आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१४को डिसेम्बर ११ मा जुन २१लाई अन्तर्राष्ट्रिय योग दिवस वा विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

सोही अनुसार पाँचौ योग दिवस नेपाल समेत विश्वका विभिन्न भागमा मनाइँदैछ । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विट गर्दै केही तस्बिरहरुपनि सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्,‘‘नियमित योगाभ्यास गरौं । स्वस्थ र सुखी बनौं । अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।’’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार