काठमाडौं । नेपाली समाजमा मानवले मानवको पूजासम्म गर्छन् । अधिकांश मानिस शकाहारी छन् । मंसाहारी पनि खसीबाख्रा कुखुरा र केहीले राँगा, भैसीसम्म खाने गरेका छन् ।

तर, ब्राजिलका विभिन्न सहरमा मान्छेले मान्छेकै मासु खाने गरेको खुलासा भएको छ । ब्राजिलका ५४ वर्षीय जार्ज बेल्ट्राओले आफ्नै पत्‍नी र अन्य दुई महिलालाई निर्मतापूर्वक काटेर हत्या गरी उनीहरुको मासु पकाएर खाएका छन् ।

यो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आश्चर्यचकित खुलासा गरेको हो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई कयौं किताब भेटिए, जसमा जार्ज महिलाका नाङ्गो तस्वीर बनाउथे ।

तस्वीरहरु देख्ने वित्तिकै प्रहरीलाई शंका लाग्यो कि हत्या जार्ज बेल्ट्राओले आफ्नी पत्नीको नसोचेको क्रूर तरिकाबाट गरेका होलान् । किनकि उनको किताबमा कोरेको तस्वीरमा यस्तै क्रूरताको झलक देखिएको थियो ।

हत्यारा जॉर्ज बल्ट्राओले आफ्नी श्रीमतीको हत्या गरिसकेपछि उनको मासु यसकारण पकाएर खाएका थिए कि श्रीमतीको आत्मालाई शान्ति मिलोस । प्रहरीले बल्ट्राओको घरबाट कैयौ सबुद प्रमाण समेत बरामद गरेको थियो । जसले उनको योजना र कालो करतूतको पत्ता लगायो ।

हत्या गरिसकेपछि बेल्ट्राओले सबैको लास घरको पछाडितिरको आँगनमा पकाएका थिए । बेल्ट्राओलाई श्रीमती हत्याको आरोपमा त्यहाँको अदालतले २४ वर्षको जेल सजायँ सुनाएको छ । एजेन्सी

wife-husband-brajil-2wife-husband-brajil-6wife-husband-brajil-3wife-husband-brajil-1wife-husband-brajil-4wife-husband-brajil-5

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार