विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो जीवनमा कहिल्यै कपाल कोरेनन् भन्ने मिथ्या त हामी सबैले सुन्दै आइरहेका छौँ ।

यो मिथ्या मात्र थियो कि तथ्य नै थियो, यो त आइन्स्टाइनका नजिकका मित्र अथवा आफन्तहरुलाई थाहा होलान् ।

तर के तपाईंलाई आइन्स्टाइनका बारेमा यी १० तथ्यहरुका बारेमा थाहा थियो ?

१. आइन्स्टाइन जलयात्रा गर्न मन पराउँथे

जलयात्रा गर्दै अल्वर्ट आइन्स्टाइन ।

ज्युरिख, स्विजरल्याण्डको पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना भइसकेपछि आइन्स्टाइनलाई जलयात्राले मोहनी लगायो । उनी एउटा डुङ्गा लिएर एउटा तलाउमा जान्थे, एउटा नोटबुक निकाल्थे, आराम लिन्थे र भौतिकशास्त्रका विभिन्न जटिल विषयहरुका बारेमा गहन विचार गर्थे ।

आइन्स्टाइनले जिन्दगीमा कहिल्यै पनि पौडिन नसिकेपनि उनको जलयात्राको यो सौख जीवनभर कायम रह्यो ।

२. आइन्स्टाइनको मस्तिष्क

सन् १९९५ मा आइन्स्टाइनको मृत्यु हुँदा उनको शरीरलाई जलाई उनकै इच्छा अनुरुप अस्थिलाई विभिन्न ठाउँमा राखिएको थियो । तर, उनको शरीरलाई जलाउनुभन्दा अघि उनको शरीर पोस्टमोर्टम गर्ने प्रिन्स्टन हस्पिटलका चिकित्सक टमस हार्भीले उनको मस्तिष्क निकालेका थिए । हार्भीले आइन्स्टाइनको मस्तिष्क अध्ययनका लागि निकालेका थिए ।

यसरी आइन्स्टाइनको मस्तिष्क निकाल्ने अधिकार हार्भीमा नभएपनि उनले आइन्स्टाइनका छोरालाई आइन्स्टाइनको मस्तिष्क राख्नुमा विज्ञानकै भलो हुने कुरा कन्भिन्स गराएका थिए । त्यसको केही समयपछि आइन्स्टाइनको मस्तिष्क नदिएको कारण हार्भीले प्रिन्स्टनको आफ्नो जागिरबाट हात धुनुपर्यो ।

त्यसको ४ दशकसम्म हार्भीले आइन्स्टाइनको मस्तिष्क आफूसँगै राखे । उनले सो समयमा त्यसलाई २०० भन्दा बढी टुक्राहरुमा काटिसकेका थिए । उनले ती टुक्राहरुलाई विभिन्न जारहरुमा सुरक्षित राखेका थिए ।

उनले विभिन्न समयमा विभिन्न अनुसन्धानकर्ताहरुलाई अध्ययनका लागि आइन्स्टाइनको मस्तिष्कका टुक्राहरु दिएका थिए । सन् १९९८ मा हार्भीले आइन्स्टाइनको मस्तिष्क प्रिन्स्टन हस्पिटलाई फिर्ता दिएका थिए ।

३. आइन्स्टाइन र भायोलिन

आइन्स्टाइनकी आमा पलीन एक दक्ष पियानोवादक थिए । त्यसैले उनले आफ्नो छोरालाई पनि संगीतप्रति लगाव होस् भन्ने उद्देश्यले भायोलिन सिकाउने निर्णय गरिन् । तर आइन्स्टाइनलाई भायोलिन मनपर्दैनथ्यो । भायोलिन बजाउनुको साटो आइन्स्टाइन तासका पत्ताहरुको घर बनाउँदै बस्थे । एकचोटि उनले तासका पत्ताहरुको १४ तला ठूलो घर बनाएका थिए । आइन्स्टाइन १३ वर्षको छँदा मोजार्ट (सास्त्रीय संगीतका विख्यात अष्ट्रियन संगीतकार वुल्फग्याङ् अमेडियस मोजार्ट)को संगीत सुनेपछि उनले आफ्नो सोचाइ परिवर्तन गरे र संगीत र भायोलिनप्रति आकर्षित हुन थाले । त्यसपछि भायोलिन उनको रुचिको एक अर्को विषय हुन पुग्यो । त्यसपछिका ७ दशकहरुमा आइन्स्टाइनले भौतिकशास्त्रका समस्याहरुको बारेमा गहन सोच गर्दै थाकेको आफ्नो दिमागलाई शान्त पार्न मात्र नभई सार्वजनिक साँस्कृतिक कार्यक्रमहरुमा समेत भायोलिन बजाए ।

४. इजरायलको राष्ट्रपतित्व

इजरायलका प्रथम राष्ट्रपति चाइम वेइज्मनको सन् १९५२, नोभेम्बर ९ का दिन मृत्यु भएपछि आइन्स्टाइनलाई इजरायलको दोस्रो राष्ट्रपति बन्ने निमन्त्रणा आएको थियो । त्यतिबेला ७३ वर्षका आइन्स्टाइनले उक्त निमन्त्रणा अस्वीकार गरेका थिए । आइन्स्टाइनले आफ्नो आधिकारिक पत्रमा आफूमा ‘जनतासँग डील गर्ने प्राकृतिक गुण नभएको’ मात्र नभई आफू बूढो पनि हुँदै गएको कुरा उल्लेख गरेका थिए ।

५. आइन्स्टाइन र मोजा

मोजा बिनाको आइन्स्टाइनको खुट्टा ।

मोजा बिनाको आइन्स्टाइनको खुट्टा ।

आइन्स्टाइनले आफ्नो लुक्समा त्यति ध्यान दिँदैनथे भन्ने कुरा त उनको नकोरिएको कपालबाट नै पनि थाहा पाउन सकिन्छ । तर यो कुरा सुन्दा अचम्म लाग्ला कि आइन्स्टाइनले कहिल्यै पनि मोजा लगाएनन् । आफ्नो सोख जलयात्रा गर्दा होस् वा कुनै औपचारिक कार्यक्रममा जाँदा होस्, आइन्स्टाइनले कहिल्यै पनि मोजा लगाएनन् । आइन्स्टाइनका लागि मोजा एक समस्याको स्रोत थियो किनभने मोजा जहिलेपनि प्वाल परिरहन्छ । त्यति मात्र होइन, यदि जुत्ता मात्रले काम चल्छ भने मोजा र जुत्ता दुबै लगाउन नै किन पर्यो र ?

६. एक साधारण कम्पास

६ वर्षको छँदा एक दिन आइन्स्टाइन विरामी भएर आफ्नो खाटमा पल्टिरहँदा उनका बुबाले उनलाई दिशा देखाउने एक साधारण कम्पास उपहार दिए । कम्पास देखेर आइन्स्टाइन औधि अचम्मित भए ।

कस्तो शक्तिका कारण एउटा सानो सियो जस्तो वस्तुले जहिले पनि एकै दिशा देखाउँछ ? भन्ने प्रश्नले उनलाई गहन रुपमा वर्षौँसम्म सोच्न बाध्य तुल्यायो । यो प्रश्नलाई त्यस्तो प्रश्नका रुपमा लिइन्छ जसका कारण आइन्स्टाइनमा भौतिकशास्त्र प्रति रुचि जागेको थियो ।

७. फ्रिज डिजाइनर

विशेष सापेक्षतावादको सिद्धान्त प्रतिवादन गरेको २१ वर्षपछि आइन्स्टाइनले अल्कोहोल ग्यासबाट चल्ने रेफ्रिजरेटर डिजाइन गरेका थिए । उनको सो डिजाइन सन् १९२६ मा प्याटेन्ट गरिएको थियो, तर उनको डिजाइनपछि नयाँ प्रविधिको विकास भएका कारण उनको रेफ्रिजरेटर व्यावसायिक रुपमा उत्पादन गर्नुपर्ने आवश्यकता नै रहेन । एक परिवार पुरानो रेफ्रिजरेटरबाट निस्कने सल्फर डाइअक्साइड ग्याँसको शिकार भएको कुरा समाचारमा पढेपछि आइन्स्टाइनले अल्कोहोल ग्यासबाट चल्ने रेफ्रिजरेटर आविष्कार गरेका थिए ।

८. औधि धुम्रपान

आइन्स्टाइन धेरै धुम्रपान गर्थे । उनमा पाइप तान्ने सोख निकै थियो । उनका फोटाहरुमा नकोरिएको कपाल र चट्ट नमिलेका कपडाका अलावा धुवाँ उड्दै गरेको पाइप पनि चर्चित छ । सन् १९५० मा आइन्स्टाइनले भनेका थिए, ‘मलाई के लाग्छ भने पाइप तान्दा शान्त र वस्तुपरक निर्णय लिनमा सहयोग पुग्छ ।’ यद्यपि, पाइप औधि मनपराउने भएपनि आइन्स्टाइनले किहल्यै पनि सिगार र सिगरेट (चुरोट) भने तानेनन् ।

९. वैवाहिक सम्बन्ध र डिभोर्स

प्रथम पत्नी मलेभासँग आइन्स्टाइन ।

प्रथम पत्नी मलेभासँग आइन्स्टाइन ।

ज्युरिक पोलिटेक्निकमा सँगै पढेका आइन्स्टाइन र मलेभा मारिकले सन् १९०३ मा विवाह गरेका थिए । तर सन् १९१९ मा उनीहरुको पारपाचुकेपश्चात आइन्स्टाइनले आफ्नै आमाको बहिनीको छोरी एल्सा लोविन्थलसँग विवाह गरे । एल्साकी आमा र आइन्स्टाइनकी आमा दिदी–बहिनी त थिए नै, त्यसमाथि एल्साको बुबा र आइन्स्टाइनका बुबा पनि दाजु–भाइ ९अयगकष्ल० थिए । त्यसैले एल्सा र आइन्स्टाइन नजिकका नातेदार थिए ।

१०. नाजायज सन्तान

मलेभाबाट जन्मिएकी आइन्स्टाइनकी छोरी लिसरी ।

मलेभाबाट जन्मिएकी आइन्स्टाइनकी छोरी लिसरी ।

सन् १९०१ मा आइन्स्टाइन र मलेभाको सम्बन्ध बसेको थियो । कलेजको छुट्टीको समय इटलीको लेक कोमोमा छुट्टी मनाएको जोडीले छुट्टीपश्चात मलेभाको गर्भ बसेको थाहा पाए । त्यति बेलाको समयमा विवाहपूर्व यस्तो सम्बन्धबाट जन्मने शिशुलाई समाजले सहजै स्वीकार गर्दैनथ्यो ।

आइन्स्टाइनसँग मलेभासँग विवाह गर्नको लागि र परिवार धान्नको लागि पैसाको अभाव भएको कारण मलेभा माइत गएर बसेकी थिइन् । उनले माइतमैं छोरीको जन्म दिइन् जसको नाम लिसरी राखियो ।

यद्यपि आइन्स्टाइनकी छोरी लिसरीलाई के भयो भन्ने कुराको जानकारी कसैलाई पनि छैन । आइन्स्टाइनका चिठीहरुमा लिसरीको नाम कहिँकतै उल्लेख भएका छन् । अन्तिम पटक उनको नाम आइन्स्टाइनको चिठीमा सन् १९०३ मा उल्लेख भएको थियो ।

लिसरीलाई स्कार्लेट फिभर नामक रोग लागेर या त मृत्यु भएको या त त्यो रोग निको भइसकेपछि एडप्सनको लागि दिइएको विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार