पूर्व विद्यार्थी नेता जागृत रायमाझीले गृहमन्त्री रामबहादुर थापा बादललाई खुमबहादुर खड्कााको संज्ञा दिएका छन् ।

सर्लाहीमा विप्लव नेकपाका इन्चार्जलाई प्रहरीले गोली हानेर हत्या गरेपछि रायमाझीले यस्तो संज्ञा दिएका हुन् ।

बौद्धिक छबि बनाएका युवा नेता तथा पुर्व बिधार्थी नेता जागृत रायमाझीले विप्लवका सर्लाही इन्चार्ज कुमार पाैड्यालकाे प्रहरीले हत्या गरेकाे भन्दै आक्राेस ब्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुकबाट उनले रामबहादुर थापा बादललाई मिस्टर क्लाउड भन्दै हत्याको भत्र्सना गरेका छन् ।

यस्ताे छ उनकाे स्टाटस

क्लाउडजी !
आज फेरि दोहोरी भिडन्तको नाममा सर्लाही बिप्लब नेकपाका इन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानेर हत्या गरेछ ! खुमबहादुरहरु भन्दा तपाईं एकथोपा रगतले पनि फरक हुन सक्नुभएन हगी ??!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार