काठमाडौँ । उनी कान सुन्दिनन्, बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगी भन्दा कम छैनन्। हामी कुरा गर्दै छौ सुजल बमको। सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलको प्रतिभा देख्दा हर कोहि आश्चर्यचकित पर्ने गर्छ। उनी कान नसुने पनि अत्ति नै राम्रो नृत्य गर्छिन।

विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी उनले राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल साबित गरिरहेकी छिन्। ‘फेसन ईरा’ काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरा आफ्नो प्रतिभाबाट पुष्टि गर्दै आईरहेकी छिन्।भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार