काठमाडौं । हाम्रो समाजमा प्रेमिका (गर्लफ्रेण्ड) लाई नै अधिकांशले जीवन साथी बनाउँछन् । कतिपयले छोडेर अर्कीसँग विहे गरेर घरबार बसाउँछन् ।

तर, चीनमा एक युवकले त १७ वटा गल्रफेण्ड बनाएका छन् । दिनैपिच्छे युवती फेर्दै जाने चीनगिशा शहरमा बस्दै आएका युआन नामका व्यक्तिले १७ वटा गर्लफ्रेण्डसँग मस्ती गर्दै आएको रहस्य खुलेको छ ।

यस्तो रहस्य उनी कार दुर्घटनामा घाईते भएर अस्पताल पुगेपछि खुलेको हो । जब डाक्टरले उनका प्रेमीकालाई हेरचाह गर्न बोलाए तब अस्पतालमा युवतीको लाईन लागेको थियो ।

चीनको पत्रिका साउथ चाइना पोस्टका अनुसार युआनले होनान प्रान्तको चीनगिशा शहरमा युवतीलाई बोलाएर शारीरिक सम्बन्ध बनाउने गरेका थिए । १७ गर्लफ्रेण्ड मध्ये एकबाट उनले बच्चा पाउने बाला थिए ।

युआन युवतीहरुलाई म एक्लै छु भन्दै आफ्नो माया जालमा फसाएर दिनदिनै पालैपालो शारीरिक सम्बन्ध बनाउने गरेको पीडित युवतीहरुले बताएका छन् ।

१७ मध्ये केहीले उनलाई उल्टै पैसा समेत दिने गरेका थिए । भने, केहीले घरपरिवारलाई मनाएर यही महिनाभित्र विवाह गर्ने तयारी समेत गरेका थिए । युवतीसँग झुट बोलेर १७ वटीसँग सम्बन्ध राखेपछि उनीविरुद्ध प्रहरीमा धोकाधडीको मुद्दा परेको छ ।

उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने जनाइएको छ । उनको यो घटना सामाजिक सञ्जालमा चर्चित बनेको छ । यो घटनाले उनलाई धेरैले राम्रो काम गरेको भन्दै बधाई दिएका छन् । सकारात्मक प्रतिक्रिया आएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार