बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको बिहीबार बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा गएको बुधबार वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नंको मोटरसाइकल दुर्घटनामा गरेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियु) राखेर उपचार हुँदाहँुदै भट्टको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार