एजेन्सी । गिनीज बुक अफ वर्ल्ड रेकर्डमा यस्ता धेरै मानिसहरु छन् जसलाई तपाईले चिन्नुभएको छैन् । तर यी भाईको फोटो हेर्दा नै नयाँ कुरा जान्ने चाहना सिर्जना हुनेछ । यी जुम्ल्याहा भाइको नाम मैकग्वायर र ट्विन्स हो । दुबैको जन्म १९४६ डिसेम्बर ८ मा भएको थियो ।

गिनिज बुक आफ वर्ल्ड रेकर्डमा यिनीहरुको नाम आज पनि सबैभन्दा मोटा जुम्ल्याहा भाईको नामबाट दर्ता छ । दुबै भाई अमेरिकाको कैरोलिनामा बस्थे । यी दुबै भाईका नाम थियो बिली लियन मैकक्रेरी र बेनी लयड मैकक्रेरी । बिलीको तौल थियो ३२८ किलो र बेनीको तौल ३३८ किलो थियो ।

दुबैको कुल तौल ६६६ किलो थियो । दुबै जना प्रोफेशनल रेसलर थिए । दुबै जनालाई रेसलिङ्गको रिंगमा प्रतिस्पर्धीलाई पिटेर मजा लिन्थे, साथै दुबै बाइक चलाउन धेरै रुची राख्थे ।

दुबै जना आफ्नो जिन्दगीमा धेरै खुसी थिए । तर, १९७९मा बिलीको मोटरसाइकल दुर्घटनामा नायग्रा फल्स नजिकै मृत्यु भयो । त्यतीबेला उनको उमेर ३२ वर्ष भएको थियो । उनका भाई बिली त्यसपछि एक्लो बने ।

त्यसपछि बेनी बिलीभन्दा २१ वर्ष बढी बाँचे र उनको मृत्यु ५४ वर्षको उमेरमा भयो । उनको मृत्युको कारण बन्यो हृदयाघात । दुबैको तस्वीर रोमाञ्चक छन् । हेर्नुस फोटोहरु :

Two-brother-1Two-brother-2Two-brother-3

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार