काठमाडौं । सामाजिक सञ्जालको प्रयोग यति बढेको छ की त्यो कसैले अन्दाज गर्न सक्दैन् । तर एक युवकले फेसबुक चलाउन नपाएका कारण मृत्युसम्म रोजेका छन् ।

फेसबुकका क्रेजी १४ वर्षीय किशोरले घरपरिवारले फेसबुक चलाउन नदिएको भन्दै आत्महत्या गरेका छन् । भारतको इलाहाबादका कक्षा ९ मा पढ्दै गरेका युवक रातभरी नसुतेर फेसबुक चलाउथे ।

उनका बुबा वकिल हुन् । एक बुबाले राति फेसबुक चलाएको देखेपछि मोबाईल खोसेर फालेका थिए । र फेसबुक नचलाउन चेतावनी दिएका थिए ।

बाबुले गालि, चेतावनी सहन नसकेर उनले त्यसै राति आफ्नै टाउको गोलि प्रहार गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी फेसबुकमा युवतीसँग च्याटिङ गरिरहेका थिए ।

उनका पिता विद्याकांत शुक्लाले आफूले छोरालाई फेसबुक नचलाउन चेतावनी दिएको स्वीकार गरेका छन् ।

राति आत्हत्या गरेका उनलाई विहान अबेर ढोका नखुलेपछि ढोका फोडेर हेर्दा रगतले छट्पटिएको अवस्थामा फेला पारिएको थियो । उपचारका अस्पताल लगिदा डाक्टरले मृत घोषित गरेका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार