तिज लागेसँगै बजारमा रातो पहिरन लगाउने महिलाको लर्को देखिन थालेको छ । हिन्दू धर्मावलम्बी महिलाको विशेष चाडका रूपमा तिजलाई लिने गरिएको छ । वार्षिक चाड तिज आउन महिना दिनअघिदेखि महिलाहरूमा रमझम छाउने गरेको देखिन्छ । हरेक सालझैँ यसपटक पनि तिज नजिकिएसँगै जमघट र दर खाने कार्यक्रमको आयोजना हुन थालिसकेको छ ।

तिजमा विशेषगरी रातो साडी, रातो कुर्ता लगाउने चलन छ । योसँगै बजारमा रातो पहिरन लगाउने महिला सर्वत्र देखिन थालेका छन् । तिजमा रातो रङको कपडा र गहना तथा विशेष मेकअपमा महिलाहरू सजिएका हुन्छन् । अहिले आफूलाई फरक देखाउन चाहने पुस्ताले डिजाइन नयाँ रोजे पनि रङचाहिँ रातै लगाएका हुन्छन् । सामाजिक सञ्जालभरि दर पार्टी मनाउँदै गरेका र रातो पहिरनमा सजिएका महिलाको फोटो देख्न सकिन्छ ।

रातो पहिरनले नारीको सुन्दरतालाई थप निखार्छ भन्ने मान्यताले पनि तिजमा महिलाहरू रातो पहिरनमा सजिने गरेको पाइन्छ । यस्ता विभिन्न चाडले पनि फेसन बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । अहिले रातो पहिरन ट्रेन्डकै रूपमा चलिरहेको छ । तिजपछि  रातो पहिरन लगाएका महिलाको संख्या कम हुँदै हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार