काठमाडौ । सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ४ भएको छ । धादिङको गल्छी गाउँपालिका वडा न. ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गल्छी गाउँपालिका वडा न. ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरुको धादिङको गल्छी, धार्केका विभिन्न अस्पताल र गम्भीर घाइतेहरुलाई भने काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको एवं मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको अनुमान गरिएको छ । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार