एजेन्सी । अब लोडसेडिङ हुदा ल्याप्टपको ब्याट्रिप्रयोग गर्नुस र वत्ति बाल्नुस !

काम नलाग्ने ब्याट्रिबाट विद्युत उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ ।

ल्यापटपको काम नलाग्ने ब्याट्रिहरुमा भएको उर्जालाई सञ्चित गरेर झुपडीहरुमा बस्ने व्यक्तिहरुको घरमा उज्यालो पुर्याउन सक्दछ ।

कम्प्यूटर कम्पनी आईबीएमद्धारा गराईएको एक अनुसन्धानमा यस्तो ब्याट्रिहरुको परीक्षण गरिएको थियो जुन ब्याट्रि ल्यापटपका लागि उपयोगी थिएनन् ।

परीक्षणमा सहभागि गरिएका ७० प्रतिशत ब्याट्रिहरुको उर्जाद्धारा एक एलईडी बल्ब एक वर्षसम्म दैनिक करीब ४ घण्टासम्म बाल्न सकिने थियो ।

यो प्रविधिको पहिलो परीक्षण यसै वर्ष भारतको बेंग्लोरमा गरिएको थियो । काम नलाग्ने पुराना ब्याट्रिहरुको प्रयोग बिजुलीको अहिले भईरहेको विकल्पहरुभन्दा सस्तो रहेको अध्ययनले देखाएको छ ।

उनीहरुका अनुसार यसले हरेक वर्ष बढ्दै गरेको इलेक्ट्रोनिक्स फोहोरहरुमा नियन्त्रण गर्न मद्धत मिल्नेछ । विकासशील देशहरुमा इलेक्ट्रोनिक्स फोहोरको समस्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

सडकको छेउमा पसल लगाउने ठेलाबाला तथा साना साना झुपडीहरुमा बस्ने गरीब नागरिकले पुरानो ब्याट्रिको प्रयोग प्रविधि लोकप्रिय हुने अनुमान गरिएको छ ।

अमेरिकाको म्यासाचुएट्स इन्स्टीच्यूट अफ टेक्नोलोजीको रिसर्च म्यागजीन टेक्नोलोजी रिभ्यूले आईबीएमको भारतीय यूनिटको यो अनुसन्धानको बारेमा क्यालिफोर्नियाको सान जोसेमा हुन लागेको एक कन्फ्रेन्समा चर्चा गरिने लेखेको छ ।

आईबीएमको रिसर्च टीमले अमेरीकामा मात्रै हरेक वर्ष करिब पाँच करोड कम्प्यूटर फाल्ने गरिएको बताएको छ । त्यसैगरी विश्वभर ५० मिलियनभन्दा बढि लिथिअम आयोन ल्यापटप ब्याट्रि फाल्ने गरीएको छ ।

सौर्य उर्जाको विकल्प अपेक्षाकृत महंगो छ भने बिजुलीको अभावमा दैनिक गुजारा गर्ने करिब चालीस करोड व्यक्तिहरुमा यो प्रविधिबाट मद्धत मिल्ने अनुसन्धानकर्ताहरुको अपेक्षा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार