एक ताका युरोपमा पोपको शासन थियो । सो समय पोपले धेरै बैज्ञानिकहरुलाई जिउदै जलाए।

वैज्ञानिकहरुले अनुसन्धान गरेर बताएका कुरा क्रिश्चियनहरूको धर्मग्रन्थ बाइबलमा नपाइएपछि वा भनौं बाइबालको मान्यताहरु विपरित भएपछि पोपले बैज्ञानिकहरुलाई जिउँदै जलाउन लगाए।

वैज्ञानिकहरुले भने,’पृथ्वीले सूर्यको परिक्रमा गर्छ ।’

पोपले भने,’ होइन बाइबल भन्छ धर्ती स्थीर छ ।’

बाइबलको अध्ययन तथा बिश्लेषण गरेर पोपले बाइबलको विचार प्रकाशित गरे। उनले सो प्रकाशित पुस्तकमा बुध ग्रहदेखि लिएर शनि ग्रहसम्म जतिपनि ग्रह छन् यिनको निर्माण परमपिताले गरेको तथा यस बाहेक अन्य ग्रह नभएको दावी पेश गरे। जबकि लगभग १८०० ई को निकट वैज्ञानिकहरुले एक नयाँ ग्रह देखेका थिए जसको उल्लेख बाइबलमा थिएन ।

जब महान वैज्ञानिक गेलिलियोले धर्तीले सूर्यको परिक्रमा गर्छ भने उनलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यससमय उनि निकै बृद्ध थिए। उनले पोपसँग क्षमा याचना गरे तब उनलाई माफि दिइयो । यस प्रकार कहिले काहि यस्तो संकुचित सिद्धान्त हावी हुन्छन् जसले समाजमा वास्तविकतामाथि अंकुश लगाउन खोज्छ । मनुष्य भित्र खोज्ने प्रवृत्तिलाई दबाउन चाहन्छ। तर वैज्ञानिकहरुले आफ्नो खोज जारी राखे। विज्ञानको जब विकास भयो तब धेरै रुढिवादी मान्यताहरु तोडिए र यो थाहा भयो की सृष्टिमा यस्ता अनेकौ ग्रह्हरु छन्, तारामण्डल छन् जसको बाइबलमा उल्लेख छैन।

भन्नुको तात्पर्य हामी भित्र खोज्ने, जान्न खोज्ने जुन जिज्ञासा छ जसको प्रतिपादन हाम्रो धर्मशास्त्रले पनि गरेको छ। हाम्रो धर्मशास्त्र भन्छ ‘अथातो ब्रह्म जिज्ञासा’ । त्यो खोज्नेको भावनालाई हामीले आफ्नो संकुचितताबाट दवाउनु हुदैन ।

त्यसो त धेरै बुद्धिजीवीहरु विज्ञान र अध्यात्मवाद (spirituality) को आपसमा विरोध रहेको तथा दुवै एक अर्काको विपरितमा रहि यी दुवै एकै आधारशिलामा अडिएका मान्छन्। जसप्रकार एक अग्लो भवन जमीनको आधारशिलामा टिकेको हुन्छ र एक सानो झुपडि पनि जमीनमा नै अडिएको हुन्छ । दुवैको आधारशिला जमीन नै हो ।

ठिक यसैप्रकार विज्ञान होस वा अध्यात्म दुवैको आधारशिला एकै हो। दुबै नै आफ्ना विद्यार्थीहरुलाई, जिज्ञासुलाई यो संकेत दिन्छ कि तिमि जान, खोज। दुवैमा फरक यति मात्र छ कि विज्ञानको जुन दिशा छ ति चीजहरुका छ जसलाई हामी इन्द्रियबाट दृष्टिगोचर गर्न सक्छौ, मन बुद्धिले  बुझ्न सक्छौ। अध्यात्मको जुन दिशा छ त्यो मन बुद्धि भन्दा बाहिरका छन् जसलाई हामीले आफ्नो अनुभुतीमा ल्याउन सक्छौ । तर यी दुवैबाट यसलाई जान यसकारण भनियो  ‘अथातो ब्रह्म जिज्ञासा’ अर्थात ब्रम्हलाई जान्ने त्यस शक्तिलाई बुझ्न जिज्ञासा राख ।

पहिले वैज्ञानिकहरु मनुष्यभित्र मात्र जीवन, चेतना(consciouness) रहेको मान्थे। बाँकी रुख, बिरुवा सबैलाई निर्जीव मान्थे । तर अध्यात्मले उनिहरुमा पनि शक्ति र चेतना रहेको बताउँदै आएको थियो। यहि विचारबाट एक वैज्ञानिक प्रभावित भए । उनको नाम जगदीशचन्द्र बोस थियो। उनले प्रयोग शुरु गरे। अन्तमा रुख विरुवामा पनि जीवन छ भन्ने प्रमाणित गरे ।

आज विज्ञान धेरै विकसित भएको छ। विज्ञानले यस्तो यस्तो प्रयोग गरिरहेको छ जुन सुनेर अचम्म लाग्न सक्छ । हाम्रो शास्त्रमा तीन प्रकारका शरिरको वर्णन गरिएको छ। पहिलो कारण शरिर जसलाई अंग्रेजीमा (embryonics form) भनिन्छ । अण्डाभित्र जुन शरिर हुन्छ त्यसलाई हामी कारण शरिर भन्छौ । कारण शरिरपछि स्थूल शरीर हुन्छ जसलाई (solid body) भनिन्छ । शास्त्रका अनुसार यी दुई शरीर बाहेक एक सूश्म शरीर पनि हुन्छ जसलाई (subtle body) भनिन्छ । जसले हामीलाई सपनामा एक ठाँउबाट अर्को ठाँउ लग्छ। हाम्रा सन्त महात्माहरु आकाश गंगामा जान्थे। एक ठाँउमा बसेर अर्को ठाँउको चिन्तन गर्थे जसलाई आजका वैज्ञानिक आकाश यात्रा (astral travelling) भन्छन्। यो यात्रा सुक्ष्म शरीरबाट नै संभव हुन्छ ।

सुक्ष्म शरीरलाई लिएर वैज्ञानिकहरुले प्रयोग पनि गरेका छन्। किर्लियन फोटोग्राफीमा उनिहरुले एक रुखको हांगालाई काटेर त्यसबाट पातलाई अलग गरे।  त्यसपछि बिशेष मेसीनद्वारा जब त्यस हांगाको तस्विर उतारियो त्यहाँ पात जस्ताको त्यस्तै पाइयो। अर्थात काटिएपछि पनि पात जस्ताको तस्तै देखियो। भन्नुको मतलब त्यहा पनि एक सुक्ष्म शरीर थियो ।

यसप्रकार अध्यात्मवादले जे कुरा बताइरहेको छ समय आएपछि ती चीजहरुलाई विज्ञानले प्रमाणित गर्दै जानेछ। आवश्यकता केवल लगन र निरन्तर अनुसन्धानको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार