सल्यानमा आगो लगाएको भोलिपल्टै रोल्पाको गंगादेव गाउँपालिका वडा नं.५ को वडा कार्यालयमा अज्ञात समुहले आगो लगाएको छ ।

आगोले सम्पूर्ण कागज पत्र र उपकरण जलेर नष्ट भएका छन् । वडा कार्यालयको भवनमा ताला फोडेर उक्त समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले वताए ।

वडा कार्यालय भाडामा बस्दै आएको थियो । आगजनीबाट कागपत्र, ल्यापटप, कम्युटरलगाएतका सामाग्री जलेर नष्ट भएका छन् । उक्त समूहले कार्यालयमा रहेको ८० हजार नगद पनि लगेको जानकारी दिएको छ । फोटोकपी मेसिन,वडा अध्यक्ष बस्ने कुर्सी, कम्प्युटर,वडा अध्यक्षको ल्यापटप एक थान जलेर नष्ट भएको छ । काजपत्र भने कार्यालय बाहिर ल्याएर आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।

मंगलवार बिहान मात्रै यसैगरी अज्ञात समूहले सल्यानको एउटा वडा कार्यालयमा आगो लगाएको थियो । छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालयमा गरिएको आगजनी बाट कार्यालयका सबै कागज पत्र र सामान जलेर नष्ट भएका थिए ।

प्रहरीले भने नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति शंका व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार