“समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयाै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता कतिपयले सम्बन्ध विच्छेद…”

समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयाै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् ।

कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ? विश्व अहिले २१औं शताब्दीमा हिंडीरहेको छ र हामी पनि आफूलाई २१औं शताब्दीका हौ भन्नलाई रुचाउँछौ; तरपनि, हाम्रो व्यवहारमा भने खासै परिवर्तन आउन सकेको छैन ।

आजपनि समाजमा रहेको छोरा र छोरी विचको भेदभाबमा कमी आउन सकेको छैन । छोरालाई कुल, वंश र परम्परा धान्ने, सम्पतीको रक्षक र बुढेसकालको साहाराको रुपमा हेरिन्छ भने छोरिलाई अर्काको घर जाने र घरमा घाँस दाउरा तथा चुलो-चौका गर्ने साधनको रुपमा हेर्ने गरिन्छ । छोरा पाए खसि र छोरी पाए फर्सी भन्ने उखान आजपनि समाजमा व्याप्त रहेको पाइन्छ ।

छोरा नजन्मीएमा श्रीमती/ बुहारीलाई दोश दिएर अर्की श्रीमती / बुहारी ल्याएको तथा छोरा नजन्मीए दशौं पटक सम्मपनि श्रीमती / बुहारीलाई गर्भवतीहुन बाध्य पारीएका उद्दाहरण हामि संग प्रशस्त छन् ।

यहाँनेर बुझनुपर्ने कुरा के छ भने छोरा वा छोरी के जन्मने भन्ने कुरामा महिलाको कुनै पनि हात हुँदैन, जुन कुरामा महिलाको कुनै भुमीकै रहँदैन त्यसमा उनिहरुको मात्र दोश देख्नु कतीसम्म न्यायोचित होला ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार