सलमान खानको चलचित्र ‘भारत’ प्रदर्शन भएको १४ औँ दिनमा २ सय करोड क्लबमा प्रवेश गरेको छ। सलमान खानको ‘दबंग’ पछि लगातार यो १४ औँ चलचित्र हो, जसले १०० करोड भन्दा धेरैको व्यापार गरेका छ।

सलमान खान अभिनित चलचित्रले शाहरुख खान, अक्षय कुमार र आमिर खानको चलचित्रको कमाइलाई पनि जितेको छ । जुन ५ सम्म आइपुग्दा ‘भारत’ को कमाई दुईसय करोड १८ लाख रहेको छ।

सलमान खान अभिनिति चलचित्र ३ वटाले ३ सय करोड भन्दा बढि कमाई गरेका छन् भने भारतसहित अन्य ३ चलचित्रले २ सय करोड कमाई गरेको छ।

‘भारत’ अलि अब्बास जफर निर्देशित चलचित्र हो। यो चलचित्रलाई सन् २०१४ मा बनेको दक्षिण कोरियाली चलचित्र ‘ओडे टु माई फादर’ बाट रिमेक गरिएको हो।

यो चलचित्रमा एक बालकको ८ वर्षको उमेरदेखि ७० वर्षको वृद्धको भूमिकामा रहेका छन्। चलचित्रमा कट्रीना क्याफ, दिशा पाटनी, सुनिल ग्रोबर, तबु, ज्याकी स्राफ र सोनाली कुलकर्नी सहायक भूमिकामा छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार