विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचजना नेता उपत्यकाबाट बिहीबार पक्राउ परेका छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरूलाई पक्रिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

पक्राउ पर्नेमा दोलखा इन्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, रामेछापका कुलदीप तामाङ,  विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन्।

उनीहरुलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट  पक्राउ गरिएको हो।  उनीहरुका साथबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पर्चा भेटिएका छन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको र त्यही सिलसिलामा  उनीहरु काठमाडौँ भित्रिएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार