मनले के भन्छ उनीहरूको ? अनन्तको मनले के भन्छ ? प्रचण्डजीको मनले के भन्छ ? यही व्यवस्थाका लागि जनयुद्ध गरेको हो भन्छ ? यही सरकारका लागि जनयुद्ध गरेको हो भन्छ ? यस्तै पार्टी चलाउने, यस्तै पैसा कमाएर खानका लागि जनयुद्ध गरेको हो भन्छ ? भित्री मनले के भन्छ, त्यो भन्नु प¥यो नि । एकछिन जनतालाई भ्रमित पार्नलाई भन्ने हो ? हामीले भन्यौँ– हामीले लडेको भनेको, युद्ध गरेको भनेको त जमिनको मालिक किसानलाई बनाउने भनेर लडेको हो नि ! हामी लडेको त नेपालको अर्थतन्त्रको मालिक मजदुरलाई बनाउने भनेर हो नि ! नेपालमा महिला र पुरुष बराबर हुने भनेर लडेको हो नि ! नेपालका दलित, जनजाति सबै बराबर सत्तामा हुनेछन् भनेर लडेको हो नि ! नेपालको सिङ्गै देश एउटा समाजवादमा लैजाने भनेर लडेको हो नि ! त्यसो गर्दा सामन्तवादको अन्त्य, दलाल पुँजीवादको अन्त्य, नोकरशाही व्यवस्थाको अन्त्य अनि यो सबै पुँजीको अन्त्य गरी एउटा नयाँ समाज बनाउने भनेर लडेका थियौँ नि । त्यो भयो त यहाँ ?

यहाँ त रातारात दलाल पुँजीपति वर्गले सत्ता कब्जा ग¥यो अनि जनता त अधिकारविहीन भएर छट्पटाएर मर्ने स्थिति आएको छ । अनि कसका विरुद्ध लड्ने भनेर भन्न मिल्छ ? हिजो कम्तीमा असमान सन्धिसम्झौताहरू पनि थोरै थिए हामीले जनयुद्ध लड्दा, अहिले त झन् थपिए नि । पाँचसातवटा असमान सन्धिसम्झौता झन् हामी शान्तिवार्तामा आएपछि नै थपिए नि ! त्यसमा त प्रचण्डजीहरूले पनि भाग लिनुभयो त ! माथिल्लो कर्णाली नगरौँ भनेर त त्यतिबेलै पार्टीमा बहस भएको हो नि, किन गरे ? पैसा खाएर गरे भन्ने कुरा बाहिर आएको हैन बजारमा ? देव गुरुङजीहरूले प्रतिवेदन पेस गरेको हैन पार्टीमा ? महराजीहरूले पैसा खाएर अपर कर्णाली पास गरेको भनेर पार्टीमा बहस भएको हैन ?

प्रचण्डजीहरूले आरोप लगाएको हैन अरुण ३ मा त्यही भयो भनेर ? अरुण ३ त एमालेले खान खोजेको प्रोजेक्ट हो । फेरि किन फर्काएर ल्याएको त्यो ? नेपालमा बिजुली निकाल्ने, सबै भारत लैजाने गरी यो किन दिएको यो ? यो त सङ्क्रमणकालको फाइदा उठाएर, नेताहरूको घाँटी अँठ्याएर लादेको असमान सन्धि हो नि । नागरिकताको कुरा आएको छ । नागरिकता पाउनुपर्छ । हामी विश्वव्यापी रूपबाट लड्ने मान्छेहरूको हकमा तर नेपालमा त फिजी बनाउने षड्यन्त्र छ नि । मान्छेहरूले भन्छन्– नेपालका नागरिकलाई भन्दा विदेशी नागरिकहरूलाई बढी बनाएर नेपाललाई कब्जा गर्ने खेल छ भन्ने कुरा त सबै बुद्धिजीवीहरूले, यो पार्टी त्यो पार्टी भन्ने कुरै छैन, यो ठाउँका त्यो ठाउँका, यो क्षेत्रका त्यो क्षेत्रका भन्ने कुरै छैन, सबै नेपाली नागरिक जो वास्तविक हुन्, उनीहरू सबै त्यही भन्छन् नि ? चाहे मधेसका हुन् चाहे पहाडका हुन् । चाहे काङ्ग्रेस हुन् चाहे कम्युनिस्ट हुन्, सबैले त्यही भनिरहेका छन् नि । यसका विरुद्ध लड्ने भनेको हो नि हामीले । त्यो लडाइँ नसिद्धिँदै अब लडाइँ सकियो भनेर घोषणा गर्न मिल्छ ? त्यो मिल्दैन–मिल्दैन । त्यो अनैतिक कुरा हुन्छ । जबसम्म उहाँहरू त्यहाँ बस्नुभएको छ तर फेरि सँगै लडेका साथीहरू हुन् भन्ने कुरा गर्दा यो प्रतिकूलता त हो तर फेरि हामी सोच्छौँ, यो अनुकूलता पनि हो त ।

के हाम्रा साथीहरू, ल एकछिन मानौँ गइहाले, प्रचण्डजीहरूले बाटो नबिराएको भए हामी, पासाङजी उपराष्ट्रपति हुनुन्छ अहिले, त्यतिबेला त हामी सँगै हिँडेको साथी हो नि । म कमिसार, उहाँ कमान्डर भएर लडाइँ लडिएको हो नि, हैन ? सँगसँगै पनि लडेको हो । सँगैका लँगौटिया साथीजस्तो पनि हो । पासाङ उपराष्ट्रपति हुँदैनथे, कमान्डर हुन्थे जनमुक्ति सेनाको । सायद मथ्र्यौं, बलिदान पनि गथ्र्यौं होला, सहिद पनि हुन्थ्यौँ होला । कम्तीमा दलालहरूको, दलाल पुँजीवादअन्तर्गत गएर बस्नुपर्ने स्थिति त आउँदैनथ्यो, यो पक्का हो । प्रचण्डजीहरूले यो बाटो नलिएको भए धेरै इमानदार साथीहरू कहाँसम्म भने प्रभाकरजीहरू, सुरेशसिंहजीहरू छन् नि त थुप्रैथुप्रै, अब नाम नलिऊँ, थुप्रै साथीहरू हामीसँगै लडाइँमा हिँडेको हो नि । हामी हिउँमा पुरिँदाखेरि पनि सँगै पुरिएका साथी हौँ । हामी कठ्याङ्ग्रिने नदीमा, साउनको भेलमा तर्दाखेरि सँगै तरेकै साथीहरू हौँ ।

\हामीले एउटै खाल्डोमा दर्जनौँ कमरेडहरूलाई पुरेर आँसु पुछ्दै हामी सँगै हिँडेका हौँ । रगत पनि हामीले सँगै पुछेका हौँ । त्यो भन्दाखेरि कस्तो लाग्छ भने यी साथीहरूले के हामीलाई साँच्चिकै दमन गरेरै सिध्याउलान् त ? तिनको मनले के भन्छ त ? त्यहाँ कमान्डरहरू पनि गएका छन्, नेताहरू पनि गएका छन् । हामीले के गलत बाटो लिएका छौँ त ? ल उनीहरूले प्रचण्डसँग विद्रोह गर्न सकेनन्, त्यो गलत बाटोसँग लड्न सकेनन् तर उनीहरूलाई के लाग्छ त ? हामी नेकपामा लागेर जुन विद्रोह गरिरहेका छौँ, लडिरहेका छौँ, हामी खतमै हौँ त ? यिनलाई सिध्याइदिएर मात्रै शान्ति हुन्छ भन्ने सोच्लान् त ? कहिलेकहीँ लाग्छ– नसोच्लान् । त्यहीँबाट गर्ने सहयोग पनि साथीहरूले गर्लान् नि ? गर्नुपर्छ होला नि ? जानुभयो ल पछिपछि लागेर, चिर्न नसकेर, आन्दोलन गर्न नसकेर गए तर ती साथीहरूले सकारात्मक कुरा पनि त सोच्न सक्लान् नि भन्ने पनि एउटा भावनाको कुरा हो । अलिअलि साथीहरूले गर्छन् भन्ने कुरा सुन्दाखेरि खुसी नै लाग्छ । अलिकति सन्तुष्टि पनि मिल्छ ।

अहिले खुलेआम प्रतिबन्धका बारेमा त साथीहरूले बोलेका पनि छन् अथवा उनीहरूलाई लाग्दो होला पनि केही साथीभाइहरू, सबै त्यसै त देखिन्नन् नि । यो अर्को भावनाको कुरा हो । जहाँसम्म विचारको कुरा हो यो हाम्रा सहपाठीसँगको लडाइँ त होइन, यो प्रचण्डजीसँगको लडाइँ पनि होइन । अहिले भइराखेका मन्त्रीहरूसँगको लडाइँ पनि होइन । यो कुनै अधिकृत सदस्यहरूसँगको लडाइँ होइन । यो त पुँजीवादी व्यवस्था जो नेपाली समाजका लागि दुर्भाग्य बनेर बसेको छ यसलाई फाल्ने लडाइँ हो नि । त्यो लडाइँ लड्दाखेरि उहाँहरू नै अगाडि आउनुहुन्छ भने हामी त लड्न तयारै भइहाल्यौँ नि । हामी त जुनसुकै मूल्य चुकाउनका लागि पनि तयार भएर हिँडेका छौँ भने । उहाँहरू नै अगाडि आउनुहुन्छ भने हामीले त्यो सबै मूल्य चुक्ता गर्ने भनेर उत्रेका मान्छेहरूका लागि स्वाभाविक नै हुन्छ । तर त्यो हामी पचाउँछौँ । पचाउने कुरा नै भइहाल्छ । यो त सिद्धान्तको कुरा हो ।

सिद्धान्तमा पुँजीवादसँग लड्दाखेरि जुन जोजति सबै अवरोधक बनेर आउँछन् त्यलाई साफ गर्दै जाने क्रान्तिको नियम हो । यो विचारको पाटो हो । त्यसैले यसमा प्रतिकूलता पनि छन् । सायद एउटा समय आउँछ, केही अनुकूलता पनि आउला । यसरी पनि सोचौँ । सबै साथीहरूले सोच्नुस् । जहाँ गए पनि, जहाँ भए पनि हामी कम्युनिस्ट, मानव जातिलाई एउटा मुक्त दुनियाँमा पु¥याउन चाहने कम्युनिस्ट, हामीले कहिल्यै पनि दलालहरूको हतियार भएर त्यो महान् आदर्शका विरुद्धमा घात गर्नु हुँदैन । यस्तो अनुभूति हुन्छ ।

इरातोखबर टिभीसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार