काठमाडौं । अचानक भएको शक्तिशाली बम विष्फोटमा १ जनाको ज्यान गएको छ । विष्फोटमा १ जनाको ज्यान गएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् । भारतको पश्चिम बंगालमा राजनीतिक हिंसा अहिलेसम्म रोकिने देखिएको छैन ।

भारतीय जनता पार्टी (भाजपा) र टीएमसी कार्यकर्ताका बिचमा अहिले पनि झडपको अवस्था चल्दै आएको छ । बंगालको १२ परगना जिल्लाको एक प्रहरी चौकी उद्घाटन कार्यक्रममा दुई पार्टीका कार्यकर्ताका बिचमा झडप भएको हो ।

दुई पक्षका बिचमा लोकसभा निर्वाचनको समय देखि लडाई हुँदै आएको छ । झडपले उग्र रुप लिएपछि प्रहरीले असुर ग्याँस र गोली प्रहार गर्नुपरेको थियो । प्राप्‍त जानकारी अनुसार उत्तर २४ परगना भाटपाड़ामा भाटपाड़ा जाँच केन्द्रको नामले एक नयाँ चौकी उद्घाटन गरिएको थियो ।

उद्घाटन भन्दा पहिले नै दुई पक्ष बिच बम बारुद्धले आक्रमण गर्ने क्रम चल्दै आएको थियो । प्रहरीले झडपलाई नियन्त्रणमा लिनको लागि असुर ग्याँश र हवाई फायर पनी गर्नुपरेको जानकारी दिएको छ ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार