नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । आज विश्वभर पाँचौ अन्तराष्ट्रिय योग दिवस रहँदा मोदीका लागि नराम्रो खबर आएको हो ।

योग दिवसका अवशरमा मोदीले पनि झारखण्डको राँचीमा झण्डै ४० हजार व्यक्तिहरुसँग मिलेर योग दिवस मनाउँनु भएको छ । उहाँले बिहारमा प्रत्येक दिन ज्यान गुमाइरहेका बच्चाहरुका बारेमा सोच्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ । योबीचमा अहिले मोदीलाई मार्ने धम्की आएको हो ।

निर्वाचनका समयमा पनि मोदीलाई मार्ने धम्की आएको बताइएको छ । हिजो एक ५०० को नोटमा मोदीलाई मार्ने भन्दै लेखिएको बताइएको छ । त्रिशूरको गुरुवायूर मन्दिर देवासओमलाई दिइएको उपहारमा यस्तो डरलाग्दो खुलासा भएको हो ।

उक्त ५०० को नोटमा लेखिएको छ, ‘प्रधानमन्त्री मोदीलाई मारिनेछ, उनको गर्दन काटिनेछ ।’ मोदीलाई मार्ने धम्की मलयालम भाषामा आएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । यस्तो जानकारीपछि अहिले भारतमा सुरक्षा व्यवस्थालाई लिएर ठुलो हंगामा खडा भएको छ ।

सबे सुरक्षा निकाय अर्लट भएर बसेका छन् । तपाईलाई जानकारी गराउँ मोदी श्रीलंका भ्रमणमा जानु भन्दा पहिले यो मन्दिर दर्शन गर्न गएका थिए । अहिले मोदीको सुरक्षाव्यवस्था कडा पारिएको छ ।

भारतमा आइएसआई प्रवेश गरेको चर्चा सुरु भएको धेरै भएको छैन । भारतमा ठुलो आक्रमणको योजना बनिरहेको जानकारी केही दिन पहिले मात्रै आएको थियो ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार