वर्षात्मा पर्ने रिमझिम पानीले तपाईंको साझ–बिहानको घुमफिरमा असर पार्न सक्छ । यसको मतलब वर्षात्मा तपाईं कसरत गर्न छाड्ने त ? एकजना फिटनेश विशेषज्ञको सल्लाहअनुसार वर्षात्को समयमा घरको भुइँमा दौडेर तथा नाचेर स्वस्थ रहने प्रयास गर्न सकिन्छ ।

– वर्षाका कारण बाहिर गई व्यायाम गर्न पाइएन भने घरभित्र पनि निश्चित समयमा नै व्यायाम गर्ने बानी बसाल्नु पर्दछ । घरैमा पनि केही समय भुइँमा दौडनेजस्ता व्यायामबाट वार्मअप गर्न सकिन्छ ।

– घरमा व्यायाम गर्नका लागि उफ्रने डोरी तथा शरीर कसिलो बनाउने उपकरण किन्नुपर्छ ।

– आफ्नो घरको भर्‍याङ व्यायामको एउटा राम्रो विकल्प हो । भर्‍याङको सिँढी चढ्ने र ओर्लने गरेर पनि व्यायाम गर्न सकिन्छ भन्ने कुरा धेरैलाई जानकारी नै छ ।

– पुशअप तथा उठ–बस मांसपेशी मजबूत बनाउने राम्रो कसरत हो । साथै, तपाईं योग पनि गर्न सक्नुहुन्छ । यसले मनसुनको समयमा आमरूपमा हुने स्वासप्रश्वासको समस्या घटाउन मद्दत गर्छ ।

– यदि तपाईंलाई डान्स गर्न मन पर्छ भने दिल खोलेर डान्स गर्न सक्नुहुन्छ । मनसुनको समयमा घरमा गरिने कसरतलाई रमाइलो बनाउने यो राम्रो तरीका हो ।

– घरको काम गर्नाले पनि शरीर स्वस्थ रहन्छ । कसरतका रूपमा दराज, कोठाका साथै पूरै घरको सफाइ गर्नुहोस् । भाडा तथा कपडा सफा गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार