चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार प्रजग कोरियाको ऐतिहासिक भ्रमण थाल्नुभएको छ । सन् २००५ यता चीनका राष्ट्रपतिको प्रजग कोरियामा यो पहिलो भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले निकै नजिकबाट नियालिरहेको छ ।

सन् २०१८ यता प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले चीनको चार पटक भ्रमण गरिसक्नुभएको छ । सीको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई निकै उच्च तहमा पु¥याउने छ । चीन र प्रजग कोरियाबीचको ऐतिहासिक मित्रता हरेक परीक्षा उत्तीर्ण हुँदै आएको मित्रता हो । दुवै देशको लागि आपसी सम्बन्ध रणनीतिक पुँजी बनेको छ । चीन र प्रजग कोरिया नजिकका छिमेकी र असल साझेदार हुन् । इतिहास र यथार्थ, अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्था तथा समग्र चीन–प्रजग कोरियाली सम्बन्धमा आधारित यो सम्बन्ध दुवै देशको लागि रणनीतिक विकल्प हो ।

उत्तरपूर्वी एसियामा शान्ति र स्थायित्व बलियो बनाउन दुई देशबीचको यो ऐतिहासिक मित्रताले मद्दत गर्दछ । चीन र प्रजग कोरियाको मैत्री सम्बन्धले कोरियाली प्रायःद्वीपको आणविक विषय समाधान गर्न लगातार टेवा पु¥याउँदै आएको छ । प्रजग कोरिया र संरा अमेरिकाबीच सम्पन्न दुई चरणको शिखर सम्मेलन यसको उपयुक्त उदाहरण हो । ती सम्मेलनमा सहभागी बन्न चीनले प्रजग कोरियाली नेतालाई यातायातका साधन र रेलमार्ग सुविधा प्रदान ग¥यो । चीन र प्रजग कोरियाबीचको रणनीतिक विश्वास कोरियाली प्रायःद्वीपको समस्या समाधान गर्ने प्रयासको लागि आत्मबलको प्रमुख स्रोत हो ।

चीन र प्रजग कोरियाबीचको उच्चस्तरीय सम्बन्धलाई बाहिरी विश्वले प्रायशः गलत व्याख्या गर्ने गर्छ । केही अंशमा वैचारिक पूर्वाग्रह र केही अंशमा साँघुरो भूराजनीतिक दृष्टिकोणमा त्यस्तो गलत व्याख्या आधारित छ ।

संरा अमेरिका र दक्षिण कोरियाका शासक वर्गका केही मानिस चीन र प्रजग कोरियाबीचको उच्चस्तरीय सम्बन्धबाट त्यत्तिकै आत्तिने गर्छन् । मूलतः कोरियाली प्रायःद्वीपको विषयमा चीन एउटा हिस्सा हो भन्ने आधारभूत तथ्यबारे गलत बुझाइ र केही स्वार्थी भावनाले पनि यस्तो समस्या निम्तिएको हो । ती मानिसहरू कोरियाली प्रायःद्वीपको आणविक मुद्दा समाधान गर्ने मार्गचित्र बनाउनेमा चीनको संलग्नता हुनुहुँदैन भन्ने विचार राख्छन् । सँगै उनीहरू कोरियाली प्रायःद्वीपको सन्दर्भमा वाशिङ्टनले बनाएको खाकाप्रति चीनले पूर्ण समर्थन गरोस् भन्ने आशा छ ।

वाशिङ्टनको योजनाले चीनको हितमा समेत दख्ल पर्न गए पनि यसमा चीनको समर्थन हुनुपर्ने उनीहरूको मनसाय हो ।
केही अमेरिकीहरू व्यापार युद्धको बीचमा चीनले प्रजग कोरियाली कार्ड खेलिरहेको आशड्ढा गर्छन् । उनीहरू पनि अतिरञ्जनापूर्ण छन् । साथै आफ्नो मापदण्डअनुसार अरूको मापन गर्ने गर्छन् ।

चीन र प्रजग कोरियाबीचको मित्रता दुवै देशको आपसी दीर्घकालीन हितमा निर्माण गरिएको हो । कुनै विशेषतः समस्या समाधानका लागि मात्र दुई देशबीचको सम्बन्ध बनेको होइन ।

समग्रमा कोरियाली प्रायःद्वीपको समस्या काँडै काँडाले भरिएको बाटो हो । अन्तर्राष्ट्रिय परिस्थिति पनि निकै जटिल बन्दै गएको छ । यसले चीन र प्रजग कोरियाली सहकार्यमा धेरै अप्ठ्यारा तगारा थपिएका छन् । ती चुनौती समाधान गर्नु दुवै देशको लागि ठूलो विषय हो । चीन र प्रजग कोरियाले दुईपक्षीय सहकार्यको नयाँ क्षेत्रमात्र खुला गर्ने होइन बरु सम्बन्धमा लगातार प्रगतिको निम्ति बृहत् स्थान निर्माणको लागि कोरियाली प्रायःद्वीपको आणविक मुद्दा सल्टाउन अझै धेरै विषयमा सहकार्य गर्नुपर्छ । यसले दुवै देशको साहस र बुद्धिमत्ताको परीक्षण हुनुका साथै इतिहासको परीक्षामा चहकिलो र· बनेर उदाउनुपर्छ ।

स्रोत ः ग्लोबल टाइम्स नेपाली अनुवाद ः सुशिला

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार