ए नेपाली फुजिमाेरी
केपी, पिके र रामेहरु हाे
अमेरिकाको कलाे खाएर
कुकुर अल्वर्ट फुजिमाेरीले
पेरुका क्रान्तिकारी जनतामाथि
हत्या, हिंसा र अातंक मच्चायाे
साम्राज्यवादी काे इसारामा
जनताका क्रान्तिकारी पृिय नेता
कमरेड गाेञ्जालाेलाई
अाजिव कारावास हाल्याे
र सपना देख्याे
अब म पेरुकाे
अाजिवन शासक बन्छु
तर अपसाेच
जब मालिकहरुले
अाफ्नाे उद्देश्य पूरा गरे
तब कुकुर फुजिमारीलाई
दुधमा परेको झिंगा टिपे झै
टपक्क टिपेर फाले
जनताको नजरमा
फाँसिवादी फुजिमाेरी
महान मानवता बिराेधी
नाङ्गो भष्टाचारी
र जनबिराेधी सावित भए
हाे अाज त्यसरी नै
साम्राज्यवादी का दलाल
केपी, पिके र रामेहरु
नेपालमा पनि
अाजिवन शासक बन्ने
भुतकाे घाेडामा सवार गरेर
साम्राज्यवादीहरुकाे इसारामा
तिर्थ घिमिरे र कुमार पाैडेलमाथि
गाेली बर्षाउछन् र भन्छन्
विप्लव नेकपा का कार्यकर्तासँग
दाेहाराे भिडन्त भयो
धिक्कार छ ती तिम्रा झुट्ठा फरमानहरुकाे
अाफ्नाे कायरतालाई ढाकछोप गर्न
नक्कली भिडन्तकाे नाटक गरि
क्रान्तिकारी काे रगतमा हाेली खेल्ने
शहिदकाे खेति गरि गुजारा चलाउने
नेपाली क्रान्तिका नायक
कमरेड विप्लवलाई
गाेञ्जालाे बनाउने सपना देख्ने
ए नेपाली फुजिमाेरी
केपी, पिके र रामेहरु हाे
खबरदार
ती तिम्रा कथित सपनाहरु
छिट्टै चकनाचुर हुनेछन्
अाजिवन शासक बन्ने अभिलाषाहरु
छिट्टै धुलाेमा बिलिन हुनेछन्
र तिम्रा ति काला कर्तुतहरु
अनि नक्कली मुखुण्डो
छिट्टै च्यातच्युत हुनेछन्
एकीकृत जनक्रान्तिकाे
महा अभियानले
तिमिलाई एक दिन
लाल गद्दार घाेषित गर्दै
नेपाली फुजिमाेरी
दलाल सावित गर्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार